लुम्बिनी प्रदेशकी निशा चौधरीले १२औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्समा सिनियर खेलाडीको राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ ।
काठमाडौं, असार २९ गते। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो। उहाँले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो। नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ। रासस
तनहुँको भानु नगरपालिका–१ भन्सार आयोजित भानुकप फुटबल प्रतियोगिताको उपाधि तनहुँ ११ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा तनहुँ ११ ले सिद्धगुफा युवा क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाईने निर्णय गरेको छ ।
काठमाडौं ब्याडमिन्टन एकेडेमीले गुरु पूर्णिमाको अवसरमा ब्याडमिन्टनका पुराना खेलाडी एवं प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।
काठमाडौं, असार २९ गते। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिनु भएको छ। नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफू मन्त्री भएकाले पदमा रहेसम्म जनताको हितमा काम गर्ने वचन दिनुभएको हो।उहाँले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक रहेको बताउनु भएको छ। मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताउनुभयो। जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उहाँको भनाइ थियो।मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोधसमेत गर्नुभयो। अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै उहाँले आफुले स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गरिरहेको जनाकारी गराउनुभयो।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपाललाई स्कटल्यान्डले जितका लागि एक सय ४५ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको टिटवुड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४२.५ ओभरका सवै विकेटको क्षतिमा एक सय ४४ रन बनायो ।
राप्रपाले अनुशासनहित गतिविधिमा संलग्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबार यस्तो निर्णय गरेको हो।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बुधबार विधेयक पेस गरेपछि प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको छ।
राष्ट्रिय महिला आयोगलाई अपाङ्गता भएका महिलामाथि हुने लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षणपत्र दिइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सबैले गर्व गर्नुपर्ने बताउनु भएको छ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरुले सुझाव राख्नेक्रम जारी रहेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकबारे जानकारी दिनुहुँदै आजको बैठकमा थप ४० जना सदस्यले आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो ।
प्रदेश १ सरकारका भौतिक पूर्वाधार निर्माण तथा सहरी विकासमन्त्री हिमाल कार्कीले दुहवी इनरुवा सडक खण्ड निर्माणमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । बुधबार सुनसरी सदरमुकाम इनरुवामा इनरुवा–दु्हबी सडक निर्माण दवाव समितिले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
सल्यान हुँदै सुर्खेत जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने तुलसीपुर–सल्यान कालीमाटी–सुर्खेत सडकखण्ड ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । २०७८ असार २० मा सम्पन्न हुनुपर्ने सडक सम्झौता सकिएको एक वर्ष बितिसक्दा समेत आधा पनि काम सम्पन्न हुन सकेको छैन ।
तस्बिर : केशब गुरुङ काठमाडौँ, असार २९ गते। काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ। भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो। दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनुभयो।