• १३ साउन २०८१, आइतबार

भृकुटीमण्डपमा आगलागी नियन्त्रणमा (फोटो फिचर)

blog

तस्बिर : केशब गुरुङ 

काठमाडौँ, असार २९ गते। काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ। भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो। दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनुभयो।