झापाका बिभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न भद्रपुुर नगरपालिका–५ का १८ बर्षिय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोली प्रहरीले बरामद गरेको छ । भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो । प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठमाडौंमा थप एक जनामा हैजा पुष्टि भएको छ । मङ्गलबार गरिएको परीक्षणमा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाको छ ।
काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशतभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौं असार २९ गते। काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशत भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर ३१७५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना पुष्टि भएको छ।उपत्यमा मात्रै कुल सङ्क्रमितमध्ये ६०.६७ अर्थात् १२५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो।बुधबार थपिएका सङ्क्रमित मध्ये काठमाडौंमा एक सय, ललितपुरमा १८ र भक्तपुरमा सात जना छन्।बुधबार देशभर सक्रिय सङक्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ।। जसमध्ये ६९४ जना मात्रै काठमाडौं उपत्यका भित्र रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये काठमाडौंमा ६०७ भक्तपुरमा ११ र ललितपुरमा ७६ जना रहेका छन्।
महालेखा परीक्षक कार्यालयले कुल बेरुजु चार खर्ब ८३ अर्ब ५९ करोडभन्दा बढी देखाएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओले नेपाल भ्रमणमा चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्नुभएको बताउनुभएको छ।
नेपालमा कोरोना सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयाका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
काठमाडौं, असार २९ गते । राजु गिरीले निर्देशन गर्नुभएको फिल्म 'दिलमाया २' को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष २९ गतेका लागि प्रदर्शन मिति तय भएको हो ।राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सन्जीला पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारहरूको अभिनय रहेको छ ।फिल्ममा सुस्मिता खत्रीको सिनेमाटोग्राफी र खुम बहादुर सुनारको सम्पादन रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सदनमा छलफल सुरु भएको छ । प्रदेश सरकार र प्रतिपक्षबीच १४ बुंदे मागमा सहमति भएपछि आजबाट सदनमा बजेटमाथि छलफल सुरु भएको हो ।
केही दिनदेखि राष्ट्रिय बाणिज्य बैङ्कमा पैसा अभावले स्थानीयलाई मर्का पर्नथालेपछि नेपाल राष्ट्र बैङ्क नेपालगञ्जले हवाई मार्गबाट आवश्यक पैसा हुम्ला पठाएको छ । बैङ्कमा पैसाको अभाव हुन थालेपछि बैंकले सीमित भुक्तानी दिइरहेको थियो ।
पूर्वी नवलपरासीमा भन्सार छलेर अवैध सामान भित्र्याउने क्रम बढ्दो छ। एकपछि अर्काे गरेर विना विलका सामाग्री भित्रिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई अशुद्ध ठान्न नहुने बताउनुभएको छ । मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई उहाँले सचेत गराउनुभयो । मानव अधिकार एलाइन्सले आज यहाँ आयोजना गरेको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।
पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन बढेको छ।
कालिगण्डकी नदी किनारमा करिब एक वर्षदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत रघुगंगा गाउँपालिका २ स्याउली बजारस्थित नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा अवैध रुपबाट उत्खनन् गरी बिक्रीवितरण भइरहे पनि सरोकारवाला निकाय मौन देखिएका स्थानीयको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई २५ लाख ५३ हजार रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।