• ८ मंसिर २०८१, शनिबार

थप एक जनामा हैजा पुष्टि, सङ्क्रमितको सङ्ख्या २८ पुग्यो

blog

काठमाडौं, असार २९ गते । काठमाडौंमा थप एक जनामा हैजा पुष्टि भएको छ । मङ्गलबार गरिएको परीक्षणमा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाको छ ।
योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या २८ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार स्ट्रल कल्चर परीक्षणमा ११ जना, आरडिटी परीक्षण १२ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा पाँच जनामा हैजा पुष्टि भएको हो ।

असार दुई गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । २७ दिनको अन्तरमा २८ जनामा हैजा पुष्टि भएको छ ।  

पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो ।

भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् । 

पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाईमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सक बताउछन् ।