• २६ पुस २०८१, शुक्रबार

उपत्यकामा मात्रै ६० प्रतिशत बढी सङ्क्रमित

blog

काठमाडौं, असार २९ गते । काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशतभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।

बुधबार देशभर तीन हजार १७५ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यमा मात्रै कुल सङ्क्रमितमध्ये ६०.६७ अर्थात् १२५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिनुभयो ।

आज थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा एक सय, ललितपुरमा १८ र भक्तपुरमा सातजना छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । जसमध्ये ६९४ जना मात्रै काठमाडौं उपत्यका भित्र रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये काठमाडौंमा ६०७, भक्तपुरमा ११ र ललितपुरमा ७६ जना रहेका छन् ।