भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ
श्रीलङ्काका पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेको अधिकारीहरूले बुधबार जनाएका छन् ।
प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गर्नुभएको छ ।
अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता
संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयास गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समयपछि पनि राहत प्रयास जारी रहेको जनाएको छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे
फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिस विस्थापित भएको अधिकारीहरुले बुधबार बताएका छन् ।
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको निधन
टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको निधन भएको टर्की सरकारले पुष्टि गरेको छ ।
बाजुरामा धान उत्पादनमा वृद्धि
बाजुरामा धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा ७५८ मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो ।
वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो
वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतिको कामले तीव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो ।
जेनजी आन्दोलनका घाइतेलाई गोरखा प्रशासनले परिचयपत्र दिने
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय गोरखाले परिचय पत्र वितरण गर्ने भएको छ ।
अस्ट्रेलिया-इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत
अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न सहमति जनाएका छन्, । सन्धिमा दुवै देशबिचको सैन्य सहयोगलाई अझ सुदृढ बनाउने व्यवस्था समावेश गरिएको छ ।
विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा र भोगचलनको अवस्थाबारे विवरण मागेको छ ।
वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने
वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु. तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो ।
धानले मूल्य पाउँदा किसान खुसी, दुई दिनमा पाँचसय क्विन्टलभन्दा बढी धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेपछि किसान खुसी भएका छन् ।
सिद्ध लखन भ्यू टावर : गोरखाको पहिचान र सौन्दर्यको प्रतिक
गोरखाको सहिद लखन गाउँपालिका–१ अवस्थित सिद्ध लखन भ्यू टावर पर्यटकिय गन्त्वयको रुपमा परिचित हुँदै गएको छ ।
मतदातामा चुनावी उत्साहसँगै संशय
यति ठूलो आन्दोलन भएपछि त अब मुलुक पनि बन्छ होला, राजनीतिक नेतृत्वमा परिवर्तन आउला, देश भ्रष्टाचारमुक्त होला र सुशासन कायम होला भन्ने ठूलो अपेक्षा थियो उहाँमा । तर सोचेअनुसारको परिवर्तन नहुने हो कि भन्ने चिन्ताले तामाङलाई पिरोलिरहन्छ ।
घारमै मर्न थालेपछि माैरीपालक चिन्तित
चिसोको बेला धमाधम मौरी मर्न थालेपछि हिमाली गाउँपालिका-६ पाँडीका मौरीपालक चिन्तित बनेका छन् ।
दोस्राे फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने
दोस्राे फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने भएको छ ।
किराँत राईको पापानी चाड सुरु
धनकुटाको शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका किराँत राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरुले नयाँ बाली भित्राएको आफ्नो खुशीयालीमा मनाउने पापानी चाड सुरु भएको हाे ।
पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ ।
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक
सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ ।
हराउँदै परम्परागत दाइँ संस्कृति
लमजुङका किसानहरू यतिबेला धान काट्न र थन्काउन व्यस्त छन् । तर धान थन्काउने बेला विगतको जस्तो रमाइलो भने छैन ।
मनकामनाबाट देखिएकाे मनोरम दृश्य
गोरखा जिल्लाको सहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्त्वपूर्ण शक्तिपीठ मानिन्छ ।
मतदाता नामावली दर्ता गर्नेको चाप उच्च
जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्न थालेको छ । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ ।
नवलपरासीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड
मतदाता नामावली सङ्कलनका लागि चार दिन मात्र बाँकी रहँदा पश्चिम नवलपरासीमा नाम दर्ता गर्नेको भिड लागेको छ ।
कञ्चनपुरमा चर्काे भाडा असुल्ने दुई दर्जन अटो व्यवसायीमाथि कारबाही
कञ्चनपुरमा यात्रुहरूबाट चार गुणाभन्दा बढि भाडा असुल गर्दै आएका झण्डै दुई दर्जन अटो व्यवसायी कारबाहीमा परेका छन् ।