सुनको मूल्यमा सामान्य गिरावट
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।
उखुको व्यापार
तमोर नदी किनारमा रहेको मूलघाट बजारमा बिक्रीका लागि राखिएको उखु ।
म्याग्दीको भगवती कोत गाउँ
म्याग्दीको रघुगंगा गाउँपालिका(२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ।
ताप्लेजुङ पर्यटन महोत्सवमा निकालिएको र्याली
ताप्लेजुङमा आजदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ का अवसरमा उद्घाटन अघि सदरमुकाम फुङ्लिङमा निकालिएको र्यालीमा जातिय भेषभुषा सहित सहभागीहरु ।
छाताले गर्मी छल्दै
अत्यधिक गर्मी र तातो हावा छल्न बिहीबार छाता ओडेर कार्यालयबाट घर फर्किदै घोराही उपमहानगरपालिकाका कर्मचारीहरु ।
कोतगढीमा रानी तोप
दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीमा राखिएको ऐतिहासिक रानी तोप । विसं २०२८ सालको भोकमरीका बेला, दैलेखमा रहेको ज्वालादल गुल्म सुर्खेतमा सरेसँगै दैलेखबाट सुर्खेत पुर्याइएको सुन्दरी नामको तोप ५१ वर्षपछि विसं २०७९ असार ९ गते पुनः दैलेखको ऐतिहासिक कोतगढीमा पुनर्स्थापना गरिएको छ ।
मुस्ताङको चुङजुङ गाउँ
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को चुङजुङ गाउँ, चरन क्षेत्रमा चर्दै गरेका घोडा, गाई र पृष्ठभूमिको सुख्खा पहाड । लोमान्थाङ देखि कोराला नाकामा जाने बैकल्पिक सडकमा समेटिएको चुङजुङ गाउँ रमणीय र मनमोहक छ ।
राष्ट्रिय सभामा कांग्रेसको विरोध : शुक्रबारसम्मका लागि बैठक स्थगित
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
मदन-आश्रित स्मृति दिवस : राजनीति समाजप्रति जिम्मेवार भएन
बिहीबार ३१ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
लोकतन्त्रलाई सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
जसपा गठन सन्दर्भमा सर्वोच्चको आदेश न्यायोचित : अध्यक्ष राई
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो नवगठित पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताउनुभएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
विरोधबिच पनि मुख्यमन्त्री सोडारीद्वारा प्रस्ताव पेस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विरोधका बिच विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्नुभएको छ ।
टीकापुर नगरपालिकाको विद्युत लाइन काटियो
नेपाल विद्युत प्राधिकरणले टीकापुर नगरपालिका केन्द्रको विद्युत लाइन काटिदिएको छ । नगरपालिका क्षेत्रमा रहेका सडक बत्तीको महसुल नबुझाएको भन्दै प्राधिकरणले बिहीबार नगरपालिकाको मुख्य कार्यालयको लाइन काटिदिएको हो ।
प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्यो
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सारिएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख ४० हजार
स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ ।
शुक्लाफाँटामा कृष्णसार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा संरक्षित कृष्णसार । निकुञ्जमा स्थानान्तरण गरेर डेढ दशक अघि ल्याइएका ४२ वटा कृष्णसारको सङख्या बढेर हाल तीन सय बढी पुगेको छ ।
दैलेखको ऐतिहासिक कोतगढी
दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम । यो गढी करिब चौधौँ शताब्दीतिर बनेका पूर्वका ‘सिन्धुलीगढी’ र ‘अमरगढी’ भन्दा निर्माणका हिसाबले पुरानो गढी मानिन्छ ।
मूलपानी क्रिकेट मैदान
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका – ६ स्थित मूलपानीमा रहेको मूलपानी क्रिकेट मैदान।
बच्चा बोकेर काफल बिक्री गर्दै महिला
दाङ घोराहीको न्यूरोड सडक किनारामा दुधे बालक काखमा राखेर काफल, काँक्रा तथा तरकारी बिक्री गर्दै रोल्पा रुन्टिगढी गाउँपालिका(४ स्थित सुर्पालकी बिपना बिक ।
मुस्ताङको छुसाङ गाउँ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङ गाउँको स्याउ बगैँचाको हरियारी र पृष्ठभूमिको सुक्खा कलात्मक पहाड ।
माछा मार्दै गरेका महिला
दाङको राप्ती गाउँपालिकास्थित खौराह तालमा माछा मार्दै गरेका महिलाहरु ।
क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिनुभएको हो ।