निगमका दुई वाइडबडी जहाज ग्राउन्डेड
नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि रहेका चार वटा जहाजमध्ये दुई वटा वाइडबडी जहाज ग्राउन्डेड भएका छन् । प्रमुख पर्यटकीय सिजन र दसैँतिहार जस्ता ठुला चाडपर्वको समय नजिकिँदै गर्दा निगमका दुई प्रमुख जहाज विस्तृत मर्मतसम्भार (सी–चेक) का लागि ग्राउन्डेड भएका हुन् ।
दस अर्बको ऋणपत्र निष्कासन हुँदै
सरकारले १० अर्ब रुपियाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने गरी बुधबार उक्त ऋणपत्र निष्कासन गर्न लागिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ऋणपत्रको अवधि तीन वर्षको हुने छ । कार्यालयले ऋणपत्र खरिद गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आग्रह गरेको छ । खरिद गर्न इच्छुकले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागिता जनाउन सक्ने छन् ।
बाढीले क्षतिग्रस्त नेशनल हाइड्रो मर्मत गर्न ३० करोड लाग्ने अनुमान
बाढीले क्षतिग्रस्त नेशनल जलविद्युत आयोजना पूर्व अवस्थामा फर्काउन ३० करोडभन्दा बढि रकम लाग्ने अनुमान निकालिएको छ ।
वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
दोरम्बा शैलुङ पहिरो : बेपत्ता एक महिलाको पैतालाको भाग भेटियो
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोरकपुरस्थित लेक खर्क पहिरोमा परी बेपत्ता भएकामध्ये एक महिलाको बायाँ खुट्टाको पैतालाको भाग भेटिएको छ ।
सतीदेवी : पितृसत्तालाई कुरी कुरी
‘पितृ तार्ने एउटा छोरा चाहिन्छ’ भन्ने पितृसत्तात्मक समाजको सोचको कथा हो, चलचित्र ‘सतीदेवी’ । छोरा खोज्दाखोज्दै छोरी जन्मिएपछि घरमा सुरु हुने अवहेलना र महिला हिंसाको चित्रण हो, चलचित्र । लमजुङको एउटा विकट गाउँमा छोरी भएर जन्मिएका कारण उनीमाथि हुने अवहेलना र अत्याचारले के कस्तो घटना निम्त्याउँछ भन्ने कथा चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रमा एउटी महिलाले छोरो नजन्माउँदा कतिसम्म सास्ती भोग्नु पर्छ र परिवारमा बुवाले आफ्नो दायित्व बिर्संदा छोरीले समाजमा कतिसम्म अपमानित हुनु पर्छ भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।
‘नीतिगत स्थिरता सुरक्षित गर्दै सरकार अघि बढ्छ’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने बताउनुभएको छ । मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो सो’ को उद्घाटन गर्दै उहाँले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताउनुभयो । देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्ने व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
सम्झौता सकिन १३ दिन बाँकी, काम २० प्रतिशत मात्रै
बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्डको कालेपत्रे निर्धारित समयमा नबन्ने भएको छ । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिदैछ । तर काम भने करिब २० प्रतिशत मात्र भएको छ ।
राष्ट्रिय चिया नीति संशोधन हुन्छ : मन्त्री अधिकारी
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले राष्ट्रिय चिया नीति, २०५७ मा आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
गाजाको अवस्था दयनीय
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का अधिकारीहरूले गाजाको अवस्था “विनाशकारी’’ भएको जनाएका छन् । यसै क्रममा उनीहरुले र विगत दुई हप्तामा गाजामा जारी थप निकासी आदेशको बिचमा मानिसहरूलाई सीमित गरिएको ठाउँ “धेरै सानो’’ र साँगुरो भएको पनि दोहोर्याएका छन् ।
अस्ट्रेलिया सरकार अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै
अस्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ ।
कैलालीका शिक्षक प्युठानमा मृत फेला
ऐरावती गाउँपालिका–६, स्थित जनता माध्यमिक विद्यालय बिजुलीका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत फेला परेका छन् ।
प्रधानमन्त्री र ओमानका विदेशमन्त्रीबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपालगन्ज १० किमी रात्रीदौड हुने
धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको छ ।
प्रस्तावित राजदूतको सुनुवाइ भदौ १४ बाट हुने
विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।
साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार
पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ ।
बाहिर निस्कन थाले घाइते बाघ
पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा सिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्जबाहिर भेटिन थालेका छन् । तिनले मानव बस्तीनजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले जङ्गलमा बाघहरू जुधेर घाइते हुँदा मानव बस्तीतर्फ निस्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “वयस्क दुई बाघ एकआपसमा भेटिएपछि जुध्छन् । यसरी जुध्दा बलियोले कमजोरलाई मार्न सक्छ । कतिपय घाइते भएर लखेटिन्छन् । यसरी लखेटिएका बाघ निकुञ्जबाहिरका बस्तीमा आइरहेका छन् ।”
ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा
ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ ।
छिमेकी मुलुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकका बिचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताउनुभएको छ ।
साफ यु–२० फुटबल : बङ्गलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त
साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मष्टो देवताका मेला (पैठ) सुरु
कालीकोट जिल्लामा मष्टो देवताका पूजा सुरु भएको छ । भदौ लाखेसँगै विभिन्न १२ भाइ मष्टोका पूजा सुरु भएको हो ।
रुसद्वारा युक्रेनमा ड्रोन तथा मिसाइल आक्रमण : तीनको मृत्यु
रुसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ ।
होटलमा युवती मृत फेला
हेटौँडा उपमहानगरपालिका-१० स्थित एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । हेटौँडा १० बसपार्कस्थित रत्ना होटलमा हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभर्याङकी एलिसा न्यौपानेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शङ्कर ग्रुपको हिलटन होटलबाट नक्सालवासी फेरि पीडित
निर्माणकै क्रममा नक्सालवासीलाई हैरानी दिएर पटक-पटक विवादमा तानिएको शङ्कर ग्रुपद्वारा निर्माण सम्पन्न भई अन्तर्राष्ट्रिय चेन होटल हिलटन नामबाट हालै सञ्चालनमा ल्याइएको सो होटलबाट फेरि स्थानीयवासीले चर्को पीडा बेहोरेका छन् ।