प्राकृतिक विपत्तीमा परेकाहरुको उद्धारमा जुट्न एमालेको आग्रह
ठुलो बर्षापछिको बाढी तथा पहिरोका कारण विपत्तिमा परेकाहरुको उद्धारमा जुट्न नेकपा (एमाले) ले आव्हान गरेको छ । एमाले कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले शनिबार सो आह्वान गर्नुभएको हो ।
काठमाडौँ उपत्यकामा बाढीपहिराेबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा
बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिराेमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ ।
कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द
कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।
राप्ती राजमार्ग एकतर्फी सञ्चालन
सडक भासिएपछि अवरुद्ध भएको राप्तीराजमार्ग एक तर्फी सञ्चालनमा आएको छ ।
नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक
नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।
उद्धार र राहतका काममा सुरक्षा संयन्त्र सक्रिय
अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवम् संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन् ।
वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु
वर्षाजन्य विपदमा परी ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ ।
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज साँझदेखि वर्षा कम हुने
तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि बिस्तारै कम हुँदै जाने जानकारी दिनुभयो ।
त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा
अविरल वर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् ।
सुनकोसीमा आएको बाढीले खुर्काेटको पुल बगायो
रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु
केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।
पहिरो खस्दा ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो
अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो
कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोबर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ ।
बाढी पहिरोले १४ को मृत्यु, ११ बेपत्ता, उद्धारको काम जारी
बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण नेपालका विभिन्न जिल्लामा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६ सय ३० जनशक्ति परिचालन भएका छन् ।
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
पहिरोले घर बगाउँदा एकको मृत्यु पाँच जना बेपत्ता
फिदिम नगरपालिका–१ दुमा पुच्छारमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
नख्खु खोलाले चारलाई बगायो
ललितपुर जिल्लाको ललितपुर महानगर पालिका १४ नखिपोट कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता पारेको छ ।
मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ ।
काभ्रेमा पहिरोका कारण नौ जना बेपत्ता
अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको पहिरोका कारण हालसम्म काभ्रेपलान्चोक जिल्लामा नौ जना बेपत्ता भएका छन् ।
झापामा खोलाले बगाएर ३ जना बेपत्ता
दुहिदिन अघिदेखि लगार वर्षाका कारण झापामा विभिन्न खोलामा आएको बाढीले बगाउँदा एक बालिका सहित ३ जना बेपत्ता भएका छन् ।
पहिरोले घर बगाउदा दुईको मृत्यु
धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ ।
फिदिममा पहिरोले पुर्दा दुईजनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उहाँकी ५ वर्षीया छोरी डोल्मा शेर्पा हुनुहुन्छ ।
नदी किनारको बफर जोन परिमार्जनका प्रश्न
यति बेला प्रिन्ट मिडिया, अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालले सर्वोच्च अदालतको आदेशलाई व्यापक रूपमा कभर गरेका छन्, जसको विरुद्धमा सरकारले पुनरावेदन गरेको छ ।