पकडियागढ र पतारीपोखरीमा भक्तजनको घुइँचो
सिराहाको धार्मिक पर्यटकीय स्थलमध्ये लहान नगरपालिका-१८, पकडियागढ र लक्ष्मीपुरपतारी वडा ३ पतारी पोखरीमा वैशाख २ गते भक्तजनहरु ठुलो घुइँचो लागेको थियो ।
सिक्टा सिँचाइको पश्चिमी मूल नहर
बाँकेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको राप्तीसोनारी गाउँपालिका–२ मदुईस्थित पश्चिमी क्षेत्रको मूल नहर । यो नहरबाट जिल्लाको विभिन्न स्थानीय पालिकाका विभिन्न वडाहरुमा सिँचाइ व्यवस्था गरिएको छ । तस्बिरः गजेन्द्र गुरुङ
नुवाकोटमा ‘ग्लान ङारदिम’ को विशेष कार्यक्रम हुने
‘भाषा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहास खोजी हाम्रो अभियान’ नारासाथ विश्वभर छरिएर रहेका तामाङभित्रको ग्लानहरूको पुर्ख्याैली भूमि नुवाकोट गोल्फु नम्सापुरानमा विशेष कार्यक्रम हुने भएको छ ।
मुस्ताङ भन्सारबाट १२ अर्ब २२ करोडको वस्तु आयात
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म १२ अर्ब २२ करोडभन्दा बढीको बस्तु आयात गरेको छ ।
बर्दिवासमा पाँचौँ आदिवासी जनजाति महोत्सव हुने
आफनो समुदायको संस्कृति सम्वर्धन, प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्तरीमा आदिवासी जनजातिको महोत्सव हुने भएको छ ।
छोरी जन्मिए खातामा रकम
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले पालिकाभित्रका बालिकालाई पाँच हजार रुपियाँसहितको बैङ्क खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका बालबालिकाको बैङ्क खातामा पाँच हजार रुपियाँ जम्मा गरेको छ । पहिलो पटक ३६ जना बालिकालाई रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुुभयो ।
सैनामैना चक्रपथको निर्माण सुरु
नेपालको सबैभन्दा लामो सैनामैना चक्रपथ निर्माण कार्य सुरु भएको छ । काम अझै दुई वर्षपछि मात्रै पूरा हुने भएको छ । करिब २० किलोमिटर बाँकी रहेको चक्रपथ निर्माणको कामका लागि गएको गएको चैत ३० गते शिलान्यास भएको छ । यो आयोजना ९३ करोड १९ लाख ७६ हजार ६३१ रुपियाँमा निर्माण सम्पन्न हुने बताइएको छ ।
‘समस्या देखेपछि समाधानका लागि संसदमा पुगेँ’
समाजमा देखिएका समस्या केवल गुनासो गरेर समाधान हुँदैनन्, नीति निर्माण गर्ने ठाउँमा पुगेर काम गर्नु पर्छ भन्ने सोचले धेरैलाई प्रेरित गर्छ । यस्तै सोच र अनुभवलाई आत्मसात् गर्दै रुपन्देही क्षेत्र नं. ३ की ज्ञानु पौडेल अहिले सङ्घीय संसद्मा पुग्नुभएको छ ।
‘सुशासन र विकासमा केन्द्रित हुन्छु’
एक वर्षअघि राजनीतिमा प्रवेश गरेकी गजाला समिम मिकरानी हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।
कोल्टीमा इलाका प्रशासन कार्यालय
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । जिल्लाको हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयलाई नागरिकता तथा जग्गालगायतको विभिन्न सरकारी कामकाज गर्न सहज हुने गरेर बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । गृह मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीद्वारा कोल्टीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरिएको जिल्लाका प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रदेश राजधानी संरक्षण योजना
कर्णालीमा नदी नियन्त्रणको काम सुरु गरिएको छ । विगतका वर्षमा योजनामा राखिएको नदी नियन्त्रणको काम यस वर्षदेखि सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश राजधानी संरक्षण योजना अन्तर्गत नदी नियन्त्रण अगाडि बढाइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । यो योजना अन्तर्गत अहिले बुलुबले क्षेत्रको पानी व्यवस्थापन गर्न लागिएको छ ।
‘सीमान्तकृत समुदायको मुद्दा र वातावरणीय सुधार मुख्य एजेन्डा’
राजनीतिलाई सेवा र समाज रूपान्तरणको माध्यम मान्नेका लागि डा. प्रमिलाकुमारी गच्छेदार एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । प्राध्यापन, अनुसन्धान र प्राज्ञिक साधनामा समय व्यतीत गरेकी
हिल्सा सीमा सुरक्षा चौकीमा जनशक्ति थप
नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीमा (बिओपी) थप बलका लागि जनशक्ति थपिएको छ । सरकारको पछिल्लो निर्णय र निर्देशन अनुसार जिल्लामा भएको जनशक्तिबाट सीमानाका हिल्सामा पठाइएको हो ।
राजमार्गले फेरियो गाउँ
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ निवासी वीरबहादुर घलानलाई जिल्ला सदरमुकाम सिन्धुलीमाढी कामविषेशले आउँदा जाँदा दिनभरि पैदल हिँडेको सास्ती अझै ताजै छ । अहिले सोही ठाउँ हुँ
सुजनले छेडे चौथो पटक जिब्रो
बिस्काः जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको छ । बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाउनुभएको थियो ।
चौँरी महोत्सवमा दोब्बर पर्यटक
फालेलुङ गाउँपालिका–४ स्थित चाररातेको उच्च हिमाली चौरमा आयोजित नवौँ चौँरी पर्यटन महोत्सव बुधबार सकिएको छ । चैत ३० गते सुरु भएको महोत्सवमा चौँरी हेर्न यस वर्ष गत वर्षभन्दा दोब्बर बढी पर्यटक आएका थिए ।
पार्कको राजस्व एकै दिन पौने आठ लाख
टीकापुर पार्कमा एकै दिन १४ हजारभन्दा बढी पर्यटक आएर रेकर्ड तोडिएको छ । २०८३ सालको पहिलो दिन पर्यटक आगमन र प्रवेश शुल्क दुवैले रेकर्ड तोडेको छ । “२०८२ वैशाख १ गते पाँच लाख रुपियाँ राजस्व उठेको थियो,” टीकापुर नगरपालिकाको पार्क शाखाका प्रमुख अर्जुन कुँवरले भन्नुभयो, “यस वर्ष एकैदिन १४ हजार ८३१ जना पर्यटकले पार्क प्रवेश गरेका छन् भने सात लाख ७० हजार १६० रुपियाँ राजस्व उठेको छ ।”
स्याउ बगैँचामा आगलागी
जुम्लाको गुठीचौर गाउँपालिका–३ स्थित धापाखेतमा रहेको स्याउ बगैँचामा आगलागी हुँदा स्याउका तीन सय बिरुवा नष्ट भएका छन् । अर्गानिक एप्पल एन्ड फर्म अन्तर्गत रहेको उक्त बगैँचा गुठीचौर गाउँपालिका–५ कुम्डीगाउँका हरिबहादुर भण्डारीको हो । उहाँ गुठीचौर गाउँपालिकाका पूर्वगाउँपालिका अध्यक्षसमेत हुनुहुन्छ ।
पश्चिम एसियाका केही देशमा पुनः श्रम स्वीकृति सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसियाका चार वटा देशमा कार्यरत रहेर बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको छ । विभागले मङ्गलबारदेखि इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य सुचारु गरेको हो ।
देशैभर आर्थिक गणना सुरु
हरेक स्तर र प्रकृतिका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको अर्थतन्त्रमा योगदान मापन गर्ने उद्देश्यसहित बुधबारदेखि देशैभर आर्थिक गणना सुरु भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले असार ७ गतेभित्र स्थलगत तथ्याङ्क सम्पन्न गर्ने गरी बुधबारदेखि देशैभर गणक खटाएको हो ।
नौ महिनामा पौने बयालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
चालु आथिर्क वर्ष २०८२/८३ को नौ महिनामा पौने ४२ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । चैतमा मात्र ६१ वटा परियोजनामार्फत एक अर्ब १२ करोड २९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । अन्य महिनाको तुलनामा चैत महिनामा लगानी प्रतिबद्धता बढेको तथ्याङ्कले देखाएको छ ।
सचिवसहित सोह्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसमेत १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आयोगले बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगले रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका–५, सिद्धनाथमा निर्माणाधीन शीतभण्डारमा अनियमितता गरेको आरोप प्रतिवादीमाथि लगाएको छ ।
सम्पत्ति छानबिन आयोग गठन
सरकारले २०६२/६३ सालदेखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ/छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
समानुपातिक प्रणालीले संसद् समावेशी : प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदलाई कुनै एउटा क्षेत्रविशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’ को सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको छलफलमा उहाँले समानुपातिक सांसदको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुका रूपमा व्याख्या गर्नुभयो । प्रधानमन्त्री शाहले सांसदलाई स्पष्ट कार्यदिशा दिँदै भन्नुभयो, “तपाईंको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देश विकासमा ध्यान दिनुहोस् । प्रत्यक्ष निर्वाचित सांसद एउटा क्षेत्रमा बाँधिएका हुन्छन् तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ ।”