कानुनबमोजिम मात्र काममा लगाउन निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य संस्थालगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारीलाई प्रचलित कानुनविपरीत काम नलगाउन निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सलाई श्रम सम्झौता नगरी र तोकिएको समयभन्दा बढी काम लगाएको भन्ने उजुरी आएकाले कानुनविपरीत कार्य नगर्न सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।
समाज कल्याण परिषद्को भाडा विवाद : ताला लगाएपछि सम्पर्कमा
समाज कल्याण परिषद्को काठमाडौँस्थित भृकुटीपण्डपको भवन, सटर र हल प्रयोग गरेबापत तिर्नुपर्ने रकम नबुझाएकाहरू सम्पर्कमा आउन थालेका छन् । परिषद्ले चैत ३० गते २० वटा सङ्घ संस्था र व्यक्तिका सटरलाई सात दिनभित्र बक्यौता बुझाउन भन्दै ताला लगाएको थियो ।
आज पनि भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आग्रह गरेको छ । आइतबार सुरु भएको यो कार्यक्रम अन्तर्गत सोमबार पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाइने भएको छ ।
मन्त्रालयको निर्देशन अवज्ञा गर्दै स्थानीय तह
विद्यालय तहमा विद्यार्थी भर्ना र पठनपाठनका सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशनको चौतर्फी विरोध सुरु भएको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत चैत २६ गते सबै स्थानीय तहलाई पत्राचार गरेर वैशाख १५ गतेदेखि विद्यार्थी अभियान सुरु गर्न र वैशाख २१ गतेदेखि पढाइ सञ्चालन गर्न निर्देशन दिएको थियो ।
प्रथम महाधिवेशनमा जुट्यो रास्वपा
पार्टी स्थापनाको तीन वर्षमै प्रतिनिधि सभामा झन्डै दुईतिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले यही वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । बैठकमा केन्द्रीय समिति सदस्यसमेतको उपस्थिति रहेको थियो । रास्वपा प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति लामिछानेको निर्देशनमा सबै सदस्यलाई सोमबारको बैठकमा अनिवार्य उपस्थितिको सूचना जारी गरिएको छ ।
अब विश्वविद्यालयमा सुरक्षा युनिट
सरकारले विश्वविद्यालयहरूबाट विद्यार्थी सङ्गठन नहटे बल प्रयोग गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगको संयोजनमा भएको बैठकले ती स्थानबाट विद्यार्थी सङ्गठन हटाउन विश्वविद्यालयपरिसरमा अस्थायी तथा स्थायी सुरक्षा युनिटसमेत राख्ने निर्णय गरेको छ ।
कर्मचारीलाई पन्ध्र दिनमै तलब
सरकारले अबदेखि कर्मचारीलाई प्रत्येक १५ दिनमा तलबभत्ता भुक्तानी गर्ने भएको छ । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीलाई मासिक रूपमा तलबभत्ता उपलब्ध गराइँदै आएकोमा अब नयाँ व्यवस्था गर्ने अर्थ मन्त्रालयले निर्णय गरेको हो ।
पूर्वाधार अदालत गठन तयारी
विकास निर्माणका ठुला आयोजनामा हुने कानुनी ढिलासुस्ती र विवाद छिटो समाधान गरी मुलुकको भौतिक विकासलाई गति दिन पूर्वाधार अदालत (इन्फ्रास्ट्रक्चर कोर्ट) गठन प्रक्रिया अगाडि बढाइएको छ । विकास निर्माणका ठुला आयोजना समयमै सम्पन्न नहुने र कानुनी विवादमा अल्झिने समस्या समाधान गर्न सरकारले पूर्वाधार अदालत गठन प्रक्रिया र कानुनी तयारी अगाडि बढाएको हो । यो अदालत गठनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरी प्रक्रिया थालिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा नाघ्यो ४० डिग्री
नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ । तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
एघार फिट लामो राजगोमनको उद्धार
धनुषाको सीमावर्ती क्षेत्र महोत्तरीको बर्दिबास नगरपालिका–३, राजाबास गाउँबाट करिब ११ फिट लामो र करिब ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्पको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छोडिएको छ ।
स्थापना दिवसमा विद्यार्थी सम्मानित
नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङले पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सम्मान गरेको छ । नेविसङ्घको ५७ औं स्थापना दिवसको अवसरमा आइतबार क्याम्पसमा अध्ययरत १२ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै उहाँले निजी क्षेत्र नाफा कमाउनका लागि मात्र हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।
कौराहाको उदगम थलो ऋषिङमा मौलिकता जोगाउने सङ्कल्प
मगर समुदायको सांस्कृतिक पहिचान मानिने कौराहा नृत्यको वास्तविक जननी तनहुँको ऋषिङबाट यसको ऐतिहासिक मौलिकता रक्षाका लागि नयाँ अभियानको सुरुवात गरिएको छ ।
शान्तिपार्क निर्माणको काम अन्तिम चरणमा
मोरङको लेटाङ–१, राजारानी पर्यटन क्षेत्रमा अन्तर धार्मिक शान्तिपार्क निर्माण भएको छ । पाँच धर्मका धर्म गुरुहरू एकै स्थानमा बसेर धर्मका विभेद अन्त्य गर्ने अवधारणाका साथ निर्माण सुरु भएको शान्तिपार्क लेटाङ नगरपालिकाको गौरवको आयोजना हो ।
धौलागिरि शिखरमा पुगे १७ आरोही
म्याग्दीको धाैलागिरि गाउँपालिका –४ स्थित ८ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको चुचुरोमा शनिबार स्वदेशी र विदेशी गरेर एकै पटक १७ आरोही पुगेका छन् ।
बर्दघाट नगरपालिकालाई योगनगर बनाउने अभियान
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नेपालकै दोस्रो योगनगर बनाउने महत्वाकांक्षी अभियान अघि बढाएको छ । स्वस्थ जीवनशैली र योग संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले नेपालकै दोस्रो योग नगरको रूपमा स्थापित गर्ने यस अभियानले स्थानीयस्तरमा स्वास्थ्य सचेतना जगाउनुका साथै नागरिकलाई योगको माध्यमबाट निरोगी बनाउने लक्ष्य राखेको छ।
कोशीमा बर्डफ्लु विपत्ति : २ लाख २७ हजार कुखुरा मारिँदै
कोशी प्रदेशकै सबैभन्दा ठुलो सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु फैलिएको छ । बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका १ लाख ५५ हजार कुखुरा मार्ने तयारी गरिएको छ ।
हरिणको सिङ फेला
झापाको बुद्धशान्ति गाउँपालिकामा हरिणको सिङ फेला परेको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिका–३, चिलिमगढी घाटनजिकै शनिवार राति हरिणको सिङ फेला परेको हो ।
निःशुल्क आँखा शिविरबाट ८३ को फर्कियो ज्योति
सल्यानमा वडास्तरमै बिरामी पहिचान गरी सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ८३ जनाको आँखाको ज्योति फर्किएको छ। शारदा नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा श्रीनगरस्थित आँखा उपचार केन्द्रमा दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको हो।
पुलहाश्रम धार्मिक पर्यटनका लागि नयाँ गन्तव्य बन्दै
म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रम धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । पौराणिक महत्त्व बोकेको यस क्षेत्रमा पूर्वाधार निर्माण, प्रचार–प्रसार र हालै अक्षरधामका प्रमुखसहित भारतीय भक्तजनको भ्रमण भएपछि धार्मिक पर्यटनको सम्भावना थप बलियो बनेको हो ।
हुलाकमार्फत घरमै पुग्छ अब राहदानी र लाइसेन्स कार्ड
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्याउने योजना कार्यान्वयन गर्न लागिएको प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८, बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर आइतबार बिहान करिब १० बजे सानीगाड खोलामा दुर्घटनामा परेको हो ।
हनुमानढोकाको त्यो प्रहरी
हनुमानढोका भन्नेबित्तिकै काठमाडौँ उपत्यकामा बसोबास गर्नेहरू प्रायः ‘नेपाल प्रहरी’ सम्झन्छन् । तथापि पूर्ववत् प्रहरी कार्यालय त्यहाँ छैन, तैपनि जनबोलीमा अझै पनि ‘हनुमानढोका प्रहरी’ झुन्डिएकै छ । प्राचीन कालमा उपत्यकाका पाटन, भक्तपुर दरबारहरूमध्ये हनुमानढोका दरबारलाई शक्तिशाली मानिथ्यो । हाल वसन्तपुर हनुमानढोका दरबार सङ्ग्रहालय रहेको क्षेत्रमा एउटा जीर्ण भवन देखिन्छ । २०७२ सालको भूकम्पले जीर्ण बनेको त्यो भवन उपत्यकामा शान्ति सुव्यवस्था र अपराध अनुसन्धानका लागि प्रख्यात थियो ।
अभिभावकको निगरानी नभएका बालबालिका जोखिममा
अभिभावकको निगरानी नहुँदा बालबालिका बिग्रिने गरेका छन् । छोराछोरी पढाउने भनेर बाबुआमा बिदेसिने घरमा अधिकांश बालबालिका पढ्दै नपढ्ने भएका छन् । केही अभिभावक कामका लागि भारत जाँदा बालबालिका पनि लैजाने र फेरि ल्याएर पढाउन खोज्दा उमेर धेरै भएर तथा पढाइमा ध्यान नदिएको अभिभावकले गुनासो गरेका छन् ।