नेपालमा भेटियो लोपोन्मुख कालो प्रजातिको गिद्ध
एसिया महादीपमै नरहेको कालो प्रजातिको गिद्ध नेपालमा देखिएको छ । नवलपरासीमा रहेको कावासोती गिद्ध रेष्टुरेन्टमा सो गिद्ध भेटिएको हो । कालो गिद्धलाई नयाँ गद्धको रुपमा चिनिन्छ । गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार कालोप्रजातिको गिद्धले सुघँेर सिनो पत्ता लगाउने गर्छ ।
गाईघाट–दिक्तेल सडकको प्रगति शून्य
ठेक्का लिने अनि काम नगर्ने निर्माण व्यवसायीको चरम लापरबाहीका कारण गाईघाट–दिक्तेल सडक निर्माणमा व्यापक ढिलासुस्ती भएको छ । सगरमाथा लोकमार्गअन्तर्गत खोटाङ र उदयपुर जिल्ला सदरमुकाम जोड्ने गरी २०५१ सालबाट निर्माण सुरु भएको उक्त सडक २८ वर्ष बितिसक्दा पनि अझै कालोपत्रे हुन सकेको छैन ।
प्रदेश सभामा बजेट छलफल सुरु
सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल सुरु भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेश सभा सञ्चालनका लागि सरकार र विपक्षी दलबीच बुधबार सहमति जुटेपछि सभा सञ्चालन भएको हो ।
गण्डकीमा ७० प्रतिशत रोपाइँ
असारको महिना सकिन लाग्दा गण्डकी प्रदेशमा रोपाइँ आधाभन्दा बढी सकिएको छ । कृषि विकास निर्देशनालय, गण्डकीका अनुसार मङ्गलबारसम्म प्रदेशमा ७० प्रतिशत रोपाइँ सकिएको छ । निरन्तर परिरहेको आकाशे पानी र सिँचाइको प्रयाप्त सुविधा हुँदा अघिल्लो वर्षको तुलनामा भन्दा अहिले बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय, गण्डकीका निमित्त प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
किसानलाई राहत वितरण
सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको बाढीले क्षति पु¥याएका परिवारलाई राहत रकम प्रदान गरेको छ । गत वर्ष असोज, कात्तिक महिनामा परेको पानीले डडेल्धुराका सातवटा स्थानीय तहमा बालीनाली बगाएको थियो । बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल एवं पशुविज्ञ केन्द्रले सङ्कलन गरेको क्षतिको विवरणका आधारमा पीडितलाई राहत वितरण गरिन लागेको जनाइएको छ ।
काभ्रेभीरमा सडक ९० प्रतिशत निर्माण सम्पन्न
राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउने कार्य अन्तिमचरणमा पुगेको छ ।
जसपा यादव पक्षको केन्द्रीय समिति बैठक सुरु
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्यको सहभागितामा बुधबार वीरगञ्जमा केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा सहभागी हुन मङ्गलबार वीरगञ्ज आउनु भएका अध्यक्ष यादवले बुधबार दिउँसो १ः०० बजे केन्द्रीय समितिको बैठकको उद्घाटन गर्नुभएको हो ।
साँफे–मार्तडी राजमार्ग अवरुद्ध
लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।
तानसेनको पार्किङ समस्या समाधान हुने
पाल्पाको तानसेनबजारमा भएको सवारीसाधन पार्किङ समस्या समधान हुने भएको छ । नगरपालिकाले बजेटमै व्यवस्था गरेर अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउने निर्णय गरेसँगै समस्याको समधान हुने भएको हो ।