मधेस प्रदेशमा जलवायु मैत्री कृषि कार्यक्रम सञ्चालन हुने
बाढी ग्रस्त क्षेत्रको कृषकहरूको क्षमता अभिवृद्धि तथा विस्थापित श्रमिकहरूको कृषिमा पुन:ःएकिकरण गर्ने उद्देश्यका साथ मधेस प्रदेशमा जलवायु मैत्री कृषि कार्यक्रम सञ्चालन हुने भएको छ ।
सुक्खा बन्दरगाह निर्माणको आग्रह
महोत्तरी जिल्लाको मुख्य सीमा नाकाका रूपमा रहेको जलेश्वर नगरपालिकाको भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणका लागि अर्थसचिवलाई आग्रह गरिएको छ। जलेश्वर नगरपालिकाका नगरप्रमुखसहितको टोली अर्थ मन्त्रालयमा पुगेर यसै नगरपालिकाका निवासी रहनुभएका अर्थसचिव कृष्णहरि पुष्करलाई भेटी भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गर्ने समावेश गरेपछि सो सम्बन्धमा काम अगाडि बढाउन आपूmहरू अर्थ मन्त्रालयमा गएर अर्थसचिवलाई आग्रह गरेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले बताउनुभयो।
मिथिला क्षेत्रमा चौरचन र तीज पर्व मनाइयो
सप्तरीसहित मिथिला क्षेत्रमा मंगलबार चौरचन पर्व मनाएका छन् भने तीज पर्व हिन्दु नारीले मनाएका छन्।
मिटरब्याजी पीडितको समस्या बुझ्दै कार्यदल
मिटरब्याजको समस्या समाधानको निम्ति सरकारद्वारा गठित कार्यदलले आइतबार सप्तरीको मिटरब्याजबाट पीडितसँग प्रत्यक्ष भेटघाट गरी प्रकृतिगत समस्याबारे जानकारी लिनुभएको छ। मिटरब्याजी पीडितको वास्तविक समस्या र पीडालाई मिडियाले उजागर गरेका कारण सरकार गम्भीर भएर यसको जरासम्म गई समस्या समाधानका लागि कार्यदलले स्थानीय सरकार, बैङ्किङ क्षेत्र, प्रहरी, पत्रकार सबैसँग सहकार्य गरेर तीव्रताले काम गरिराखेको कार्यदलका संयोजक डाक्टर भीष्मकुमार भुसालले बताउनुभयो। जिल्लाका १८ वटा स्थानीय तहमध्ये सप्तकोसीबाहेक १७ वटै स्थानीय तहमा मिटरब्याज पीडकविरुद्ध ११२ वटा उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यदललाई जानकारी दिनुभयो। “वास्तविक पीडितलाई मिटरब्याजीको चङ्गुलबाट मुक्त गरेर गुमाएका घर जग्गा फिर्ता हुन सक्ने आधार प्रमाणसहित काम गर्न कार्यदलले सरकारलाई सुझाव दिनेछन्। यति धेरै बैङ्क तथा वित्तीय संस्था हुँदाहुँदै देशभरिबाटै यति ठूलो सङ्ख्यामा सोझा जनता चर्को ब्याजमा भए पनि साहु महाजनसँगै ऋण लिने कारणबारे थप अध्ययन गरी तीनै तहको सरकारलाई त्यस प्रकारको बजेट नीति कार्यान्वयनको सुझाव दिने उहाँले बताउनुभयो।
मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै
मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले विशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौरचन पर्व आज एकै दिन परेको छ ।
तीन तलाबाट खसेर बालकको मृत्यु
धनुषाको ढल्केवरमा तीन तलाबाट खसेर एक बालकको मृत्यु भएको छ ।
अवैध काठसहित एक पक्राउ
वन कर्मचारीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वर्दिवास ३ गौरीडाँडास्थित भवसी टोलका ३५ वर्षिय जीवन बराईलीलाई साखु (साल) को ९ थान चिरान काठसहित पक्राउ गरेको सवडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ । वरामद काठ करिव १० क्यूफिट रहेको जनाइएको छ ।
रेलको ‘वासिङ ’ गराउन मात्र बर्सेनि पाँच करोड खर्च
नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोड रुपियाँभन्दा बढी रकम खर्च गर्दै आएको छ ।
बाँसको पुलले दिएको छ सुविधा
सिरहा र धनुषा जिल्लाको सिमाना जोडिएको कमला नदीमा निर्माण भएको पुल सञ्चालनमा नआउँदै दुईवटा पिल्लर (पाया) गत वर्षको बाढीमा धसिए। पिल्लर धसिएकाले हुलाकी मार्गबाट जनकपुर जानेहरूले एक सय रुपियाँ तिरेर मोटरसाइकल वारपार गर्नु परिरहेको छ।
महागंगा आरती
जनकपुरधामको गंगा सागरमा दैनिक हुने सन्ध्याकालीन महागंगा आरतीको क्रममा देखिएको मनमोहक दृश्य।
आयोगद्वारा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई प्रतिवेदन हस्तान्तरण
मधेशी आयोगले हरितालिका तिज, चौरचन (चौठचन्द्र) र जितिया पर्वको अवसरमा संवाद तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आयोगमा शनिबार भएको कार्यक्रममा मधेशी समुदायको चाडपर्वसम्बन्धी दुई वटा प्रतिवेदन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको हो ।
टिकटका लागि नेताहरुको दलबदल
गत स्थानीय निर्वाचनमा उम्मेदवार बन्न दलबदल गरेका नेताहरु फेरि संसदीय निर्वाचनमा टिकट पाउन दलबदलको अभ्यास थालेका छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै स्थानीय तहमा पराजित भएका उम्मेदवारहरु टिकटका लागि पुनः पार्टी परिवर्तन गर्न थालेका हुन् ।
सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड
महिला सांसदहरुले सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका, सामाजिक न्याय समिति, मधेस प्रदेश र नेपाल एफएमको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा आयोजित संसदीय प्रतिनिधित्व : संवाद कार्यशालामा भाग लिँदै उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।
वर्षाले तराई–मधेसमा किसानलाई राहत
सप्तरीसहितका तराई–मधेसमा शनिबार बेलुकादेखिको वर्षाले राहत मिलेको छ । प्रचण्ड गर्मीबीच करिब साउन महिनादेखि वर्षा नभएपछि शनिबार बेलुकादेखि निरन्तर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । भदौ महिनाको वर्षा जिल्ला तथा तराई–मधेशवासीलाई अमृत बर्सेझैँ भएको छ ।
पानी नपर्दा खेतको धानबाली सुक्यो, किसान मर्कामा
सर्लाहीसहित तराईका जिल्लामा लामो समयदेखि पानी पर्न छाडेपछि रोपेको धानबाली सुक्न थालेको छ । धान सुक्न थालेपछि किसान चिन्तामा परेका छन् । बेलाबेलामा सिमसिमे पानी परे पनि ठूलो वर्षा नभए पछि रोपिएका धानबाली सुक्न थालेका छन् । पानी नपर्दा धान खेतमा धाँजा फाटेको किसानले बताएका छन् ।
सोह्र घरमा छापा, सय क्यूफिट काठ बरामद
डिभिजन वन कार्यालय महोत्तरीले वर्दिवास १० खयरमारास्थित जंगली क्षेत्र नजिकको माधबटारे बस्तीबाट साखु जातका करिव एक सय क्यूफिट बराबरका काठ नियन्त्रणमा लिएको छ । बरामद गरिएका काठमा २० थान गोलिया तथा विभिन्न साइजका २२ थान चिरान रहेको छ ।
निहारिकालाई कानुनी लडाइँ लड्न पाँच लाख सहयोग
मधेश प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार मधेश सरकार मन्त्रिपरिषद् बैठकले निहारिकालाई सो आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
कुर्था–जयनगर रेल सेवा : यात्रुको चाप उच्च
जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन ।
पश्चिमा प्रभावका कारण मौलिकता मासिँदै
नेपाली नारीले मनाउने महान् चाड हरितालिका ‘तीज’को परम्परागत मौलिकपन पछिल्लो समय मासिँदै गएको पाइएको छ। चाडपर्वको नाममा पश्चिमी संस्कार हाबी हुँदै गएकाले तीजको परम्परागत मौलिकपन मासिँदै गएको बताइएको छ। देखासिकीको प्रभावका कारण पछिल्लो समय तीज पर्व मनाउने शैली भड्किलो, तडकभडक एवं विकृतियुक्त बन्दै गएको महिलाबाटै गुनासो सुन्ने गरिएको छ। चन्द्रपुर नगरपालिका–६ की पञ्जमाया तिमल्सिनाले विगतमा मनाइने तीज पर्व र पछिल्लो समयमा मनाइने तीज पर्वको शैलीमा निकै भिन्नता आएको सम्झँदै भन्नुहुन्छ, “पछिल्लो समयमा आधुनिक बाजागाजासहितको ‘म्युजिक सिस्टम’ मा बजाइने छाडा गीतमा नाचेर मनाइने तीजले तीज पर्वको मौलिक संस्कृति गुमेको छ। सानो छँदा गाउँघरमा दिदीबहिनी र छरछिमेक भेला भएर मादलको तालमा दुःख–सुखका लोकभाकाका गीतमा नाचेर मनाइन्थ्यो। घरमै बनेको शुद्ध खाना र शुद्ध मनले बसेको व्रतको सम्झना अहिले पनि झल्झली सम्झना आउँछ।”
समयमा आउँदैनन् फाँटका कर्मचारी
सप्तरीस्थित जिल्ला प्रशासन कार्यालयमा बिना बिचौलिया कुनै काम नहुने गरेको र कर्मचारीसमेत समयमा कार्यालयमा नआउने गरेको अधिकांश सेवाग्राहीको गुनासो छ। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दैनिक रूपमा ६० देखि ८० वटासम्म नयाँ नागरिकता र राहदानी वितरण हुँदै आए पनि यहाँ न समयमा कार्यालयका कर्मचारी आउँछन् न फाँटहरू नै समयमा खुल्छन्। तिरहुत गाउँपालिकाबाट राहदानी बनाउन छिट्टै पालो आउँछ भनेर बिहानै सात बजेदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा लाइन बस्नुभएका सुरेशकुमार मण्डल भन्नुहुन्छ, “११ बजेसम्म कार्यालयमा फाँटका कर्मचारी आएका छैनन्। यहाँका फाँटहरू कार्यालय समयभन्दा एकदेखि डेढ घण्टासम्म ढिला खोल्ने रैछन् र एक बजेसम्म मात्रै काम हुने रैछ। एक मिनेट पनि ढिला भयो भने सेवाग्राहीको फाइल कर्मचारीले छाडेर हिँड्छन् ।”
वीरगन्ज आइसिपीमा रहेका सवारी साधन
पर्सा जिल्लाको वीरगन्जको अलौंमास्थित एकीकृत चेकजाँच चौकी (आइसिपी) परिसरमा रहेका भारत तथा तेस्रो मुलुकबाट नेपाल आयात गरिएका सवारी साधन ।
निहारिकाका छोरा र शिवराजको डीएनए परीक्षण गर्न अदालतको आदेश
धीरेन्द्रप्रसाद साहजनकपुर, भदौ ८ गते । उच्च अदालत जनकपुरले कुमारी आमा निहारिकाका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ। बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले कुमारी आमा निहारिकाका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षणका लागि आदेश दिएको हो ।२०७८ फागुन १५ गते दर्ता गरिएको जबरजस्ती करणी मुद्दामा उच्च अदालत जनकपुरले सो आदेश दिएको हो । निहारिकाले न्यायकाे माग गर्दै लामाे समयदेखि विभन्न खालका आन्दोलन गर्दै आउनुभएको छ ।
नगरपालिकाको पशुबधशाला प्रयोग विहिन
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको पशुवधशाला प्रयोग विहिन भएको छ । निर्माण भएको वर्षौ बितिसक्दा समेत सो वधशालाको सदुपयोग हुन नसकेको स्थानीयको गुनासो छ । वधशालाको प्रयोग नहुँदा स्वस्थ मासु र माछा पाउन समस्या भएको स्थानीयको भनाइ छ ।
सप्तरीमा मिटरब्याजीविरुद्ध ११४ उजुरी
सप्तरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध ११४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै ११४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।