दुई वर्ष पनि टिकेन सडक
निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै माईस्थान–गौशाला–सम्सी सडक भत्किएको छ। यस सडक खण्डको निर्माणमा ठेकेदार कम्पनीले गुणस्तरहीन सडक निर्माण गरेकोले दुई वर्ष नबित्दै भत्किएको स्थानीयको आरोप छ। सो सडक खण्डको निर्माण ठेक्का पाएको ठेकेदार कम्पनीले तोकिएको मापदण्डअनुसार काम नगरी गुणस्तरहीन काम गरेको कारण निर्माण कार्य पूरा भएको केही दिनमै त्यहीँ बेला सडक खण्डको ठाउँ–ठाउँमा कालोपत्रेमा चिरा परेको थियो। “अहिले त यो सडक खण्डमा ठूलठूला खाल्टा भएर हिँड्न नसक्ने अवस्था भएको छ”, औरही नगरपालिका–५ का स्थानीय देवु रायले भन्नुभयो।
म्याद गुर्जिएका औषधी रहेको गोदाममा सिलबन्दी
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको आदर्शनगरमा रहेको जि फर्मा लिंक प्रा.लि.को औषधी गोदाममा म्याद गुर्जिएका औषधी रहेको पाइएपछि सिलबन्दी गरेको छ ।
कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउने तयारी
जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ ।
विद्युत् प्रसारण लाइन निर्माणमा रोक
धनुषास्थित मिथिला नगरपालिकाका जग्गाधनीले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । जग्गाधनीहरूले थाहै नदिई विद्युत् प्रसारण लाइन निर्माण गर्न थालेको भन्दै निर्माण कार्य रोकेका हुन् । जग्गाधनीसँग कुनै सहमति नै नगरी डोजर ल्याएर जग खन्न थालेपछि निर्माण कार्यमा रोक लगाएको मिथिला नगरपालिका–६, ढल्केबरका नितान्त कार्कीले बताउनुभयो । “हाम्रो जग्गा अधिग्रहण गरिए नगरिएको केही थाहा छैन, मुआब्जा कति पाउने नपाउने त्यो पनि थाहा छैन । एक्कासि डोजर ल्याएर खाल्डो खन्न थालियो,” उहाँले भन्नुभयो ।
ऐलानी जग्गामा विद्यालय र स्थानीयवासीको दाबी
सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१६, परवानीपुर चोकमा रहेको ऐलानी जग्गामा विद्यालय र स्थानीयले दाबी गर्दा विवाद बढेको छ। जग्गामा वर्षौंदेखि स्वामित्वको विषयलाई लिएर टकराव भइरहेको अवस्थामा अहिले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फारम भर्ने बेला डिम जनता माध्यमिक विद्यालय वा स्थानीयवासीमध्ये कसले आफ्नो दाबी गर्दै फारम भर्ने भनेर विवाद उत्पन्न भएको हो। स्थानीयले आफूहरूले वर्षौंअघिदेखि त्यहाँ बस्दै आएकाले सो जग्गाको लालपूर्जाका लागि आफूहरूले फाराम भर्न पाउनुपर्ने माग गरेका छन्।
अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ ।
सर्लाहीबाट थापाको नाम सिफारिस, केन्द्रबाट टिकट पाउनेमा सिंह ढुक्क
र्लाहीको क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस भएको छ । सोमबार बिहान बसेको नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको बैठकले मङ्सिर ४ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा थापाको एकल नाम सिफारिस भएको हो । वि.सं. २०७० र ०७४ सालमा लगातार दुई पटक यो क्षेत्रबाट कांग्रेसका डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको थियो ।
दुई लाख ७१ हजार नगदसहित १२ जुवाडे पक्राउ
सर्लाहीको हरिवन नगरपालिका–२, चिसापानीबाट जुवा खेलिरहेका १२ जना जुवाडे पक्राउ परेका छन् । उत्तरी चुरेभेगमा पर्ने चिसापानीस्थित एक छाप्रोमा जुवा खेलिरहेका सर्लाही, महोत्तरी, धनुषा र पर्साका १२ जना जुवाडे पक्राउ परेका हुन् ।
सप्तरीका एक वृद्धमा डेङ्गु पुष्टि
सप्तरीको खडक नगरपालिका–८ मा डेङ्गुको बिरामी भेटिएका छन् । शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गर्दा ६० वर्षीय एक पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
मधेस प्रदेश अध्यक्ष यादव रौतहट क्षेत्र नं.१ बाट सिफारिस
मधेस प्रदेशका सुचना तथा संचार विभागका प्रमुख नितेशकुमार गुप्ताले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सभापति यादवको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
खयरमाराको जोखिममा खयरमारा, चौध हजार गाउँले त्रासमा
जिल्लाको सुदूरउत्तरवर्ती खयरमारा गाउँ खोलाको जोखिममा छ। गाउँपूर्वको खयरमारा खोलाबाट कटान, डुबान र भूक्षयजस्ता प्रकोपको चपेटामा परेकाले यहाँको बस्ती अस्तित्वको सङ्कटमा छ। खयरमारा गाउँको शोक बनेको खयरमाराको नदी प्रणाली विगत वर्षदेखि पश्चिम सोझिएको छ। खोलाले गाउँलाई च्याप्दै लगेको छ। जोखिममा परेको खयरमारा यसअघि आफैँमा गाउँपालिका थियो। पुनर्संरचनापछि यो बर्दिवास नगरपालिकाको १० र ११ नम्बर वडा बन्यो। दुवै वडा गरी १४ हजारभन्दा बढीको बसोबास छ। गाउँमा सामुदायिक र संस्थागत गरी एक दर्जनभन्दा बढी विद्यालय छन्। मधेश प्रदेशमै उत्कृष्ट मानिएको निर्मल लामा बहुप्राविधिक शिक्षालय र व्यापारिक केन्द्र खयरमारा बजार पनि यही खोला तटमा छ।
नागरिकता पाउन वर्षौंदेखि सङ्घर्ष
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जकी मुकेश्री माझी ५५ वर्ष पुग्नुभयो तर अहिलेसम्म उहाँको नागरिकता बनेको छैन। मुसहर समुदायकी माझी नागरिकताका लागि वर्षौंदेखि सङ्घर्षरत हुनुहुन्छ। “नागरिकताका लागि कहाँ–कहाँ पुगेँ तर अझै बनेको छैन, अब त आस पनि मरिसक्यो,” माझीले भन्नुभयो, “श्रीमान्को चार वर्षअघि मृत्यु भइसक्यो अब मेरो नागरिकता कसले बनाइदिन्छ ?” नागरिकता नहुँदा उहाँले चार वर्षअघि श्रीमान् बितेपछि पनि अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउनुभएको छैन। आफू वर्षौंदेखि यहीँ बसोबास गरिरहेको भए पनि श्रीमान्को जन्मसिद्ध नागरिकता भएका कारण नागरिकता नपाएको मुकेश्री गुनासो गर्नुहुन्छ। श्रीमान्–श्रीमती दुवैको नागरिकता नभएकै कारण उहाँका छोराछोरीको पनि नागरिकता बनेको छैन।
‘जातीय संस्था राजनीतिक सामाजिक अभियान’
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक कार्यसहित राजनीतिक क्षेत्रमा पहुँच स्थापित गराउन जातीय सङ्घसंस्था एक अभियान रहेको बताउनुभयो। तेली कल्याण समाज सप्तरीको नयाँ कार्य समितिको पदस्थापन समारोलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। कुनै पनि समुदाय जबसम्म राज्यको मूल नीति राजनीतिक क्षेत्रमा स्थापित हुँदैन तबसम्म उक्त समुदायको विकास र पहिचान नहुने भएकोले तेली समुदायको विकास, पहिचान र समृद्धिको निम्ति राजनीतिमा स्थापित गरेर जानुपर्ने आजको आवश्यकता रहेको अर्थमन्त्री साहले औँल्याउनुभयो। गत भदौ ११ गते सम्पन्न जिल्लाको आठौँ अधिवेशनबाट सर्वसम्मत रूपमा चयन तेली कल्याण समाज जिल्ला कार्यसमिति, साह महिला समिति, साह शिक्षक कर्मचारी समितिका पदाधिकारीलाई अर्थमन्त्री साहद्वारा शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ।
मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस
जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । गत निर्वाचनमा पनि जसपाले उहाँलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो ।
समाजवादीका अधिकांश नेता एमालेमा फर्किए
नेकपा (एकीकृत समाजवादी) सर्लाहीको जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी एमालेमा फर्किनुभएको छ । सदरमुकाम मलङ्गवास्थित एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित एक समारोहमा समाजवादीका नेताहरु एमालेमा समाहित हुनुभएको हो ।
मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा
मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई उहाँले शनिबार आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो ।
देवीदहमा आउन छाडे पर्यटक
लहान–१७, दौलतपुर बलानसेरमा १० बिघा क्षेत्रफलको देवीदहमा चल्ने पाँचवटा डुङ्गा प्रयोगविहीन भएपछि आन्तरिक पर्यटक आउन छाडेका छन्। कहिल्यै पानी नसुक्ने र डुङ्गामा चढेर रमाइलो गर्ने देवीदहका तीनवटा डुङ्गा बिग्रिएको अवस्थामा रहेका र दुईवटा पानीमै गाडिदिएपछि प्रत्येक शनिबार पिकनिक गर्न र रमाइलो गर्न आउने आन्तरिक पर्यटक आउन छाडेका स्थानीयवासीले बताएका हुन्। प्रथम राष्ट्रपति डा. रामवरण यादवको पालामा चुरे राष्ट्रपति कार्यक्रमअन्तर्गत यस दहको सौन्दर्यीकरण गरिएको थियो। लहान बजारदेखि पाँच किलोमिटर उत्तरपूर्वमा रहेको यस दहमा वनभोज ‘स्पट’, शौचालय र एक दर्जन ‘सेड’समेत निर्माण गरिएको छ।
फुटपाथमा बजार लाग्दा आवागमनमा सास्ती
सडक किनारामा राखिएका पसल र अवैधानिक संरचना निर्माणका कारण महोत्तरीको सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिका अव्यवस्थित देखिन थालेको छ। जलेश्वर नगरपालिकाभित्र फुटपाथ र मूल सडक नै ढाक्नेगरी बजार लाग्ने गरे पनि यहाँका जनप्रतिनिधिले कुनै चासो देखाएका छैनन्। नगरपालिका क्षेत्रभित्र एउटा पनि व्यवस्थित पार्किङ स्थल नहुँदा मूल सडक नै पार्किङ स्थलमा परिणत भइरहँदा सोको व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै चासो दिएको देखिँदैन। फुटपाथ व्यवस्थित बनाउन चासो नराख्नेले यहाँका अवैधानिक संरचना व्यवस्थित बनाउने चर्चा गर्नु धेरै टाढाको विषय रहेको जलेश्वर नगरपालिका–१ का घनश्याम भगतले बताउनुभयो। “जिल्ला सदरमुकाम जलेश्वरको अवस्था हेर्दा जलेश्वर बजारमा सडक नै बजारक्षेत्र भएको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो।
आयुर्वेदिक औषधि एलोपेथिक पसलमा
एलोपेथिक औषधि पसलमा नियमविपरीत आयुर्वेदिक औषधि बिक्री भइरहेका कारण आयुर्वेदिक औषधि विक्रेता मारमा परेका छन्। बिनाअनुमति जिल्लाका अधिकांश औषधि पसलमा आयुर्वेदिक औषधि बिक्री वितरण भइरहे पनि नियन्त्रण गर्ने निकाय उदासीन रहेको छ। जिल्लाका विभिन्न ठाउँमा आयुर्वेदिक पसल सञ्चालन गर्दै आइरहेका विक्रेताको बिक्री एकदमै न्यून भएको नेपाल आयुर्वेदिक स्वास्थ्यकर्मी समाज रौतहटले जनाएको छ। जिल्लाका कतिपय ठाउ“बाट आयुर्वेदिक औषधि विक्रेता व्यवसाय छाडेर विस्थापित हुनपुगेको समाजका सरोज झाले बताउनुभयो। उहाँले औषधि व्यवस्था विभागका कर्मचारीका चरम लापरवाहीका कारण आयुर्वेदिक औषधि विक्रेता दिनानुदिन विस्थापित हुँदै गएको गुनासो गर्नुभयो। लामो समयदेखि आयुर्वेदमा अध्ययन गरी औषधि व्यवस्था विभागबाट पसल सञ्चालनको लागि अनुमति लिए पनि अवैध बिक्रीका कारण अन्य पेसामा लागेको गौतम झाले बताउनुभयो।
छ महिनासम्म पनि बन्दैन राहदानी
जिल्ला प्रशासन कार्यालय सप्तरीमा राहदानी बनाउन वा नवीकरण गराउन छ महिना लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। राहदानीको लागि जिल्ला प्रशासन कार्यालयको परिसरभित्र हप्ताको चार दिन लाइनमै भेटिने राजविराज–६ का अभिषेक गुप्ताले भन्नुभयो, “मैले आवश्यक कागजातसहितको फाइल जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा पेस गरेको छ महिनाभन्दा बढी भइसक्यो। हप्तैपिच्छे खोजी गर्दा तपाईंको आएको छैन भन्छन्।”
अठार वडा स्वास्थ्य संस्थाविहीन
सरकारले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने लक्ष्य लिए पनि सर्लाहीका १८ वटा वडा अझै स्वास्थ्य संस्थाविहीन छन्। जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये १४ वटा पालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भएका छन्। छवटा पालिकाका १८ वटा वडामा भने अझैसम्म स्वास्थ्य संस्था पुग्न सकेका छैनन्। जिल्लामा सबैभन्दा धेरै बागमती नगरपालिकाका छवटा वडामा स्वास्थ्य संस्था छैनन्। बागमतीको वडा नं. २, ६, ७, ८, ९ र ११ मा स्वास्थ्य संस्था नरहेको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक पदम रायमाझीले जानकारी दिनुभयो। रायमाझीका अनुसार वडा नं. १ मा ढुङ्ग्रेखोला स्वास्थ्य चौकी, वडा नं. ५ मा राजघाट स्वास्थ्य चौकी, वडा नं. १० मा शङ्करपुर स्वास्थ्य चौकी, वडा नं. १२ मा कर्मैया स्वास्थ्य चौकी तथा वडा नम्बर ३ र ४ मा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र रहेका छन्। स्वास्थ्य संस्था नरहेका वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्ने कुनै निर्णय नभएको स्वास्थ्य सहसंयोजक रायमाझीले बताउनुभयो। यस्तै लालबन्दी नगरपालिकाको वडा नम्बर ७ र ८, ईश्वरपुर नगरपालिकाको वडा नं. ७, ११ र १३, कविलासी नगरपालिकाको वडा नम्बर १ र १०, मलङ्गवा नगरपालिकाको वडा नं. ३ र ८, बरहथवा नगरपालिकाको वडा नं. ८ र रामनगर गाउँपालिकाको वडा नम्बर
सर्लाहीमा कांग्रेस उम्मेदवार सिफारिस
सर्लाहीमा नेपाली कांग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिले मङ्सिर ४ को निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिले २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ जङ्गीलाल राय, नागेन्द्रकुमार राय र जयहरि श्रेष्ठ (राजु) को नाम सिफारिस गरेको क्षेत्रीय सभापति कौशलकिशोर रायले जानकारी दिनुभयो ।
जसपा अध्यक्ष उपेन्द्र यादवको नाम तीन जिल्लाबाट सिफारिस
आगामी सङ्घीय निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम मधेसका तीन जिल्लाबाट सिफारिस भएको छ । यादवले आफ्नो दलको जनाधार रहेको सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि नाम सिफारिस गराउनुभएको हो ।
वीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे
पोखरीया, भदौ १६ गते । पर्साको वीरगन्जमा डेङ्गु र स्क्रब सटाइफका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगन्जको नारायणी अस्पताल तथा निजी क्लिनिकमा दिनहुँ डेङ्गु र स्क्रब सटाइफका बिरामी उपचारका लागि आउन थालेका छन् । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगन्ज बाहिरबाट आएका नागरिकमा बढी जसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । हाल दैनिक रूपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब सटाइफका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्षण देखिने गरेको डा. सिहले बताउनुभयो ।