जस्तापाता मुक्त विद्यालय भवन निर्माणको माग
सामुदायिक विद्यालय भवनका छाना प्रायः जस्तापाताले नै छाईएको हुन्छ । तर, जस्तापाताले छाएको भवनमा पठन-पाठन गर्न जाडो र गर्मी दुवै मौसममा उपयुक्त नदेखिएकोले जस्तापाता मुक्त विद्यालय भवन निर्माणको माग विधार्थी, शिक्षक र अभिभावकहरुले गर्न थालेका छन् ।
भूमिहीन परिवारलाई जग्गा दिइने
राष्ट्रिय भूमि आयोग जिल्ला समिति महोत्तरीले बर्दिबास नगरपालिकामा रहेको ४३ जना भूमिहीनलाई यसै महिनामा जग्गा प्रदान गर्ने जनाएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोलेले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै बर्दिबास–४ को ४३ भूमिहीन सुकुम्बासीलाई यहीँ मसान्तमा जग्गा दिने कार्य अगाडि बढेको बताउनुभयो। “जग्गाधनी प्रमाण पुर्जालगायतका सम्पूर्ण कामको प्रक्रिया अन्तिम चरणमा रहेको छ, कुनै भवितव्य नभए हामी यसै मसान्तमा ती भूमिहीनलाई जग्गा प्रदान गर्ने छौँ,” उहाँले भन्नुभयो। बर्दिबास नगरपालिकाको गौरी डाँडा र बजार क्षेत्रलाई अहिले लक्ष्यमा राखेर काम भइरहेको छ।
ढल्केवरमा भेटिएको शंङ्कास्पद वस्तु प्रहरीले हटायो
धनुषाको ढल्केवरमा भेटिएको शङ्कास्पद वस्तु प्रहरीले हटाएको छ। मङ्लबार दिउँसो १ बजे ढल्केवर–जनकपुर सडक खण्डको मिथिला नगरपालिका–६, ढल्केवरस्थित बसही पुलमा राखिएको शंङ्कास्पद वस्तु प्रहरीले हटाएको हो।
लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न एकजना पक्राउ
प्रहरीले बर्दिवास १ स्थित पूर्वपश्चिम लोकमार्गबाट नियन्त्रित लागूऔषध गाँजासहित ओसारपसारमा सम्लग्न एकजनालाई पक्राउ गरेका छ । प्रहरीले करिव चा किलो तयारी गाँजासहित सर्लाही गोडैता ११ माधोपुरका २६ वर्षीय पिताम्बर साहलाई नियन्त्रणमा लिएको हो ।
अपाङ्गतामैत्री समाजका लागि सबै तहका सरकार जिम्मेवार हुन आवश्यक
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले अपाङ्गता मैत्री समाज निर्माणका लागि तीनवटै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोेड दिनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार सीबीएम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लाइफ नेपालद्वारा जनकपुरधाममा उपमहानगरपालिकासहित धनुषा जिल्लाका तीनवटा पालिकामा सञ्चालन हुन लागेको समावेशी जलवायु उत्थानशील सामुदायिक विकास परियोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिनुभएको छ ।
तालिम लिँदै विदेशबाट फर्किएका युवा
छ महिनाअघि वैदेशिक रोजगारबाट घर फर्किएका धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका नीरज जोशी अहिले आल्मुनियमको झ्याल ढोका बनाउने सीपमूलक तालिम लिइरहनुभएको छ। स्थानीय स्तरमै रोजगारी गर्न सकिने र वैदेशिक रोजगारमा जाँदा राम्रो तलब भत्ता पाउने हुँदा उहाँ वीरेन्द्र बजारमा आल्मुनियमको झ्याल ढोका बनाउने तालिम लिइरहनुभएको हो।
मिटर ब्याजी अनुरुदको ससुरालीबाट ७१ लाख बढीको कपाली तमसुक बरामद
महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ ।
‘पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पर्दा घरबारी बगाउने त्रास’
यसपालि बर्खायाममा पनि राम्ररी पानी परेन । असारमा दुई झमट, साउनमा त्यही तीन/चार पटक । भदौ लागेपछि त झन चैत÷वैशाखको झैं तातो बतास चल्दैछ । पानी पर्ने लक्षण देखिँदैन । राम्ररी पानी नपर्दा महोत्तरीका किसानले अपेक्षित रुपमा मुख्यबाली धान रोप्न पाएका छैनन् ।
प्रदीप गिरीको जन्मथलो शोकमग्न
नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधनले उहाँको जन्मथलो बस्तीपुर र लहान नगरवासी शोकमग्न भएका छन्। स्थानीय जमिनदार परिवारमा जन्मेर पनि समाजवादी आन्दोलनमा होमिनुभएका गिरीको निधनमा स्थानीय किसान, दलित तथा सबै तह र तप्काले शोक मनाएका छन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुन्जेल स्वास्थ्य लाभका लागि पूजापाठ गरिरहेका बस्तीपुरवासी गिरीको निधन भएको सुन्नेबित्तिकै राति नै बस भाडामा लिएर काठमाडौँ लागे। अहिले गाउँ खाली जस्तै छ। गिरीको जन्मघर सुनसान छ, हेरालुसमेत गिरीको पुरानो घरमा छैनन्।
‘भ्रष्टाचार अन्त्य नभएसम्म दिगो विकास सम्भव छैन’
प्रदेश सभा सांसदले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन्।
उत्तेजक नृत्य गर्ने भारतीय नर्तकीसहित १४ पक्राउ
कृष्ण अष्टमीकाबेला उत्तेजक नृत्य प्रस्तुत गरी सांस्कृतिक प्रदुषण फैलाएको आरोपमा प्रहरीले भारतीय आरकेष्ट्रा समुहलाई नियंत्रणमा लिएको छ । प्रहरीले समूहका ९ नर्तकीसहित १२ जनालाई पक्राउ गरेको हो ।
भिजिट भिसामा युएई गएर अलपत्र पर्नुभएका मण्डलको उद्धार
भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएर अलपत्र पर्नुभएका सप्तरीको तोपा–कजौलीका ललितकुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी नेपाल फिर्ता पठाएको छ ।
सप्तरीमा सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा गाँजा बरामद
सप्तरीको नाकाहरुमा पछिल्लोपटक सशस्त्र प्रहरीले सक्रियता बढाएपछि तस्करी र अवैध सामानहरु बरामद हुन थालेको छ ।
‘नेता गिरी सिरहाका सबै राजनीति दलको साझा अभिभावक हुनुहुन्थ्यो’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सिरहा निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएको प्रदिप गिरीको उपचारको क्रममा निधन भएको खवरले सिरहाका हरेक दलका नेताहरुले एक साझा अभिभावक गुमाएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
राजमार्गका पुल जीर्ण
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बाराका अधिकांश पुल जीर्ण हुँदा सवारीसाधन आलोपालो गुडाउनुपर्ने बाध्यता रहेको छ। झन्डै पाँच दशक पहिला निर्माण भएका ती राजमार्गअन्तर्गतका पुलको मर्मत कार्य नहुँदा एकतर्फी मात्र सवारीसाधन सञ्चालन हुने गरेका छन्। यो सडकमा २४औँ घण्टा आवतजावत गर्ने सवारीसाधनहरू घण्टौँसम्म रोकिँदा गन्तव्यतर्फ जान ढिलो हुने गरेको छ। अधिकांश पुलको पाया भासिसकेका छन्, पुलमा प्रयोग भएको डन्डीहरू खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् । तोकिएको समयमै सम्बन्धित ठाउँमा पुग्ने हतारसँगै दुवैतर्फ चारकोसे जङ्गल भएकाले सुरक्षाको चुनौतीलाई पनि सामना गर्नुको साथै बाटोमा घण्टौँसम्म कुर्दा गाडी साहु र यात्रुको गाली खानुपर्ने आफूहरूको बाध्यता बनेको चालक बृजकिशोर सिंहले बताउनुभयो ।
बाह्र वर्षपछि पुनर्निर्माण हुँदै बागमती पुल
नदीको धार परिवर्तन भएपछि निर्माण कार्य रोकिएर अधुरो रहेको दुर्गाभगवती गाउँपालिका–५ स्थित रौतहट र सर्लाही जोड्ने बागमती पुलको पुनर्निर्माण सुरु भएको छ। छिमेकी जिल्ला जोड्ने महत्त्वाकाङ्क्षी परियोजनाअन्तर्गत लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ मा ठेक्का सम्झौता गर्दै २०७० जेठ ३० मा काम सम्पन्न गर्न पुल निर्माण सुरुलगत्तै नदीले धार परिवर्तन गरेपछि बन्द भएको निर्माण कार्य १२ वर्षपछि पुनः सुरु भएको हो।
अङ्कुरी महादेव मन्दिरमा साठी किलोको बसाहा
श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा शनिबार थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।
गरिबीका कारण परिवारको बिजोग
धनुषाको शहीद नगरपालिका–५, पचहरवास्थित मुसहर टोलको एक मुसहर परिवार गरिबीका कारण बिचल्लीमा परेका छन्। मुसहर टोलका ३५ वर्षीय सत्रुधन सदाको परिवारका सदस्य खान, बस्न र लगाउने समस्याले बिचल्लीमा परेका हुन्। सदाको आर्थिक अवस्था दयनीय छ। बस्ने घरसमेत बनाउन नसक्दा विगत सात वर्षदेखि प्लाष्टिकले घेराबेरा गरिएको छाप्रोमा सपरिवार बस्दै आएका छन्। प्लाष्टिकको छाप्रोमा वर्षा र शीतलहरको बेला निकै समस्या खेप्नुपर्छ। वर्षाको पानी जताततै चुहिन्छ। वर्षाको बेला बसेर समय बिताउनुपर्छ। त्यस्तै शीतलहरको समयमा बस्नै नसक्ने गरी चिसो लाग्ने सदाले बताउनुभयो। ‘दुई छाक पेट भर्ने पैसा छैन। कसरी बनाउनु घर’ उहाँले दुखेसो सुनाउनुभयो। खुट्टाले अपाङ्तासमेत रहेका सदाको श्रीमती र चार छोराछोरीसहित छ जनाको परिवार छ। श्रीमती रेणुदेवी सदा पनि सुस्त मनस्थितिकी हुनुहुन्छ।
नगरको एम्बुलेन्स भाडा चर्को, काठमाडौँसम्मको बाइस हजार
सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकाले एम्बुलेन्समा चर्को भाडादर कायम गरेको छ। नगरपालिकाले आफूसँग रहेका एम्बुलेन्स न्यून आयस्रोत भएका नागरिकले प्रयोग गर्नै नसक्ने गरी भाडादर तय गरेको हो। अतिआवश्यकपर्ने एम्बुलेन्समा यसरी अत्यन्तै महँगो भाडा कायम गरिएपछि चौतर्फी आलोचना भइरहेको छ।
प्रयोगबिहीन बने स्वास्थ्य उपकरण
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा खरिद गरिएको अल्ट्रासाउण्डसहितको उपकरणहरु प्रयोगविहीन बनेका छन् । खडक नगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज रुपमा सेवा दिन गत आर्थिक वर्षको बजेटले खरिद गरेको अल्ट्रासाउण्ड मेसिन, एक्सरे, इसीजी मेसिन जनशक्ति अभावको कारण सञ्चालनमा आएको छैन ।
तराईमा खडेरी : महँगो डिजेल खर्चेर धानमा सिँचाई
सर्लाहीसहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाईको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै रोपिएको धान खेतमा धाँजा फाटेको छ ।
ऋणको बोझले बँधुवा मजदुर बन्न बाध्य
चर्को घाममा कोदालोले खेत सम्याउँदै गरेको बेला भेटिए ५५ वर्षीय फिरन पासवान। धनुषाको शहीद नगरपालिका–४, ननुपट्टी घर भएका फिरन आफू कृषि बँधुवा मजदुर भएको र सम्याउँदै गरेको खेत साहुको भएको बताउनुभयो। विगत ३५ वर्षदेखि बँधुवा मजदुरका रूपमा काम गर्दै आएको बताउँदै उहाँले बाबुबाजे पनि बँधुवा मजदुर भएर काम गरेको सुनाउनुभयो। बुवा रूपलाल पासवान र हजुरबुवा स्वरूप पासवान बँधुवा मजदुरी गर्दागर्दै जीवन बिताउनुभयो।
पुल बन्ने भएपछि दुई देशका नागरिक खुसी
सप्तरीको मुख्य भारतीय नाका राजविराज भन्सार र सीमापारिको बजार कुनौली जोड्ने दसगजा क्षेत्रमा पक्की पुल बन्ने भएपछि दुई देशका नागरिक खुसी भएका छन्। सीमा क्षेत्रमा हजारौँ नागरिकको विगतका कष्टपूर्ण दिनचर्या सम्झेरै दुःख लाग्ने गरेको तिलाठी कोइलाडी–१ का युवा पङ्कजले बताउनुहुन्छ। सीमा क्षेत्रमा बसोबास गर्दै आएका दुई देशका नागरिकको आवश्यकतालाई बुझेर दुवै सरकारको पहलमा पक्की पुल निर्माणको खबरले नागरिकमा खुसीयाली छाएको उहाँले बताउनुभयो।