जनकपुरमा छठको तयारी पूरा
जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिक रुपमा आज (शुक्रबार) देखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेशको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ ।
महँगिँदै छठमा प्रयोग हुने सामग्री
हिन्दु धर्ममा आस्थाको पर्व मानिने छठ पर्व विधिवत् रूपमा सुरु भएसँगै बजार भाउ आकासिएको उपभोक्ताहरूको भनाइ छ । पोहोर परारको छठ पर्वको बेला सय र दुई सय रुपियाँमा पाइने नाङ्लो र ढक्की अहिले चार सयदेखि हजार रुपियाँसम्म पर्ने स्थानीयले बताउनुभयो ।
झाडीले ढाकिएको ‘शहीद स्मृति पार्क’ (फोटो फिचर)
करोडौं रुपियाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ ।
चार दिवसीय छठको मुख्य विधि शुरु
श्रद्धा, भक्ति र सहिष्णुताको सङ्गम मानिने चार दिवसीय छठ पर्व शुक्रबारदेखि विधिवत् रुपमा शुरु भएको छ । सम्पूर्ण मनोरथ पूरा हुने तथा आरोग्य प्राप्त हुने कामना गर्दै छठ व्रतका व्रतालुहरुले शुक्रबार नहाखायबाट महानपर्व छठको शुरुवात गरेका हुन् ।
छठपर्व विधिवत् रुपमा सुरु, आज ‘नहाय–खाय’
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।
महोत्तरीमा निषेधाज्ञा कायमै
महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कर्फ्यु) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबिच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ ।
प्रमाण च्यातेर प्रहरीले दुःख दिएको आरोप
चेकजाँचको नाउँमा प्रहरीले सवारीसाधनलाई रोकेर रकम उठाउन कार्यमा लागेको पीडितले आरोप लगाएका छन् ।
छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो
छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।
मिथिलामा भैयादुज पर्व मनाइँदै
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमसम्बन्ध दर्शाउने भातृद्वितीय अर्थात् भाइदुज पर्व आज मनाइँदैछ । प्रत्येक वर्ष तिहारको अन्तिम दिन अर्थात् यमपञ्चकको पाँचौ दिन कात्तिक शुक्ल द्वितीयातिथिमा दाजुभाइको दीर्घायुको कामनासहित भातृद्वितीय अर्थात् भरद्वितीया पर्व मनाइन्छ ।
सप्तरी २ प्रदेशसभामा त्रिपक्षीय प्रतिस्पर्धा
सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, निवर्तमान गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मंडलबीच त्रिपक्ष्ीाय प्रतिस्पर्धा हुनेभएको छ ।
धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा
धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिनुभएको छ । सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा (एमाले)बाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
सप्तरी क्षेत्र नं. ३ मा चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. ३ मा एमाले–जसपाका साझा उम्मेदवार ताराकान्त चौधरी र पाँच दलीय गठबन्धनका उम्मेदवार दिनेशकुमारयादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । चौधरी एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको छ भने यादव नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
हाम्रो समृद्धिको बाधक सीमापारिको बजार
सीमापारिको भारतीय बजारमा स्थानीय नागरिक किनमेलमा जाने भएपछि आन्तरिक बजार सुकेको छ । खुला सीमाका कारण विना भन्सार सामान आयात हुने भएपछि लाखौँ रुपियाँ बरावरको राजस्व दैनिक खेर गइरहेको स्थानीय व्यापारीको बुझाइ छ ।
डेंगुको उच्च जोखिममा बर्दिबास
मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेंगुको जोखिम बढेको छ । महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना सङ्क्रमित पुष्टि भएका छन् ।
बारामा छ ठाउँमा आगलागी, लाखौंंको क्षति
दीपावलीमा बालिएको दियाेले बारा जिल्लाको विभिन्न छ ठाउँमा आगलागी भएको छ । आगलागी हु्ँदा लाखौंं रुपियाँ बरावरको क्षति हुनुको साथै १५ वटा घरपालुवा पशुपंंक्षीसहित जानवर जलेका छन् ।
लक्ष्मीपूजामा केराको बोटको बिक्री बढ्यो
मिथिला क्षेत्रमा लक्ष्मीपूजाको दिन स्वागतद्वार निर्माणका लागि केराको बोट (थाम) को बिक्री बढेको छ । मैथिली परम्पराअनुसार स्वागतद्वार निर्माणका लागि लक्ष्मीपूजामा केराको बोट प्रयोग गरिन्छ ।
निर्माण लगत्तै भत्किएको कमला पुल
धनुषा र सिरहालाई जोड्ने निर्वाचन क्षेत्र नं .१ मा पर्ने निर्माणपश्चात् भत्किएको कमला पुल ।
चाडबाडमा सवारी दुर्घटनामा वृद्धि
चाडपर्वको समयमा महोत्तरीमा सवारी दुर्घटनामा वृद्धि भएको छ । दसैँमा जिल्लाका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा १० जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ ।
यात्रु ओसार्न दोहोरो ‘ट्रिप’
सर्लाहीका यातायात व्यवसायीले सङ्घीय राजधानी काठमाडौँबाट यात्रु ओसार्न फेरि दिनहुँ दोहोरो ‘ट्रिप’ गर्न थालेका छन् । साना सवारीलाई अहिले तिहार मनाउन काठ
मधेश प्रदेश प्रमुख मिश्रको कार्यभार बागमती प्रदेश प्रमुख शर्मालाई
राष्ट्रिपति विद्यादेवी भण्डारीले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको कार्यभार बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मालाई तोक्नुभएको छ ।
जसले घर बनाइदिन्छ उसैलाई मत
अव्यवस्थित रूपमा बसोबास गर्दै आइरहेका मुसहर समुदायले आफ्नो मागबमोजिम व्यस्थित बस्ती बनाइदिने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मत दिने बताएका छन्। जमिन र घर निर्माण गरी दिने दलका उम्मेदवारलाई मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको लागि मत दिइने मुसहर समुदायका अगुवाले बताएका छन्। पुस्तौँदेखि लहान–१ र २ का मुसहर समुदाय नदीको किनार र सडकको पेटीको ऐलानी जग्गा बसोबास गर्दै आएका छन्।
पुरानो हाटबजार अतिक्रमणको चपेटामा
रौतहटको पुरानो तथा ठूला बजारमध्येको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर हाटबजार अतिक्रमणको चपेटामा परेर साँघुरिदै गएको छ। अतिक्रमणको कारण झन्डै डेढ बिघा (२९ कट्ठा) क्षेत्रफल रहेको सरकारी जमिनमा लाग्दै आएको हाटबजार साँघुरिएर अहिले १४ कट्ठा क्षेत्रफलमा सीमित हुनपुगेको छ।
गठबन्धनको जितले नागरिकताको समस्या समाधान हुन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई जिताए नागरिकता सम्बन्धी समस्या समाधान हुने बताउनुभएको छ।
सप्तरी ४ मा चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी र एमाले–जसपाका उम्मेदवार बालकिशोर यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।