संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्यो
संसदीय सुनुवाइ समितिको बैठक सोमबार अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११ः३० बजे तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले स्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।
सुनको मूल्य तोलामा चार सयले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।
बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला
सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सुरु
सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक आज सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषय टुङ्गो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी हुनुहुन्छ ।
मिस माल्टा नेपाल भ्रमणमा
मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा आउनु भएको छ । उहाँका साथमा केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि हुनुहुन्छ ।
बढ्यो झारनाशक विषादीको प्रयोग
सिन्धुली जिल्लाका किसानहरू झारनाशक विषादीप्रति आकर्षित भएका छन् ।
संविधान संशोधनको अवसर
यो संविधान छुनै हुन्न, चलाउनै हुन्न भन्ने होइन; नागरिकको चाहना अनुसार चलाउनै पर्छ राजनीतिक स्थिरताका लागि पनि । आवश्यक पर्दा संविधान संशोधन गर्न सकिन्छ, यो कुनै चलाउनै नहुने विषय होइन । मुलुकको हित हुन्छ भने संशोधन सामान्य प्रव्रिmया हो । संविधानलाई गीता र महाभारत जस्तो जड सूत्र बनाउनु हुन्न ।
चामल र दलहनको मूल्यवृद्धि
पछिल्ला एक महिनाको बिचमा चामल र दलहनको भाउ महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपियाँसम्म महँगो भएको हो ।
मुख्यमन्त्री लामाले मङ्गलबार विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले साउन १५ गते मङ्गलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्
समृद्धिको कार्ययोजना प्रस्तुत
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई गुणस्तरीय, छिटोछरितो सेवा दिने र समुन्नतिको मार्गमा राष्ट्रलाई अघि बढाउने सन्दर्भ सबै मन्त्रालयका सचिवसँग विस्तृत कार्ययोजनाबारे जानकारी लिनुभएको छ ।
बस फेला पर्ने सम्भावना क्षीण
त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको छ । नेपाली र भारतीय गोताखोर तथा प्राविधिकको प्रयास दुर्घटना भएको १७ औँ दिनसम्म पनि असफल भएपछि सम्भावना क्षीण देखिएको हो ।
मुख्यमन्त्री लामाको राजनीतिक सल्लाहकारमा शाह नियुक्त
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त हुनुभएको छ।
विज्ञ भन्नुहुन्छ, ‘बाघ समृद्धिको आधार बन्न सक्छ’
नेपालमा बाघको सङ्ख्या बढेसँगै बाघसँगको द्वन्द्व न्यूनीकरण गर्न विज्ञहरुले चासो व्यक्त गर्नुभएको छ । बाघको आक्रमणले मान्छे मर्न थालेपछि मानव र वन्यजन्तुबिचको द्वन्द्व कम गर्न बाघको बासस्थान सुधार, स्थानीय समुदायको बानी, व्यवहारमा परिवर्तन आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।
गोरखापत्र र त्रिविबिच प्राज्ञिक सहकार्य गरिने
गौरवमय इतिहास बोकेका दुई प्राज्ञिक संस्था गोरखापत्र संस्थान र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागविच प्राज्ञिक विषयमा सहकार्य गरिने भएको छ ।
अपाङ्गता व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रभावकारी बन्दै
अपाङ्गता भएका व्यक्तिका प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सचेतनात्मक कार्यक्रमले यस क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ ।
सङ्घीय सरकारको करिब ९३ प्रतिशत बजेट खर्च
सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि काभ्रेपलान्चोक जिल्लामा विनियोजन गरेको कुल कुल बजेटमध्ये करिब ९३ प्रतिशत बजेट खर्च भएको छ।
संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ : सांसद शाही
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ ।
प्रभावकारी बन्दै 'विद्यालय नर्स सेवा'
नुवाकोटको बिदुर नगरपालिका १ स्थित सामुदायिक विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा सञ्चालित विद्यालय नर्स सेवा प्रभावकारी बनेको छ।
तीन ग्यालरीमा कला प्रदर्शनी जारी
काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषदमा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् ।
देशलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताउनुभएको छ ।
मौद्रिक नीतिको प्रभाव पुँजी बजारमा, नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो
चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
१६ अर्ब ९३ करोडको विद्युत निर्यात, नेपाल बन्यो खुद विद्युत निर्यात कर्ता
आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।
क्यानभासमा तीन देशका ‘नारी शक्ति’
नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगतकै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन ।