• १३ पुस २०८१, शनिबार

सुख्खा पहिरो खसेर पुनः बिपी राजमार्ग अवरुद्ध

blog

सुख्खा पहिरोका कारण बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका-११ पिप्लेमा पुरिएको सुमो ।

केदार तिमल्सिना 

बनेपा, असोज २५ गते । काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका-११ पिप्लेमा सुख्खा पहिरो खस्दा दुई वटा सवारी साधन पुरिएको छ । पहिरो खेर बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । पिप्लेमा शुक्रबार बिहान अन्दाजी ३ बजे सडकमाथिबाट आएको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले सडकमाथिबाट आएको पहिरोबाट सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई अन्दाजी २० मिटर तल रोशी खोलामा बगाएको बताउनुभयो । 

यस्तै पहिरोबाट खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो समेत पुरिएको प्रहरी नायव उपरीक्षक घलेले बताउनुभयो । पहिरोले पुरिएको सुमोको पछाडीको भाग मात्र देखिएको अबस्थामा फेला परेको छ । पहिरोबाट कुनै मानवीय क्षति नभएको उहाँले बताउनुभयो । उहाँले पहिरोका कारण राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुदै मङगलटार जाने कच्चि सडक खण्ड र रोशी गाउँपाकिका-११ पिप्लेस्थित बिपी राजमार्गमा  सुख्खा पहिरो झरीरहेकोले दुईतर्फि सडक नै अवरुद्ध भएको बताउनुभयो । अवरुद्ध सडक सन्चालनका लागि सडक विभागसँग समन्वय भइरहेको बताउनुभयो । सुख्खा पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउनका लागि गएको जेसीबि समेत पल्टिएको स्थानीवासीले बताएका छन् ।