• १३ पुस २०८१, शनिबार

सशस्त्र प्रहरीको दुई दिन काठमाडौँमा निःशुल्क बस सेवा

blog

सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले काठमाडौंमा सञ्चालन गरेको बस ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २५ गते । बडादसैँको २०८१ को अवसरमा यात्रुहरुको सहजताका लागि सशस्त्र प्रहरी बलले आज र भोलि (असोज २५ र २६ गते) काठमाडौँको रिङरोडमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । 

आज बिहान ६ बजेबाट शुरु भएको निःशुल्क बस सेवा अन्तर्गत एउटा बस  प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ । अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको छ । चाडपर्बको समयमा सार्बजनिक गाडी कम गुड्ने भएकाले सर्बसाधारणको सुबिधाको लागि बस सञ्चालन गरिएको डिएसपी शैलेन्द्र थापाले बताउनुभयो । बडादसैँको अबसरमा यसअघिका बर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । 

यसैगरी बिगत वर्षहरुजस्तै यस बर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देशभरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ । बिगत करिब १४ बर्षदेखि पिङ राख्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको थापाले बताउनुभयो ।