राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ ।
दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या १६७ पुग्यो
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो ।
बागमती र मधेश प्रदेश जोड्ने सडक सञ्जाल विस्तार गर्ने तयारी
बागमती प्रदेश सरकार र मधेश प्रदेश सरकारले दुई प्रदेश जोड्ने सडक सञ्जाल विस्तार गर्ने तयारी गरेका छन् ।
रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न भित्र्याइयो ‘क्लिया’ प्रविधि
नेपला रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ । रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो ।
मोहन वैद्यको आइसियुमा उपचार हुँदै
त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई आइसीयुमा सारिएको छ ।
घट्यो सुनचाँदीको मूल्य
नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा पाँच सय रुपियाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार भइरहेको जनाएको छ ।
उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट
उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।
प्रदर्शनीमा राखिएका गेडागुडी
मध्यपुर थिमि, पुस १४ गते । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित मध्यपुर महोत्सवका अवसरमा बालकुमारी मन्दिर परिसरमा बिक्रीका लागि व्यापारीले राखेको भटमास, मास, तिल, सिमीलगायत गेडागुडी । तस्बिरः रासस
प्रदर्शनीमा तस्बिर अवलोकन गर्दै पर्यटक
मध्यपुर थिमि, पुस १४ गते । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित तीनदिने मध्यपुर महोत्सवका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्न श्रेष्ठले प्रदर्शनीमा राखेको तस्बिर अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिरः रासस
रोसी संरक्षण गर्न छलफल
असोज दोस्रो साताको बाढीपहिरोबाट जिल्लाका विभिन्न स्थानीय तहमा ठुलो क्षति पुगेपछि पनौती नगरपालिकाले रोसीखोला जलाधार संरक्षण तथा
नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने
‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा तीन भिन्न कार्यक्रम आयोजना गरिने आयोजक ‘फ्लाइ नेपा’का अध्यक्ष विनोद अधिकारीले जानकारी दिनुभयो ।
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गर्नुभएको हो ।
कालिमाटीमा तरकारी र फलफूलको मूल्य निर्धारण
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि
साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ ।
पुरस्कार प्रदान
तामाङ जनप्रतिनिधिका बारेमा लेखिएको पुस्तक लोकार्पण गरिएको छ ।
सौराहामा हात्तीलाई वनभोज
चितवनको पर्यटकीय नगरी सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई भोज खुवाइएको छ ।
होटेलले पाउन छाडे पाहुना
बाह्य पर्यटकको कम आवागमन र होटेलको उपलब्धता धेरै भएपछि ठुला होटेलहरूले विदेशी पाहुना पाउन छाडेका छन् ।
धानचामलको अवैध आयात रोकियो
खुला सीमानाका हुँदै धान र चामल तस्करी पूर्ण रूपमा नियन्त्रण भएको छ ।
जीवनबिमा कम्पनीको व्यापार बढ्यो
अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार आउँदै गर्दा मुलुकमा सञ्चालनमा रहेका जीवनबिमा कम्पनीहरूको व्यापारले पनि लय समाउन थालेको छ ।
उच्च र जिल्ला न्यायाधीशको सरुवा
न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा र काज पदस्थापन गरेको छ ।
द्रुतमार्गमा देखिएका समस्या लम्बिन नदिइने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताउनुभएको छ ।
स्थानीय तहका विकृति नियन्त्रण गर्न कानुन बनाइँदै
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा देखिएका विविध समस्या समाधान गर्न र स्थानीय तहको कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन दुई वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाउने तयारी गरेको छ ।
क्यान्सर अस्पतालका कर्मचारी स्वतः स्थायी
भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत १७० कर्मचारी स्वतः स्थायी भएका छन् ।