• १६ पुस २०८१, मङ्गलबार

रोसी संरक्षण गर्न छलफल

blog

पनौती नगरपालिकाले शनिबार आयोजना गरेको रोसी जलाधार संरक्षण तथा विपत् व्यवस्थापनका उपाय विषयक अन्तव्र्रिmया कार्यव्रmमका सहभागी । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा, पुस १४ गते । असोज दोस्रो साताको बाढीपहिरोबाट जिल्लाका विभिन्न स्थानीय तहमा ठुलो क्षति पुगेपछि पनौती नगरपालिकाले रोसीखोला जलाधार संरक्षण तथा विपत् व्यवस्थापनका उपायको विषयमा छलफल सुरु गरेको छ । 

नगरपालिकाले शनिबार रोसीखोला जलाधार संरक्षण तथा विपत् व्यवस्थापनका उपायबारे गरेको अन्तव्र्रिmया कार्यव्रmममा बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपालले ‘पोस्ट डिजास्टर निड एसिस्मेन्ट’ को प्रारूप तयार पारेको बताउनुभयो । 

उहाँले असोज दोस्रो साताको बाढीपहिरोबाट ठुला राजमार्गबाहेक प्रदेशभर करिब १० अर्ब रुपियाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिनुभयो । उहाँले रोसी जलाधार संरक्षणका लागि काभ्रेपलाञ्चोक जिल्लाका बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध नगरपालिका, बेथानचोक, रोसी र तेमाल गाउँपालिका गरी सात वटा स्थानीय तह र सिन्धुलीको सुनकोशी गाउँपालिकाका प्रमुखको एक समिति र जिल्ला समन्वय र प्रदेशको अर्को समिति गठन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारसँग प्रदेशको तथ्याङ्क ऐनसमेत नभएको, योजना आयोगले खासै काम नगरेको, प्रदेशको मानव विकास सूचकाङ्कसमेत नभएको अवस्था रहेको भन्दै बाढीपहिरोपछिको पुनस्र्थापना र पुनर्निर्माणमा तिनै तहका सरकारको समन्वय आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

नगरप्रमुख रामशरण भण्डारीले रोसीको उद्गमस्थल पनौतीदेखि तल्लो तटीय क्षेत्र सिन्धुलीको सुनकोशी गाउँपालिकासम्म क्षति पुगेको बताउनुभयो । रोसीखोलामा आएको बाढीपहिरोका कारण पनौती, बनेपा र धुलिखेल नगरपालिकाका खानेपानी आयोजना, काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना, पनौती जलविद्युत्लगायतका थुप्रै योजनामा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँले बाढीपहिरोपछि रोसीखोलाको उचित व्यवस्थापनमा ध्यान दिन नसकेको खण्डमा भावी पुस्ताले पनि थप क्षति बेहोर्नुपर्ने, रोसीले छोएका क्षेत्रमा पर्यावरणीय स्वच्छता कायम गर्न र यसको दिगो विकास तथा व्यवस्थापनको आवश्यकता रहेकामा जोड दिनुभयो । 

जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमले रोसी जलाधार क्षेत्र जोगाउने विषयमा हालसम्म कुनै निकायको ध्यान नगएको बताउनुभयो । बाढीपहिरोको विपत्तिपछि ‘पानी कि खानी’ भन्ने विषयमा व्यापक बहस सुरु भएको भन्दै पानी र खानी दुवै आवश्यक रहेकाले पहिला पानीलाई प्राथमिकतामा राखेर त्यसलाई व्यवस्थित गरी खानीको व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो । 

कार्यव्रmममा रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोसी नदीका कारण क्षति पुगेका स्थानीय तहले रोसी जलाधारको संरक्षणका लागि एकजुट भएर साझा एजेन्डा तयार गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यव्रmममा पूर्वसहसचिव पुरुषोत्तम नेपालले रोसी जलाधार क्षेत्रका स्थानीय तहबिच विपत् व्यवस्थापनमा समन्वयात्मक प्रयाससम्बन्धी कार्यपत्र, भूकम्प प्रविधि राष्ट्रिय समाजका डा. रमेश गुरागार्इं, डा. गोपीकृष्ण बस्यालले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका, जोखिम संवेदनशील, भूउपयोग योजना निर्माणको आवश्यकता तथा योजना तर्जुमा विधिको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यव्रmममा इन्जिनियर सुमन थापाले रोसी रिभर बेसिन डेभलपमेन्ट प्लान एन्ड डिजास्टर विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।