अटिजम भएका बालबालिकाको हेरचाह गर्न निर्देशिका तयार पारिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने भएको छ । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढ्दै गएकाले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्न निर्देशिका तयार पार्न लागेको हो ।
नेपाल र चीनका विश्वविद्यालयबिच सहकार्य सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
मनाइयो तमू ल्होसार (फोटो फिचर)
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार ‘तमु ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
पूर्व राष्ट्रपतिको कमब्याकलाई लिएर तरङ्गित राजनीति
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताको विषयलाई लिएर अहिले नेपाली राजनीति तरङ्गित भइरहेको छ । पुस पहिलो साता पोखरा र स्याङ्जाको भ्रमणमा उहाँ निस्कनुहुँदा राजनीतिक बृत्तमा अनेकथरी अडकल काटिएको सुनियो ।
क्यान्सरविरूद्धको थप पाँच लाख खोप ल्याइयो
किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार आइतबार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप ल्याइएको छ ।
बाघले मार्यो सात वटा खसी–बाख्रा
मकवानपुरको मनहरीमा बाघले सातवटा खसी–बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नं. ५ वसन्तपुरस्थित स्थानीय सूर्यबहादुर मोक्तानले पाल्नुभएको खसी बाख्रा सोमबार बिहान ५ बजेको समयमा बाघले मारेको हो ।
यसरी प्राप्त गर्न सकिन्छ भिटामिन ‘डी’
पछिल्लो समय व्यस्त जीवनशैली र भागदौडले गर्दा भिटामिन ‘डी’ को कमी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभित्र बसेर काम गर्ने, घाममा धेरै नबस्ने मानिसमा भिटामिन डि कमी हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार रगतमा ३० देखि ३५ भन्दा बढी युनिट भिटामिन डि आवश्यक पर्छ ।
बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस दोस्रो सातसम्म प्रदेशका १३ जिल्लामा १४ हजार ६२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा पूर्व राष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
जिमी कार्टरको निधनप्रति राष्ट्रपति पौडेलद्वारा शोक व्यक्त
काठमाडौँ, पुस १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व अमेरिकी राष्ट्रपति र नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।राष्ट्रपति पौडेलले सोमबार जारी गर्नुभएको शोक सन्देशमा भन्नुभएको छ, “पूर्व अमेरिकी राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनले मलाई अत्यन्त दुःखी बनाएको छ। शान्ति, मानवअधिकार, र परोपकारका क्षेत्रमा उहाँको योगदानले विश्वलाई प्रेरित गरेको छ। उहाँको परिवार र अमेरिकी जनताप्रति मेरो गहिरो समवेदना व्यक्त गर्दछु।”पूर्व राष्ट्रपति कार्टर १०० वर्षको उमेरमा आइतबार जर्जियास्थित आफ्नो निवासमा निधन भएको हो। मानवअधिकार र शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएका कार्टरको योगदानलाई विश्वभरि सम्मानका साथ स्मरण गरिन्छ।
प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारका अवसरमा शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमाफर्त गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिनुभएको हो ।
आँखा स्वास्थ्यका क्षेत्रमा रणनीति गर्न ‘इन्साइट लाइभ’ नेपालमा आयोजना हुँदै
नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । इन्टनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)द्वारा आयोजना हुने ‘इन्साइट लाइभ, नेपाल’ नामक अन्तर्राष्ट्रिय सम्मेलन विसं २०८२ वैशाख १६ देखि १८ गतेसम्म काठमाडाँैमा हुन लागेको हो ।
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ ।
नौ करोड घुस खाएको आरोपमा नागार्जुनका प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर
यहाँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा तमु ल्होसार शुभकामना व्यक्त
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु ९गुरुङ० समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसाररल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मध्यपुर थिमि महोत्सव सम्पन्न
सामान्यतय सात वर्षको बालक भाँडाकुटी खेलेर रमाइलो गर्छ तर यहाँ एक सात वर्षका बालकले कलिलो उमेरमै माटोको भाँडो बनाएर सबैलाई आश्चर्यमा पार्नुभयो ।
अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।
तमुल्होसार पर्वका अवसरमा सभामुख घिमिरेद्वारा शुभकामना
सभामुख देवराज घिमिरेले तमुल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
आज ‘तमु ल्होछार’ मनाइँदै
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।
लोसारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति
काठमाडौँ, पुस १५ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसाररल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान पर्व तमु ल्होसार-ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान पर्व तोल ल्होसाररल्होछारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो । “तमु ल्होसार पुस १५ गतेको दिन बिहानैदेखि पूजाआजा गर्ने र देवतालाई खुशी पार्न विभिन्न प्रकारको भोग लगाउने जस्ता परम्पराले समुदायगत धार्मिक आस्था र विश्वासलाई थप प्रगाढ बनाउँदै मन, बचन र कर्ममा पवित्रता र आध्यात्मिकता बढाउनमा सघाउने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भन्नुभएको छ । यसैगरी उपराष्ट्रपति यादवले तोल ल्होसारको पनि शुभकामना व्यक्त गर्नुभएको छ । यस वर्ष पुस १६ गते [पुस शुक्ल प्रतिपदाको दिन] हिमाली भेग हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायतका जिल्लामा बसोबास गर्ने लामा, शेर्पालगायतका समुदायले नयाँ वर्षका रुपमा तोल ल्होसार धुमधामका साथ मनाउँदै छन् । “हाम्रा चाडपर्वहरुले समुदायको भाषा, संस्कृति, पहिरन र रैथान रीतिरिवाजलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ”, उहाँले भन्नुभएको छ ।
लोसारले बन्धुत्वको भावना मजबुत: सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुभएको छ ।
ल्होसारले राष्ट्रिय एकता मजबुत बनाउछः अध्यक्ष यादव
जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसाररल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।