• २१ पुस २०८१, आइतबार

ल्होसारले राष्ट्रिय एकता मजबुत बनाउछः अध्यक्ष यादव

blog

काठमाडौँ, पुस १४ गते । जनता समाजवादी पार्टी [जसपा] नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसाररल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरुबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता मजबुत हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले नेपालमा तमु जातिले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व राख्ने बताउनुभयो । साथै उहाँले तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने तमु समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा शुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।