योजना कार्यान्वयनमा कमजोर
टौँडा उपमहानगरपालिका चालु आर्थिक वर्ष २०८१/८२ का लागि नगर सभाबाट बनाइएका योजनाको कार्यान्वयनमा कमजोर देखिएको छ ।उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा
शिक्षा मन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आउनु भएका नेत्र चापागाईलाई भेटेर माग पूरा गर्ने प्रतिवद्दता जनाएपछि आन्दोलनकर्मी नेत्र चापागाईले आन्दोलन स्थगित गर्नुभएको छ ।
प्रतिवेदनमाथि छलफल जारी, मंगलबार अध्यक्ष ओलीको सम्बोधन
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठक लम्बिएको छ । अध्यक्ष ओलीले मंगलबार बैठकमा उठेको जिज्ञासालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
खाद्य व्यवस्था लिमिटेडको साधारणसभा पुस २९ मा
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच वर्षपछि पहिलो वार्षिक साधारणसभा कार्यक्रम गर्नेभएको छ । सो लिमिटेडले सोमबार विज्ञप्ति जारी गर्दै पुस २९ गते साधारणसभा गर्ने जनाएको हो ।
सङ्घीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक सङ्घीय ढाँचामा गए पनि प्रभावकारी वित्त व्यवस्थापन अझै हुन नसकेको बताउनुभएको छ ।
इसिडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छः शिक्षामन्त्री
शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माइतीघर मण्डलामा उभिएर विरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गर्नुभएको छ ।
दुई होइन, नेपाल तीन ढुङ्गाबिचको तरुल
बदलिँदो विश्व परिवेशसँगै नेपालको भू–राजनीतिक संवेदनशीलता बढ्दो छ । महाशक्ति बन्ने होडमा छिमेकी मुलुक चीन र उदीयमान शक्ति अर्का छिमेकी भारत प्रतिस्पर्धामा हुँदा नेपालको परराष्ट्रनीतिका चुनौती पेचिलो बन्दै गएको छ ।
स्वास्थ्य क्षेत्रकाे विकास प्रदेश सरकारको प्राथमिकता
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ सोमबार नेकपा (एमाले) मा फर्कनुभएको छ ।
सहकारीहरूले ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरु ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताउनुभएको छ ।
मधेश भूमि मन्त्रालयका तत्कालीन सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्छी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् ।
यलम्बर संवतका अवसरमा साताव्यापी कार्यक्रम
किराँतीहरुको नयाँ वर्ष यलम्बर संवत् ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले साता व्यापी कार्यक्रमको आयोजना गरिने भएको छ ।
जीर्ण बन्दै नख्खु काेरिडाेर, सास्ती खेप्दै स्थानीय
गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु काेरिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरेपनि सहज रुपमा हिँड्न सक्ने अवस्थामा छैन ।
भित्री वस्त्रमा लुकाएर सुन तस्करी, लुटपाटको आरोपमा तीन पक्राउ
अवैध सुन लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीय लाल बहादुर तामाङ रहेका नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
जनमत पार्टीद्वारा कार्यदल गठन
जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा शरदसिंह यादव रहनुभएको छ ।
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो
अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ ।
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एमाले केन्द्रीय कमिटी बैठक सुरु
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमबार ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नाम्दुडाँडा सडक निर्माण अन्तिम चरणमा
सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाको कार्यालयलाई पक्की सडक सञ्जालले जोडेको छ । गाउँपालिकाको केन्द्र जोड्ने नाम्दु–पाँडुडाँडा तीन किलोमिटर पक्की सडक निर्माण भएसँगै गाउँपालिकालाई मुख्य राजमार्गसँग जोडिएको हो ।
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ ।
प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पाँच क्षेत्र थप
इन्भेस्टमेन्ट कम्पनीकोे सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल धितोपत्र बोर्डले नियमन गर्ने भएको छ । सरकारले नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको हो ।