सङ्घीयता कार्यान्वयनमा जुहारी
सङ्घीयता कार्यान्वयन र सङ्घीय शासन प्रणाली सबलीकरणका बारेमा तीनै तहका सरकारबीच जुहारी चलेको छ । तीन तहका सरकारका प्रतिनिधिले सङ्घीयता कार्यान्वयन गर्न नचाहेको, सङ्घीयताप्रति अनुदार रहेको, अधिकार दिन नचाहेको, इमानदार नभएको, सुशासन र पारदर्शितामा कमजोर रहेको भन्दै एक अर्कालाई आरोप लगाएका छन् । राष्ट्रिय सभा, सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको आयोजना तथा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा हेटौँडामा सोमबार भएको ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तक्र्रियामा सहभागी स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका प्रतिनिधिले सङ्घीयता कार्यान्वयन र सङ्घीय शासन प्रणाली सबलीकरणका लागि सोचमा परिवर्तनसँगै असल अभ्यासको थालनी आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयता कार्यान्वयनमा अझै समस्या रहेको भन्दै कार्यक्रममा स्थानीय तहका प्रतिनिधिले प्रदेश र सङ्घले अधिकार दिन नचाहेको, प्रदेशका प्रतिनिधिले सङ्घले अधिकार दिन नचाहेको र स्थानीय सरकारले प्रदेशले बनाएका कानुन कार्यान्वयनमा आनाकानी गरेको तथा सङ्घीय सरकारले संविधानविपरीतका कानुन बनाएको बताएका थिए ।
‘आदिवासी मुद्दामा समाजलाई पुनः जागृत गर्नुपर्छ’
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी माग मुद्दाको सवालमा समुदायलाई पुनरजाग्रित गर्नेबेला आएको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा सोमबार यहाँ आयोजित अन्तर संवाद कार्यक्रममा अध्यक्ष थापामगरले सो कुरा बताउनुभएको हो ।
नयाँ बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाइँदै
कविन अधिकारीकाठमाडौं, भदौ २० गते । काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने कार्यलाई कायमै राखेको छ । सोमबार नयाँ बसपार्क क्षेत्रमा रहेका अनधिकृत संरचना, साइनबोर्ड हटाउने कार्यलाई तीव्र बनाएको छ ।
एक्वा मुनको जारमा कीरा भेटियो
राजधानीको बजारमा उपलब्ध ‘एक्वा मुन’ मिनरल वाटरको जारमा कीरा भेटिएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ६ (शर्वेश्वर मन्दिर क्षेत्र) मा आइतबार किनेर घरमा उपभोक्ताले पानी प्रयोग गर्दा कीरा भेटेका हुन् ।
पुनरावेदन फैसलाको पर्खाइमा भूकम्पपीडित
रामेछापको मन्थली नगरपालिका–८, चिसापानीका ८४ वर्षीय लालबहादुर श्रेष्ठको भूकम्पले भत्किएको घर अझै बनेको छैन । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पले श्रेष्ठको घर बस्नै नहुने गरी भत्किएको भए पनि भूकम्पपछि पुनर्निर्माणको लाभग्राही सूचीमा परेको छैन । “गाउँका सबैको घर बनिसके, मेरो घर अझै लाभग्राही सूचीमा परेको छैन, घर लाभग्राहीमा आउँछ कि भनेर पुनरावेदन पनि गरँे तर त्यसको फैसला अझै भएको छैन” उहाँले भन्नुभयो । सरकारले भूकम्पपछि गरेको पहिलो सर्वेक्षणमा प्राविधिकको लापरबाहीले आफ्नो घर छुटेको उहाँको गुनासो छ । श्रेष्ठ अहिले नयाँ घर बनाएर बस्न पाउने आशमा लाभग्राहीका लागि दिएको पुनरावेदनको फैसलाको प्रतीक्षामा हुनुहुन्छ ।
पाँच वर्षमा चार सय किलोमिटर सडक
दोलखाको शैलुङ गाउँपालिकामा पाँच वर्षको अवधिमा करिब चार सय किलोमिटर सडक निर्माण भएको छ । विकासको पूर्वाधार सडकलाई प्राथमिकतामा राखेर ३९४ किलोमिटर सडक निर्माण गरिएको पालिकाका इन्जिनियर कमलबहादुर थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडा र टोल पनि सडक सञ्जालमा जोडिएका छन् । निर्माण भएको सडकमध्ये २२२ किलोमिटर नयाँ ट्र्याक खोलिएको हो । सय किलोमिटर सोलिङ र २२० किलोमिटर स्तरोन्नति भइसकेका छन् । सडक निर्माण भएपछि वडा र पालिकाबाट सहज ढङ्गबाट सेवा आदानप्रदान सम्भव भएको छ । सडकले छिमेकी पालिका मेलुङ, तामाकोसी, वैतेश्वर, भीमेश्वर नगरपालिका र सिन्धुपाल्चोक जिल्ला पनि जोडिएको छ ।
गठबन्धनलाई सकस सिन्धुपाल्चोक एक, टिकट पाउने बस्नेत र सापकोटा ?
मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरबाट धमाधम उम्मेदवारको नामावली सिफारिस हुने क्रम बढ्दो छ । सिन्धुपाल्चोकका तीन ठुला दलले पनि आइतबार उम्मेदवार सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको छ ।
सात वटा क्यासिनोलाई सात दिनभित्र कर बुझाउन महानगरको पत्र
सात दिनभित्र कर सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले आइतबार महानगरले पत्र काटेको हो।
फेन्सिङ खेलाडी छनोट
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशबाट २४ फेन्सिङ खेलाडी छनोट भएका छन् ।काठमाडौं फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलामा १२ गरी २४ जना खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो ।