• १२ असार २०८१, बुधबार

पाँच वर्षमा चार सय किलोमिटर सडक

blog

दोलखा समाचारदाता

चरीकोट, भदौ २० गते । दोलखाको शैलुङ गाउँपालिकामा पाँच वर्षको अवधिमा करिब चार सय किलोमिटर सडक निर्माण भएको छ । विकासको पूर्वाधार सडकलाई प्राथमिकतामा राखेर ३९४ किलोमिटर सडक निर्माण गरिएको पालिकाका इन्जिनियर कमलबहादुर थापामगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रत्येक वडा र टोल पनि सडक सञ्जालमा जोडिएका छन् । निर्माण भएको सडकमध्ये २२२ किलोमिटर नयाँ ट्र्याक खोलिएको हो । सय किलोमिटर सोलिङ र २२० किलोमिटर स्तरोन्नति भइसकेका छन् । सडक निर्माण भएपछि वडा र पालिकाबाट सहज ढङ्गबाट सेवा आदानप्रदान सम्भव भएको छ । सडकले छिमेकी पालिका मेलुङ, तामाकोसी, वैतेश्वर, भीमेश्वर नगरपालिका र सिन्धुपाल्चोक जिल्ला पनि जोडिएको छ । 

आर्थिक वर्ष २०७९/८० मा सडक स्तरोन्नतिका लागि साढे ११ करोड रुपियाँ विनियोजन गरिएको पनि पालिकाका इन्जिनियर थापामगरले जानकारी दिनुभयो ।