लोकतन्त्रलाई स्थायी बनाउन गठबन्धन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई स्थायी बनाउन गठबन्धन आवश्यक रहेको बताउनुभएको छ।
हाम्रो मुख्य सवाल दिगो विकास र रोजगारी हो : प्रदीप पौडेल
नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ का प्रत्यक्ष उम्मेदवार प्रदीप पौडेलले दिगो विकास र रोजगारी मुख्य सवाल रहेको बताउनुभएको छ।
चुनावका लागि त्रिभुवन विश्वविद्यालय मङ्सिर १ गतेदेखि बिदा
त्रिभुवन विश्वविद्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा विभिन्न क्याम्पस प्रयोग भएपछि मङ्सिर १ गतेदेखि नै बिदा दिने निर्णय गरेको छ।
मतदान केन्द्र लैङ्गिकमैत्री बन्नुपर्छ : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरुलाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिनुभएको छ । मतदान केन्द्रहरु अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अशक्त, सुत्केरी भएका ब्यक्तिहरुले समेत सहज रुपमा मतदान गर्नेगरी मतदान केन्द्रहरु निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।
सात वर्षदेखि अलपत्र नगरकोट सडक (फोटो फिचर)
काठमाडौं उपत्यकामा रहेको प्रसिद्ध पर्यटकीयस्थल नगरकोट जाने सडकको अवस्था बेहाल छ । वर्षौदेखि निर्माणकार्य सम्पन्न नहुँदा भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने सडक धुलाम्मे बनेको हो।
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता चितवन आउँदै
लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउनुहुने भएको छ ।
निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न सञ्चारमाध्यमसँग प्रमुख निर्वाचन आयुक्तको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न आम सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । उहाँले मतदान गर्ने दिन नजिकिँदै गएकाले मतदान गर्ने तरिकालाई समाचारमा प्रस्फुटित गर्न पनि आग्रह गर्नुभयो ।
मतदाता सोध्छन् : कसरी मतदान गर्ने ?
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्ने दिन नजिकिँदो छ तर रामेछापको मन्थली नगरपालिका–९ की ५० वर्षीया निरमाया मगरलाई चुनावमा मत कसरी हाल्ने भन्ने चिन्ताले सताएको छ । निर्वाचन नजिकै आइसक्यो तर निरमाया मगरलाई यो निर्वाचनमा मतपत्र कतिवटा छन् र कस्ताकस्ता रङका मतपत्र छन् भन्नेसमेत थाहा छैन । उहाँले भन्नुभयो, “मत हाल्ने दिन आइसक्यो, यो चुनावमा कतिवटा मतपत्र हुन्छन्, कस्ताकस्ता रङका मतपत्र हुन्छन् थाहा छैन ।
सेवा निवृत्त एआइजीद्वयको बिदाइ
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्रबहादुर धानुक र अरूणकुमार बिसीलाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गर्नुभएको छ।