दैलेखमा काँग्रेस तीन, एमाले दुई र माओवादी एक वडामा विजयी
दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडामध्ये छ वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले तीन वडामा विजयी हुँदै पहिलो, नेकपा (एमाले) दुई वडामा विजयी हुँदै दोस्रो र एक वडामा विजयी हुँदै नेकपा (माओवादी केन्द्र)ले तेस्रो भएको छ ।
पर्वतमा मतगणना सुरु
स्थानीय तहको निर्वाचनअन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना सुरु भएको छ ।
डोल्पाको ठूलिभेरीमा काँग्रेसका रोकाया वडा अध्यक्षमा निर्वाचित
डोल्पाको ठूलिभेरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका तेजेन्द्रबहादुर रोकाया विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा रोकायाले १०७ मत ल्याएर विजयी हुनुभएको हो ।
कांग्रेस गाउँपालिका अध्यक्ष उम्मेदवारकै वडामा माओवादी प्यानल विजयी
कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी हुनु भएको छ । रानाले ६०८ मत प्राप्त गर्नुभएको छ भने भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गर्नुभएको हो ।
सुर्खेतमा भीषण हावाहुरी र वर्षाका कारण मतदान प्रभावित
सुर्खेमा एक्कासीिआएको भिषण हावाहुरीसहितको वर्षाका कारण मतदान प्रभावित भएको छ । सुर्खेतको पश्चिम क्षेत्रबाट प्रवेश गरेको हावाहुरीसहितको मौसमका कारण मतदान प्रभावित भएको हो ।
मुख्यमन्त्री शाहीद्वारा मान्धारा माविको भकुण्डामा मतदान
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले स्थानीय तह निर्वाचनका लागि मतदान गर्नुभएको छ । उहाँले खार्पुनाथ गाउँपालिका–५ को मानधारा मावि भकुण्डाको मतदान केन्द्रमा मतदान कार्य गर्नुभएको हो ।
झडपमा घाइते कर्मचारीको हेलिकप्टरबाट उद्धार
जिल्लाको चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा घाइते हुनुभएका कर्मचारी काला रोकायलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
चार वटा मतदान केन्द्रमा मतदान कार्य सुुरु भएन
हुुम्ला, वैशाख ३० गते । शुक्रवार बिहान सात बजेबाट सुुरु हुनुपर्ने मतदान कार्य सुुरु हुन सकेको छैन । बिहानैबाट वर्षा भएको कारण ती मतदान केन्द्रमा मतदान कार्य सुुरु नभएको हो । मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्लाका ५४ मध्य चार वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान कार्य सुुरु हुन नसकेको बताउनुुभयो । उहाँले यसरी मतदान कार्य सुुरु हुन नसक्नुुको कारण बिहानैबाट वर्षा भएको कारण मतदाता नआउनुु रहेको बताउनुुभयो । अहिलेसम्म मतदान कार्य सुुरु नभएका मतदान केन्द्रमा सर्केगार्ड गाउँपालिका– ५ को धुमचुमी मावि मतदान केन्द्र र स्वयम्भुआवि मतदान केन्द्र रहेका छन् भने चंखेली गाउँपालिका– ५ कै डाँफे मावि मतदान केन्द्र रहेका छन् भने नाम्खा गाउँपालिका– ४ को महाबाैद्ध मावि मतदान केन्द्रमा भने मतदाताकै सल्लाह अनुुसार खाना खाएर मतदान कार्य सुुरु हुने भएको छ । ५० वटा मतदान केन्द्रमा भने बिहान सात वजेबाट सुुरु भएर मतदान कार्य भइरहेको छ । मतदान कार्य सुुरु भएका मतदान केन्द्रमा बिहानबाटै मतदानका लागि मतदाताको उत्साहजनक उपस्थिती रहेको पाईएको छ । केही मतदान केन्द्रमा बिहान सात बजेटबाट मतदान सुुरु भए पनि २५ भन्दा बढी मतदान केन्द्रमा भने सात बजेपछि मतदान सुुरु भएको हो ।
सबै मतदातालाई नयाँ परिचयपत्र
रुकुम पश्चिमका सबै मतदातालाई नयाँ परिचयपत्र वितरण गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिममा नयाँ मतदाता परिचयपत्र वितरण सुरु भएको हो । अन्यत्र जिल्लामा नयाँ तथा परिचयपत्र पाउन बाँकी मतदाताले मात्र परिचयपत्र पाउने भए पनि रुकुम पश्चिममा भने यसअघि वितरण भएको परिचयपत्रमा नागरिकता जारी भएको जिल्ला फरक हुन गएकाले सबै मतदाताले नयाँ परिचयपत्र पाउने भएका हुन् । रुकुम जिल्ला विभाजन भएर रुकुम पश्चिम र रुकुम पूर्व बनेपछि अघिल्लो पटकको निर्वाचनका मतदाताको नामावलीमा त्रुटि भई नागरिकता जारी भएकाले जिल्ला फरक हुन गएकाले यसपटक सबै मतदाताका लागि नयाँ परिचयपत्र