मर्स्याङ्दीमा एक हजार बढीले पाए रोजगार
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तीन वर्षको अवधीमा एक हजार बढी वेरोजगारले रोजगार पाएका छन् । गाउँपलिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक हजार १६५ जनाले रोजगार पाएका हुन् ।
सफल नमुना बाख्रापालक कृषक बन्नुभयो वडाध्यक्ष
ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ ९ गते । नमुना कृषकको पहिचान बनाउनुभएका बेनी नगरपालिका–४ सिंगाका अणबहादुर खड्कालाई जनताले नमुना वडा निर्माण गर्नको लागि मौका दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा उहाँलाई जनताले विश्वास गरेर वडाध्यक्षको जिम्मेवारी सुम्पेका छन् । एककरोड ८० लाख रुपियाँभन्दा बढी लगानी गरेर खड्काले गाउँमा सामूहिक बाख्रापालन व्यवसाय गर्नुभएको थियो नै उहाँको कृषि क्रान्तिलाई मलजल गर्न नेकपा माओवादी केन्द्रबाट उहाँलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।सो उम्मेदवारीलाई जनताले पनि साथ दिएपछि उहाँले नेपाली काँग्रेसका सुमन बानियाँलाई ६६५ मत अन्तरले पराजित गर्दै विजयी हुनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित खड्का दोस्रोपटक विजयी हुनुभयो । एकपटकको हारबाट म कत्ति पनि विचलित भएको थिइन, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील थिएँ, उहाँले भन्नुभयो ‘यसपाली वडावासीले मलाई सेवा गर्ने अवसर दिनुभयो, वडावासीको शिर उच्च हुने काम गरेर देखाउँछु ।’ आफ्नो पेशा कृषि भएकाले किसानको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । युवालाई कृषि पेशातर्फ आकर्षित गर्ने खालका कार्यक्रमहरु वडाका हुनेछन्, उहाँले भन्नुभयो ‘हाम्रो वडा भनेको कृषि र पशुपालनमा राम्रो सम्भावना भएको वडा भएकाले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छु ।’ कृषिका साथै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा योजना बनाएर वडाको विकासमा सबैसँग सहकार्य गर्ने सोचाई उहाँले बनाउनुभएको छ । जनप्रतिनिधि भएपछि पनि बाख्रापालन व्यवसायलाई निरन्तरता दिई अझ राम्रो बनाएर वडावासीलाई उदाहरण प्रस्तुत गर्ने सोच उहाँको छ । उहाँको फर्ममा हाल १० जनाले रोजगारी पाएका छन् । सामूहिक बाख्रापालनको राम्रो उदाहरण देखाएर वडाका बेरोजगार युवालाई सामूहिक कृषि पेशातर्फ आकर्षित गर्ने उहाँ बताउनुहुन्छ ।
पाल्पाका १० स्थानीय तहमा एमाले , कांग्रेस ३ र माओवादी १ स्थानमा विजयी
पाल्पाको १० वटा पालिकामध्ये ६ वटा पालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले) पहिलो दल बनेको छ ।
बेनी–तातोपानी सडक कालोपत्र
प्राकृतिक उपचारस्थलको रुपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–तातोपानी खण्डको सडक कालोपत्र सकिएको जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको बजेट अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बजेट अधिवेसन आह्वान गर्नुभएको हो ।
मादीका कान्छा वडाध्यक्षको योजना
कास्कीको मादी गाउँपालिकाको सबैभन्दा कान्छा उम्मेदवार देवीजङ्ग गुरुङ वडाध्यक्षमा विजयी हुनुभएको छ। यहाँको १२ वडामध्ये उहाँ सबैभन्दा कान्छो उम्मेदवार हुन। उहाँ नेकपा एमालेका उम्मेदवार उमरबहादुर गुरुङलाई हराएर वडाध्यक्षमा विजयी हुनुभएको हो। मादी १ सिक्लेसका नवनिर्वाचित वडाध्यक्ष देवीजङ्गको उमेर ३० वर्ष रहेको छ।
व्यास नगरमा काँग्रेस विजयी
व्यास नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवैमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका वैकुष्ठ न्यौपानोले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई २५२ मतान्तरणले पराजित गर्नुभयो । प्रमुख विजयी न्यौपाने नगरपालिकाको निवर्तमान प्रमुख हुनुहुन्छ ।
म्याग्दीमा जिसस गठनका लागि एमालेको एकल बहुमत
म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो । छमध्ये तीनवटा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र बेनी नगरपालिकामा प्रमुख जितेकाले जिसस गठनका लागि एकल बहुमत पुगेको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले जानकारी दिनुभयो । सात मतदाता भएमा जिल्लाको जिसस गठनका लागि बहुमत पुग्छ । जिल्लामा एमालेबाट निर्वाचित अध्यक्ष–उपाध्यक्ष र प्रमुखको सङ्ख्या सात छन् । बेनी नगरपालिकाको वडा नंं १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित राजकुमार थापा जिल्ला समन्वय समितिको प्रमुखको दावेदार देखिनुभएको छ ।
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता हासिल गर्नुभएको हो ।