मरस्याङ्दी एक हजार ३ सय ६ घरमा खानेपानी
लमजुङको मस्र्याङदी गाउँपालिकाले पाँच बर्षे अवधीमा एक हजार ३ सय ६ घरधुरीमा खानेपानीको सुविधा पुगेको जनाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण गरी सो घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।
पोखरामा अन्तर्राष्ट्रिय कला कार्यशाला हुने
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २२ गते । अन्तर्राष्ट्रिय जलरंग समाज (आइडब्लूएस) नेपालको आयोजनामा ‘पोखरा आर्ट क्याम्प’ गरिने भएको छ । भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म पोखरामा हुने कला कार्यशालामा विश्वका ख्यातीप्राप्त कलाकारसहित नेपाली कलाकारको सहभागिता हुनेछ । ‘पोखरा घुमेर प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं’ नारालाई सार्थक तुल्याउँदै नेपाल, भारत, बङ्गलादेश र इरानका कलाकारले आ–आफना अनुभूतिलाई क्यानभासमा उतार्नेछन् । आइडब्लूएस नेपालले पत्रकार सम्मेलन गरी सो कार्यशालाबारे जानकारी दिएको हो । कार्यशालामा सामूहिक कला सिर्जना, कलाको प्रत्यक्ष चित्रण र सिकाई तथा पोखराको रमणीय स्थानको भमण गरी कलामा चित्रण गरिने जनाइएको छ । आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले भन्नुभयो, “कार्यशालाले नेपाली प्राकृतिक सौन्दर्यलाई विश्व कला माझ अझ बढी चिनाउन मद्दत पुर्याउने छ ।”उहाँका अनुसार आइडब्लूएसले यसअघि घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय कला कार्यशाला गरिसकेको छ ।
वैदेशिक रोजगारबारे जनप्रतिनिधिहरुलाई सचेत
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउने उद्देश्यले बागलुङका जनप्रतिनिधिलाई ‘वैदेशिक रोजगारबारे सचेत गराइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिसँग वैदेशिक रोजगार व्यवस्थापनका विविध पक्षबारे अन्तरक्रिया तथा छलफल गरेर जनप्रतिनिधिलाई सचेत गराएको हो ।
जनताले अनुभूति गर्ने खालका कामहरु गर्न जरुरी : वरिष्ठ नेता पौडेल
अमरराज नहर्की तनहुँ, जेठ २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै नेता पौडेलले, विगतका भन्दा राम्रो कार्य गरेर जनताको मन जित्न ध्यान दिनुपर्ने बताउनुभयो । ‘जनताको माग र आवश्यकतालाई सर्वोपरी थानी जनप्रतिनिधिहरुले अहोरात्र खटेर काम गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । जनताको इच्छाअनुसारको काम गर्न सके मात्रै जनप्रतिनिधिहरुको हाइहाइ हुने उहाँको भनाइ थियो । । ‘जनप्रतिनिधिहरु शासक हैन, जनताका सेवक बन्नुपर्छ’ नेता पौडेलले भन्नुभयो । साथै, वरिष्ठ नेता पौडलेले जनताको आम्दानी वृद्धि हुने र रोजगारी सिर्जना हुने योजना बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
पुतलीबजारमा रक्तसञ्चार केन्द्र स्थापना
अर्जुन काफ्ले स्याङ्जा, जेठ २२ गते । पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको स्याङजा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना भएको छ । पुतलीबजार नगरपालिकाको प्रारम्भिक आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा शाखाको पहलमा रक्तदान कार्यक्रम गरी केन्द्र स्थापना गरिएको हो । पुतलीबजार नगरपालिकाको पहिलो बैठकको अस्पतालमा मिगौला डायलासिस सेवालाई विस्तार र रक्तसंचार केन्द्र स्थापना गर्ने निर्णयअनुसार केन्द्रको स्थापना गरिएको हो । नगरपालिकाले प्रारम्भिक कामको लागि १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेसँगै केन्द्रको स्थापना र डायलासिस सेवा विस्तारमा सहयोग पुगेको हो । १२० पिन्ट रगत भण्डारण क्षमताको केन्द्रको पूर्ण सञ्चालनमा करिब २६ लाख लाग्ने नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश अर्यालले बताउनुभयो । रगत अभावका कारण यसअघि केन्द्र बन्द भएको स्मरण गर्दै रक्तदाता, सरोकारवाला र स्थानीय तहबाट सहयोग आवश्यक रहेको अर्यालले बताउनुभयो । रक्तसञ्चार केन्द्र स्थापनाका क्रममा गरिएको रक्तदातामा दिनेश अर्याल र महादेव श्रेष्ठले १९ औँ पटकसहित जम्मा १७ जनाले रक्तदान गर्नुभएको थियो । जिल्ला अस्पतालमा केन्द्र स्थापनासँगै रगतको अभावमा उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले रक्तदाता महादेब श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको थियो । स्वास्थ्य नागरिकको लागि महत्वपूर्ण पक्ष भएको र अस्पतालका विरामीले रक्त अभावका कारण भोग्नुपरेको समस्यालाई मध्यनजर गरी रक्तसञ्चार केन्द्र स्थापना गर्न पहल गरेको रेग्मीले बताउनुभयो । अस्पतालको समग्र विकासमा हातेमालो गर्ने बताउँदै रेग्मीले अस्पालको हरेक समस्यामा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
छ दिने रक्षा सम्वाददाता अभिभुखिकरण कार्यक्रम शुभारम्भ
गोरखापत्र अनलाइन काठमाडौं, जेठ २२ गते । नेपाली सेनाले छ दिने रक्षा सम्वाददाता अभिभुखिकरण कार्यक्रम शुभारम्भ गरेको छ । पोखराको विजयस्थित श्री मध्य कमाण्ड हेड क्वाटरमा सो कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी बावुराम श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।सो कार्यक्रममा विभिन्न सञ्चारगृहका पाँचजना महिलासहित २५ जना रक्षा सम्वाददाताहरुलाई समाचार सम्पे्रषण गर्न सहज होस् भनेर नेपाली सेनाको सांगठनिक स्वरुप, भूमिका तथा नेपाली सेनाको काम, कर्तव्य र जिम्मेवारीलगायतका विषयवस्तुमा प्रशिक्षण दिइनेछ । यस्तै, विषयवस्तुसहित प्रशिक्षार्थीहरुलाई तनुहुँ हाइड्रोपावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महानगरको विकासका लागि प्रदेश र स्थानीय सरकार सँगसँगै
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकासका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पोखरा प्रदेशको राजधानी मात्र होइन, पर्यटकीय केन्द्र भएकोले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकार सँगसँगै अगाडि बढ्नु
कलाकार शाहलाई थुनामै राख्न आदेश
नाबालिकाको यौन शोषण गरेको अभियोगमा तनहुँ कारागारमा पूर्पपक्षको लागि थुनामा रहनुभएका नायक पूर्णविक्रम शाहलाई उच्च अदालत पोखराले पनि थुनामै राख्न आदेश दिएको छ । शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गर्दै थुनामा राख्न आदेश दिएको हो ।
आयोजनाको काम छिटो सम्पन्न गर्नुस् : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गर्नुभएको छ ।