मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो ।
पृथ्वीराजमार्गको पहिरो : रातमा पनि एकतर्फी सवारी सञ्चालन
सडक भासिदा अवरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन खण्डमा आइतबारबाट राति पनि सावारी साधन सञ्चालनमा आउने भएका छन्।
चुँदीखोलामा माछा मार्न गएका दुई युवकको निधन
माछा मार्ने क्रममा तनहुँमा दुई युवकको आइतबार डुबेर मृत्यु भएको छ । भानु नगरपालिका–२ बस्ने वर्ष २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।
चितुवाको आक्रमणबाट तनहुँमा दुई जना घाइते
नरभक्षी चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिकामा थप एक जना घाइते हुनुभएको छ । शनिबार साँझ सो गाउँपालिकाको वडा ४ को एक बालिकालाई घाईते बनाएको थियो ।
बीउ उत्पादन गर्न रोपिएको आलुको गोडमेल सुरु
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङको मार्फामा रहेको बीउ उत्पादन गर्न लगाइएको आलुको गोडमल सुरु भएको छ । शितोष्ण बागवानी विकास केन्द्रले बीउ उत्पादनको लागि लगाएको आलु खेतीमा गोडमेल सुरु गरेको छ ।
भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ । अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुवाआमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ ।
मध्य मर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीको १५० मेगावाट विद्युत उत्पादन बन्द
लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट विद्युत उत्पादन बन्द भएको छ ।मर्मत कार्यका लागि विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भएको हो ।
पृथ्वी राजमार्गको पहिरो : ठूला सवारी साधन एकतर्फी सञ्चालन
अमरराज नहर्कीतनहुँ, जेठ २८ गते। सडक भासिदा अबरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिनखण्ड शनिबार दिउँसोबाट एकतर्फी सञ्चालनमा ल्याइएको छ। भासिएको ठाउँमा पहरो काटेर सडक फराकिलो पारिएकोले एकतर्फी रुपमा सबै प्रकारको सवारी आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ। यात्रुको समस्यालाई ध्यानमा राखेर एकततर्फी रुपमा सबै सवारीलाई सञ्चालनको अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। शुक्रबार दिउँसोदेखि हलुका सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइएकोमा शनिबारबाट सबै सवारीलाई अनुमति दिइएको हो। बिहीबार साँझदेखी अलपत्र परेका ठूला सवारीलाई पनि शनिबार बिहानैदेखि सञ्चालनमा अनुमति दिएसंगै सडकमा अलपत्र परेका अधिकांश ठूला सवारी साधन चल्न थालेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिनुभयो।
पृथ्वी राजमार्गमा पहिरो : पहरो काटेर बाटो खोल्ने प्रयास
सडक भासिएको पृथ्वी राजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्डमा पहरो काटेर सडक फराकिलो पार्ने काम धमाधम भइरहेको छ।