सडक विस्तारको एक वर्ष म्याद थप
नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप गर्ने तयारी गरेको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सक्नुपर्नेमा तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १८ दशमलब ४४ प्रतिशत मात्र काम सकेको छ ।
वालिङमा मिनी रङ्गशाला निर्माण गरिँदै
वालिङमा मिनी रङ्गशाला बनाउन शुरु गरिएको छ । वालिङस्थित खेल मैदानलाई मिनी रङ्गशालाका रुपमा विकास गर्न शुरु गरिएको हो । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । यस अन्तर्गत राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङमा सञ्चालन गरिने र त्यसका लागि खेलमैदान व्यवस्थापनमा नगरपालिका लागेको छ ।
नवयुवालाई मेयर कप उपाधि
प्रथम मेयर कप पुरुष खुला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ स्थित नव युवा क्लब ‘ए’ हाइस्कुलटारले जितेको छ । दमौलीमा सञ्चालित प्रतियोगितामा बुधबारको फाइनल खेलमा नव युवाले न्यु बुद्ध एफसी भानु–१ लाई ३–० गोलले हरायो ।
एउटै पार्टीका एक सय एक जना सांसदका आकाङ्क्षी
आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि स्याङ्जामा राजनीतिक सरगर्मी बढेको छ। दलहरूले केन्द्रको निर्देशनअनुसार उम्मेदवार चयन गर्ने प्रक्रिया अगाडि बढाएसँगै राजनीति सरगर्मी बढेको हो। दुईवटा प्रतिनिधिसभा सदस्य र चारवटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नेपाली कांग्रेसबाट प्रत्यक्ष र समानुपातिकका लागि १०१ जनाले सांसद बन्ने आकाङ्क्षा देखाएका छन्। कांग्रेस पार्टी केन्द्रीय समितिले सङ्घ र प्रदेशका लागि उम्मेदवार छनोट गरी पठाउन परिपत्र गरेपछि सांसद बन्ने दौडमा आकाङ्क्षीहरू धेरै देखिएका हुन्। सङ्घ र प्रदेशबाट प्रत्यक्षमा एक महिलासहित तीन जना र समानुपातिकमा एक महिलासहित दुई जना सिफारिस गरी पठाउनुपर्ने व्यवस्था छ।
सुन्दर कुँडुले फेदी
जिल्लाको बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेदी । जहाँ पछिल्लो केही वर्षयता तीव्र रुपमा बस्ती विस्तार भइरहेको छ ।
‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा
सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गुँदेताल संरक्षणको अभावमै छ ।
बाहिरबाट भित्रिएको अण्डासँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादन घट्यो
जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो ।
चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै
मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
पहिरोले मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध
मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण पर्वतको कुश्मा नगरपालिका ८ दोबिल्ला स्थित सुन्दरे खोलामा सडक अवरुद्ध बनेको हो ।