पर्यटकीय तथा धार्मिक गन्तव्य रेसुङ्गा (फाेटाे फिचर)
पश्चिम क्षेत्रकै एक पवित्रस्थल रेसुङ्गाधाम धार्मिक गन्तव्यका लागि निकै प्रसिद्ध रहेकाे छ । धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा अमृत भूमिका रूपमा रहेकाे छ ।
गोरखा क्षेत्र नं. १ बाट अध्यक्ष दाहाल र २ बाट उपाध्यक्ष श्रेष्ठको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
बागलुङमा बर्सेनि देखिँदै छ डेङ्गु
तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।
संस्कृतिमाथि हस्तक्षेप नगर्न आग्रह
लमजुङका गुरुङ समुदायले आफ्नो संस्कार र संस्कृतिमाथि हस्तक्षेप नहुने गरी शान्तिसुरक्षा प्रदान गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। बेँसीसहरमा आयोजित जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमललाई स्वागत तथा सम्मान गर्दै सो समुदायले यस्तो आग्रह गरेको हो। लमजुङमा गुरुङ समुदायको बाहुल्य रहेको र गुरुङ जातिको आफ्नै परम्परा, संस्कृति तथा चालचलन रहेकाले यसलाई ध्यान दिँदै शान्तिसुरक्षाका कामकारबाही सञ्चालन गर्न अनुरोध गरेका हुन्। तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य धनप्रसाद गुरुङले गुरुङ जाति सामाजिक, सांस्कृतिक सद्भावना बोक्ने समुदाय रहेको बताउनुभयो।
अप्ठ्यारोका सारथि शेरचन
मुस्ताङको थासाङ गाउँपालिका–२, कोबाङमाथिको सानोसरे भीरमा गत जेठ १५ गते तारा एयरको विमान दुर्घटना भयो। उक्त दुर्घटना स्थलमा पहिलो पटक पुग्ने उद्धारकर्तामध्येका एक हुनुहुन्थ्यो– इन्द्रसिंह शेरचन। थासाङ नाउरीकोटका स्थायी बासिन्दा शेरचन अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा मुस्ताङ लेते होटल सञ्चालन गर्दै आउनुभएको छ। कुनै विपत्ति तथा दुर्घटना भएको थाहा पाएमा उद्धार कार्यमा उहाँ पहिला पुग्नुहुन्छ। कालीगण्डकी कोरिडोर सडकका सुपरभाइजरसमेत रहनुभएका शेरचन कोही कसैलाई अप्ठ्यारो परेमा पनि पुगिहाल्नुहुन्छ। बाढीपहिरो तथा अन्य विपत्का घटनामा पनि अग्रपङ्क्तिमा उहाँ नै खटिनुहुन्छ।
अवकाशमा जाने कर्मचारीलाई दस करोड
पोखरा महानगरपालिकाले कर्मचारी सङ्ख्या कटौती गर्ने योजना ल्याएको छ। सो योजनाअनुसार आर्थिक वर्ष २०७९/८० मा स्वर्णिम कर्मचारी अवकाश योजना सञ्चालन गरिने भएको छ। महानगरपालिकाले त्यसका लागि साढे १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहे महानगरबाट निश्चित रकम पाउने छन्। महानगरका प्रवक्ता एवं वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले निश्चित अवधि पुगेका कर्मचारीलाई अवकाश जाँदा रकम प्रदान गरिने जानकारी दिनुभयो।
नारायणगढ–बुटवल सडक विस्तार , एक वर्ष थपियो म्याद
नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप भएको छ। बुटवल–नारायणगढ सडक विस्तारको काम अहिलेसम्म ९० दशमलव ६६ प्रतिशत सकिनुपर्ने थियो तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेटले जम्मा १८ दशमलव ४४ प्रतिशत मात्र काम सकेको छ। कम्पनीले ढिलाइ गरेको भन्दै आलोचना भइरहेका बेला एक वर्ष म्याद थप भएको हो। सो कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनु आदि कारण देखाई काम ढिलो भएको देखाएको छ।
भरुवा बन्दुकसहित युवक पक्राउ
लमजुङ प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका ८ घाम्राङ घर भई वडा ९ साल्मे बस्ने २७ बर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाई छिपाई राखेको र स्थानीय मानिसलाई धाकधम्की दिनेगरेको सूराकको आधारमा खोजतलास गरी प्रक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय भोर्लेटार र नजिकैको प्रहरी चौकीबाट खोजतलास गर्नेक्रममा एउटा लोड गरेको र एउटा बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।
गठबन्धन गर्नु कांग्रेसको आवश्यकता : नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले गठबन्धनबिरुद्ध नबोल्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कांग्रेस व्यास नगर समितिले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रममा गठबन्धन कांग्रेसको लागि आवश्यक भएकाले बिरोध गर्न नहुने बताउनुभयो ।