सडकमा खाल्टैखाल्टा दुर्घटनाको जोखिम
गोरखाको सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
बालिका अपहरण गर्ने तीन जना भारतीय नागरिक कारागार चलान
लमजुङ सदरमुकाम बेसी सहरबाट १३ बर्षीय बालिका अपहरण गरेको घट्नामा संलग्न रहेको आरोपमा ३ जना भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
महिला म्याराथन बुधबारदेखि सुरु
व्यास नगरपालिकाले खेलकुदमार्फत धार्मिक तथा ऐतिहासिकस्थल जोड्ने प्रयास गरेको छ । धार्मिक पर्यटकीयस्थल व्यास गुफा र ऐतिहासिकस्थल तनहुँसुरलाई खेलुकदमार्फत जोड्न महिला आगामी बुधबार हाफ म्याराथन हुन लागेको हो ।
‘ऋण र अनुदानको विकल्प खोज्नै पर्छ’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई कठिन अवस्थाबाट लयमा ल्याएको उल्लेख गर्दै ऋण र अनुदानबाहेकको मोडेलमा जानुपर्नेमा जोड दिनुभयो ।
पुँजी बजारकोे लागि सही सूचनाको आवश्यकतामा जोड
नेपाली पुँजी बजारमा लगानी गर्नका लागि पुँजी बजारकोे अध्ययन गरेर मात्र लगानी गर्न विज्ञले सुझाव दिएका छन्।
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ ।
कुहिरोभित्र लुकेको वालिङ
समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको वालिङ नगरपालिका–९ को बाहुनथानबाट देखिएको बिहानी दृष्य ।
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण
निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।
पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव
गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।
बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालले ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्न सुरु गरेकाे हाे ।
‘वालिङ सिटी महोत्सव’ हुने
स्याङ्जाको वालिङमा ‘वालिङ सिटी महोत्सव’ हुने भएको छ ।
२५४ केजी गाँजासहित भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीले २ सय ५४ किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने
पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ ।
बागलुङका ११ हजार किशोरीलाई एचपिभी खोप
यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
आधुनिक पेट्रोल पम्पः पाँच महिनामा सकियो ६० प्रतिशत काम
नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ ।
म्याग्दीका शतप्रतिशत घरधुरीमा उज्यालो
गण्डकी प्रदेश सरकारले लिएको उज्यालो गण्डकी प्रदेश अभियान अन्तर्गत हिमाली जिल्ला म्याग्दीका शतप्रतिशत घरमा उज्यालो पुगेको छ ।
पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार
पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।
तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै
जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो ।
सरकारले उद्योग मैत्री वातावरण बनाएको छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिले सम्मकै उत्कृष्ट काम गरेको बताउनुभएको छ । वर्तमानमा आर्थिक अवस्था खुम्चिएको र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन गरी सहज वतावरण बनाएको बताउनुभएको हो ।
प्रदेशसभा अधिवेशन २१ गते बोलाउने निर्णय
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २१ गते दिउँसो २ बजे संसद बैठक डाक्न प्रदेश प्रमुसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
महानगर प्रमुख कार्यकक्षमा ताला, सेवा प्रभावित
पोखरा महानगरका प्रमुख धनराज आचार्यसहित मुख्य पदाधिकारीको कार्यकक्षामा तालबन्दी हुँदा सेवा प्रभावित भएको छ।महानगरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सोमबार प्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको कार्यकक्षामा तालाबन्दी गरेका हुन्।