अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।
रामपुरमा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
इलाका प्रहरी कार्यालय रामपुर पाल्पामा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
कर्णालीविरुद्ध बागमतीको सहज जित
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ ।
पशु स्वास्थ्य शिविर : १३ सयको उपचार र औषधी वितरण
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका वडा नम्बर ४ को विकट गाउँ मानिने महलपोखरीमा एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
मैत्रीपूर्ण फुटबल खेल्दै जनप्रतिनिधि र महिला पत्रकार
बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकारबिच हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढेको छ । यही चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपूर्ण फुटबलको तयारी बारेमा छलफल भएको छ ।
तस्बिरमा प्लाई उद्योगमा भएको आगलागी
दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रीला प्लाई तथा भेनियर उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी
बर्दियाको गुलरिया नगरपालिका–१२ मा रहेको भैँसाहीगाउँका २५ किशोरी यतिबेला समाज परिवर्तनमा जुटेका छन् ।
प्लाई उद्योग आगलागी : ३० घर जोखिममा
घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपियाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
चन्द्रवीरले खनेको त्यो बाटो....
श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खन्नुभयो ।
नेपाल–भारत सिमाबाट २०३ जनाको उद्धार
बर्दिया जिल्लाको विभिन्न सिमानाकाबाट आर्थिक वर्ष २०८१/०८२ को फागुन अन्तिमसम्ममा दुई सय तीन जनाको उद्धार गरिएको छ । नेपाल–भारत सिमा क्षेत्रबाट जोखिमपूर्ण यात्रामा रहेका समयमा उनिहरुको उद्धार गरएको हो ।
नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु
हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गएको पश्चिम नवलपरासीमा १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दाङमा प्लाई उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी
दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।
गुल्मीमा २४ जना स्थायी शिक्षक नियुक्ति
गुल्मीमा प्राथमिक तहका २४ जना स्थायी शिक्षक नियुक्ति भएका छन् । जिल्लाका लागि शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका स्थायी शिक्षकहरूलाई नियुक्ति गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरूलाई नियुक्ति पत्र प्रदान गरेको छ ।
पत्रकार बस्नेतको ‘मार्क्सवाद र सञ्चार’ पुस्तक विमोचन
पत्रकार तथा प्रगतिवादी समालोचक टीका बस्नेतको ‘मार्क्सवाद र सञ्चार’ पुस्तकको विमोचन गरिएको छ ।
कालीगण्डकीमा भारतीय नागरिक मृत फेला
कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ ।
किरणको सतकमा कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी
युवा ब्याटर किरण ठगुन्नाको सतकको मद्दतमा प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ ।
ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी
बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ।
चर्चामा नेपालगन्जको सुर्खेत रोड, फोटो खिच्नेको भिड
नेपालगन्जको चार लेन सडक अन्तर्गत सुर्खेत रोडको किनारका ‘बगमबेली’ फूलको चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक देखिन्छ।
सुदूरपश्चिमद्वारा कोसी प्रदेशलाई २४३ रनको लक्ष्य
दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जितका लागि २४३ रनको लक्ष्य दिएको छ ।
योगदानमा आधारित स्वास्थ्य बिमा आवश्यक छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताउनुभएको छ।
हल गोरु पाल्ने कृषकलाई तीन हजार प्रोत्साहन भत्ता
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई वार्षिक तीन हजार प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ।
समाज परिवर्तनमा सक्रिय बन्दै बर्दियाका किशोरी
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी यतिबेला समाज परिवर्तन गर्न जुटेका छन् । वडालाई बालबिवाह मुक्त गराउनेदेखि लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथामलगायत विभिन्न काममा सक्रिय बन्दै आएका हुन् ।
गुल्मीको होल्बाङ होमस्टे : गाउँकै कृषि उपजबाट ६२ परिकार
मदाने गाउँपालिका–२ बाँझकटेरी होल्बाङकी ५१ वर्षीय हुमकला थापा होमस्टे सञ्चालक हो । थापाकोमा सिस्नोको लिटो, मकै र कोदोको ढिडोको परिकार लगभग दैनिक पाक्छ । फर्सी र मुला भैसीले खान्छन् । रुखमा टिमुर पाकेर टिप्ने फुर्सद छैन् । धेरैले गाउँमा एउटै परिकार खान्छन् ।
निगालपानी जिनावाङ कृषि सडक कालोपत्रे हुने
रोल्पाको निगालपानी जिनावाङ कृषि सडक कालोपत्रे हुने भएको छ । संघ र प्रदेश सरकारको सहलगानीमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो । सडक कालोपत्रेका लागि त्रिवेणी ब्राह्ममायाणी कन्स्ट्रक्सन प्रालि काठमाडौंले भ्याटसहित ४२ करोड ८१ लाख ४१ हजार तीन सय १९ रुपियाँमा निर्माणको जिम्मा लिएको छ ।