विद्रोही उम्मेदवारले वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसको निर्देशन
नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका विद्रोही उम्मेदवारलाई वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराउन निर्देशन दिएको छ ।
प्रमुख दलका घोषणापत्रमा जलवायु परिवर्तनका मुद्दा : दिगो हरित अर्थतन्त्रमा कांग्रेसको जोड
आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दल तथा तिनका उम्मेदवारले जनसरोकारका विभिन्न विषयलाई उजागर गरी आफ्ना घोषणापत्रमा समेत उल्लेख गरेका छन् ।
काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी पोखरेललाई
गोरखापत्र अनलाइन काठमाडौं, वैशाख १९ गते । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजकको जिम्मेवारी दिएको छ । चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन एमालेले सो जिम्मेवारी दिएको हो । काठमाडौँ महानगर निर्वाचन परिचालन सचिवालयमा आज सम्बाेधन गर्दै संयोजक पोखरेलले भन्नुभयो, ‘चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढङ्गले यो काम अघि बढ्छ ।’ पोखरेलले आज ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिनुभयो । एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढङ्गले अघि बढ्ने बताउनुभयो ।
चुनावी चहलपहल : राजनीतिक दल मतदाताको घरदैलोमा
निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दल मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन्।
सिंहको २९ औं महानिरीक्षक यात्रा
काठमाडौँ, वैशाख १८ गते। नेपाल सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको खानेपानीमन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो।सिंह नेपाल प्रहरीको सेवामा ११ चैत २०४९ मा प्रवेश गर्नुभएको हो। सेवा प्रवेश गर्दा नै नम्बर एक बन्न सफल सिंह हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख हुनुुहुन्छ। महानिरीक्षक पदमा नियुक्त भएसँगै गृह मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाणले सिंहको कार्यकाल सफल भएको चर्चा गर्नुभयो। यसबाट पनि सिंहको कार्यसफलता कस्तो रह्यो भन्ने झल्किन्छ। गृहमन्त्रीले भन्नुभयो, ‘‘हाम्रो कारणले कहिलेकाहीँ विवादमा आउनुभयो होला तर आफ्नो कार्यक्षेत्र र जिम्मेवारीका कारण कुनै पनि विवादमा आउनुभएन।’’ बढुवा हुने क्रममा सिंहले प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवासम्म अग्रता कायम राख्न सफल हुनुभयो। २०६१ मा डीएसपी हुँदा पनि उहाँ नम्बर एक नै बनेर बढुवा हुनुभएको थियो। २०६९ मा एसपी हुँदा पनि सिंह पहिलो नम्बर नै बन्न सफल हुनुभयो। उहाँको बढुवा हुने क्रममा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा हुँदा दोस्रो नम्बरमा पर्नुभयो। तत्कालीन सरकारले सिंहभन्दा दुई ब्याचपछिका विश्वराज पोखरेललाई अगाडि बढाएकाले सिंह पछि पर्नुभयो। अहिलेको सरकारले विगतको सरकारले गरेको गल्तीलाई सच्चाएर सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। सिंह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा रहँदा उहाँको नेतृत्व अब्बल मानिएको छ। जोखिमयुक्त ठाउँको कमाण्ड सम्हालेर अगाडि बढ्न उहाँ सफल हुनुभएको छ। सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिनु हुन्छ।महानगरीय अपराध महाशाखामा रहँदा ठूला अपराध घटनाको सफल अनुसन्धान गरेर कतिपय हत्या योजनालाई विफल पार्न सफल सिंहले उपत्यकामा हुने अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। प्रदेश प्रहरी कार्यालय जनकपुरमा रहँदा तस्करी रोक्न सफल सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा रहँदा ललिता निवास प्रकरण, सिभिल सहकारी हिनामिनालगायत दर्जनौँ बैङ्किङ कसुर तथा अपराधको अनुसन्धानमा संलग्न हुनुभयो। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्दा राजनीतिक प्रभावका कारण सिंहलाई पछाडि पारिए पनि सफल अनुसन्धानबाट सिंहले आफ्नो कार्य सम्पादनलाई प्रहरीमा दोस्रो स्थानमा झर्न दिनुभएन। शिक्षा र तालिम सिंहले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ। सुरक्षा र व्यवस्थापन सम्बन्धी उहाँले विभिन्न तालिम लिनुभएको छ। अपराध अनुसन्धान, व्यवस्थापन, विशेष व्यक्तिको सुरक्षा, मानवस्रोत व्यवस्थापन सम्बन्धी तालिम लिएको अनुभव उहाँसँग छ।एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी र अमेरिकाबाट अपराध तालिम लिनुका साथै उहाँसँग शान्ति सुरक्षाका लागि पूर्वी टिमोर र सुडानमा गएर काम गर्नुभएको अनुभव छ। विभागीय जिम्मेवारीका क्रममा उहाँले गोरखा, नुवाकोट, दोलखा, पर्सा र दाङ जिल्लामा प्रहरी प्रमुख भएर काम गर्नुभयो। सिंहले संघीय प्रहरी इकाई कार्यालय बागमती, महानगर अपराध महाशाखा, टेकु, लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरसँगै डीआईजी बनेपछि प्रदेश प्रहरी कार्यालय, जनकपुर, अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा काम गर्नुभएको छ। दैलेख जिल्लाको बिजौरामा स्थायी घर हुनुभएका सिंह प्रहरीभित्र तल्लो तहका कर्मचारीमा विशेष ध्यान दिने स्वभावका हुनुहुन्छ। सिंह प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै नेपाल प्रहरीमा नयाँ उत्साह छाएको छ।
काठमाडौँ महानगरमा चार वडा सदस्य निर्विरोध
काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ।
गठबन्धन देशको आवश्यकता हो : वरिष्ठ नेता पौडेल
अमरराज नहर्कीतनहुँ, वैशाख १८ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनु भएको छ। १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँगे्रस तनहुँद्वारा आइतबार दमौलीमा आयोजित कार्यव्रmममा बोल्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ। कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा रहेकोले गठबन्धन गरिएको वरिष्ठ नेता पौडेलको भनाई थियो। विदेशी शक्ति कम्युनिष्ट मिलाउन लागिपरेको पौडेलको भनाई थियो। देशका धेरै ठाउँमा सत्तारुढ दलमा आवद्ध गठवन्धन विच चुनावी तालमेल भएको छ त्यसले राम्रो परिणाम ल्याउने नेता पौडेलले दाबी गर्नुभयो। कांग्रेसले भ्रष्ट प्रवृत्तिलाई पाखा लगाउन कांग्रेसलाई विजयी गराउनुपर्ने पौडेलको भनाइ छ। अहिलेको गठबन्धनले नेपाली कांग्रेसलाई संसदमा बहुमतमा पुर्याउने उहाँको दाबी छ। कार्यव्रmममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितीका प्रमुख शान्ति रमण वाग्लेलगायतले सम्बोधन गर्नुभएको थियो।
ललितपुरमा महिला मतदाता बढी
ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन्। जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन्।
निर्वाचनले बहुमतको सरकार बनाउने आधार तयार गर्छ : प्रवक्ता डा. महत
सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता एवम् स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले निर्वाचनमा पार्टी र गठबन्धनका पक्षधर उम्मेदवारी ठूलो सङ्ख्यामा विजयी हुने दाबी गर्नुभएको छ।