भारतका प्रधानमन्त्री मोदी नेपाल आउनुहुँदै
प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल भ्रमणमा आउनुहुने भएको छ । प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भएको आफ्नो भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । सोहीअनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउन लाग्नुभएको हो ।
उम्मेदवारको खर्च बैंक खाताबाट सञ्चालन गर्नू : निर्वाचन आयोग
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई बैंकमार्फत् मात्र खर्च गर्न निर्देशन दिएको छ।
म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गरौँ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय गठन
पाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन गरेको छ।
गठबन्धनका उम्मेदवार जिताउन शक्ति केन्द्रित गर्ने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनका उम्मेदवार जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
इदमा अंकमाल गर्दै भोट माग्दै
सिराज खान नेपालगञ्ज, वैशाख २० गते। इद (इद उल फित्र)को अवसरमा नेपालगञ्जको बीपी चोकमा रहेको इदगाहमा यो वर्ष फरक दृष्य देखियो। लगातार दुई वर्षको कोरोना कहरपछि र स्थानीय तहको निर्वाचनको मुखमै इद पर्व परेपछि फरक दृष्य देखिएको हो।निर्वाचनमा नेपालगञ्जबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यमा उम्मेदवार बनेका अधिकांश उम्मेदवार र दलका नेता कार्यकर्ता ठूलो संख्यामा मंगलबार बिहान इदगाहमा भेटिए। नेपालगञ्ज उपमहानगरका नेपाली मुस्लिम इदको नमाज पढ्न इदगाहमा भेला भएकोले इदको शुभकामना साटासाट गर्न अधिकांश उम्मेदवार र दलका नेता कार्यकर्ता बिहानै इदगाह पुगेका थिए। इदको नमाज सकिने बित्तिकै सुरु भएको शुभकामना तथा बधाई साटासाटमा उम्मेदवारको सक्रियता सबैभन्दा बढी देखियो। उनीहरुले बढी भन्दा बढी मतदातालाई अंकमाल गरेर पर्वको शुभकामना प्रदान गर्दै भोट मागिरहेका थिए। धेरैजना एक ठाउँमा भेटिएपछि शुभकामना दिन र आफ्नो लागि मत माग्न सजिलो भएको गठबन्धनबाट मेयरका उम्मेदवार प्रशान्त विष्टले बताउनुभयो। उहाँले इदगाहमा देखिएको उत्साह र उमंगले आफू पनि उत्साहित बनेको बताउनुभयो। यसैगरी इदगाह पुग्नुभएका राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल वैश्यले आफू मुस्लिम समुदायका अगुवालगायत वृद्धको आशिर्वाद लिन इदगाह आएको बताउनुभयो। उहाँले आफूले वर्षौदेखि यहाँ यो पर्वका दिन पानी वितरण गर्ने काम गर्दै आएको जनाउँदै यसपाली त झन् निर्वाचन परेकोले धेरैलाई पानी खुवाउने लक्ष्य रहेको बताउनुभयो। वैश्यले अंकमाल गर्ने सबैसँग आफूलाई मतदान गर्न आग्रह गर्नुभएको थियो। सोही प्रकारले एमालेबाट मेयरका उम्मेदवार रहनुभएका पशुपति दयाल मिश्रले मत माग्ने सबैभन्दा राम्रो ठाउँ र अवसर यही भएको बताउनुभयो। अवसरमा उपमेयरका उम्मेदवार कमरुद्दीन राई, बिन्दु चर्तिमगर र शान्ति ढकाल लगायतका उम्मेदवारलाई पनि शुभकामना लिन दिन भ्याइनभ्याई थियो। निर्वाचनका कारण इदगाहमा बेग्लै रौनक देखियो। सडक नजिक हरेक ठाउँमा विभिन्न उम्मेदवारले टेन्ट लगाएर पानी वितरणसँगै प्रचार सामग्री पनि वितरण गरिरहेका थिए। यसका साथसाथै सहरका विभिन्न ठाउँमा आयोजना गरिएका इद मिलन कार्यक्रममा पनि स्थानीय तहकै निर्वाचनको चर्चा परिचर्चासँगै उम्मेदवारले शुभकामना दिँदै मत मागिररहेका छन्।
प्रदेश मन्त्री मोक्तानलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण पत्र
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २० गते । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमति प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका शाखा अधिकृत प्रकाश घिमिरेद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा सोको जानकारी दिइएको छ । मन्त्री मोक्तान चुनावी प्रचार प्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि उहाँलाई त्यसबारेमा के भएको हो आधार प्रमाणसहित आयोगलाई स्पष्ट गर्न अनुरोध गरेको आयोगले जनाएको छ । आयोगको पत्रमा भनिएको छ, “तपाई निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) बिपरितको कार्य गरेको देखिँदा तपाईलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने ? भन्ने विषयमा २४ घण्टाभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी स्पष्टीकरण दिन हुन आदेशअनुसार अनुरोध गरिन्छ ।” निर्वाचन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।
पार्टीको प्रतिवद्धता लिएर जनतामा जानुहोस् : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको प्रतिवद्धता लिएर जनतासँग जान निर्देशन दिनुभएको छ।
विविधता नै नेपाली समाजको पहिचान
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सबैलाई समान अवसर प्रदान गरेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य रहिआएको बताउनुभयो ।