राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले सो नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुभएको छ ।
गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार
गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममाथि छलफल सुरु (लाइभ)
प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो ।
बजेट महिलामैत्री बनाउन माग गर्दै गृहमन्त्रीलाई कांग्रेस नेत्रीको ज्ञापनपत्र
काठमाडौँ, जेठ ११ गते। नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेतृत्वको पार्टीका केन्द्रीय सदस्यहरूको टोलीले आगामी वर्षको बजेट महिलामैत्री बनाउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ। गृह मन्त्रालयमा बुधबार टोलीको तर्फबाट कांग्रेस सहमहामन्त्री उपाध्यायले गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाउनु भएको हो। ज्ञापनपत्रमा लैंगिक हिंसाका घटनामा दोषी देखिएकालाई कारबाहीका लागि रहेको विद्यमान कानुनी व्यवस्था र सजायसम्बन्धी प्रावधानमा थप कडाइ गर्नु पर्ने, नेपालको संविधानको धारा ३८ मा उल्लेखित महिलाको हक बमोजिम सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता, संविधानको धारा १२ बमोजिम आमाको नामबाट नागरिकता, समानता र समावेशिता, सामाजिक सुरक्षा र मूल्य वृद्धि र महंगीका विषय समेटिएका छन्।ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले महिला नेत्रीको टोलीले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो। ‘तपाईहरूले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषय सम्बोधन गर्ने पहल थाल्छौँ।’टोलीमा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य र सांसद सहभागी हुनुहुन्थ्यो।
‘वालेन जितेर एक पटक गाउँ आऊ’
‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आउ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’
‘उपभोक्ता संरक्षण परिषद्लाई सक्रिय बनाउँनुहुँदै मन्त्री बडू’
काठमाडौं, जेठ ११ गते। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्ताको अधिकार संरक्षण र प्रचलन, आपूर्ति व्यवस्था र वस्तु वा सेवाको मूल्य तथा गुणस्तर निर्धारण सम्बन्धी विषयमा नीति बनाउनेलगायतका महत्वपूर्ण काम, कर्तव्य र अधिकार भएको उपभोक्ता संरक्षण परिषद्लाई सक्रिय बनाइने बताउनुभएको छ। उपभोक्ता संरक्षण परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री बडूले उपभोक्ताको अधिकार संरक्षणका लागि ऐन, नियम, नीतिमा संशोधन, परिमार्जन सम्बन्धी व्यवस्था गरी परिषद्लाई क्रियाशील बनाउने प्रबन्धका लागि मातहतका निकायलाई निर्देशनसमेत दिनुभएको छ। मन्त्री बडूले बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, गुणस्तर, परिमाण, शुद्धता र अनुचित व्यापारिक क्रियाकलापका बारेमा व्यापक असन्तुष्टि बढिरहेकोले त्यस्तो अवस्था अन्त्यका लागि सबै तहका सरकार जिम्मेवार, निजीक्षेत्र इमान्दार र उपभोक्ता सचेत बन्नुपर्ने बताउनुभयो। ‘‘बजारमा अश्वभाविक मूल्यवृद्धि, अनुचित व्यापारिक क्रियाकलाप, बजार अनुगमन गर्ने सरकारी संयन्त्रको प्रभावकारिताका सम्बन्धमा नागरिकले प्रश्न उठाइरहेका छन्’’ माननीय मन्त्रीज्यूले भन्नुभयो, ‘‘आम उपभोक्तालाई केन्द्रमा राखेर आफ्नो क्षेत्राधिकारमा रहेका वस्तु, सेवा र भूगोलमा इमान्दारितापूर्वक सबै तहका सरकार, निकाय र कार्यालयले नियमित बजार अनुगमन गर्नुपर्छ र यसमा सबैको सहयोग आवश्यक छ।’’ उहाँले लोकतन्त्रमा नागरिक नै सबैभन्दा महत्वपूर्ण पक्ष र प्रमुख सरोकारवाला भएकोले विद्यालयदेखि नै उपभोक्ता शिक्षामार्फत सचेतिकरण गर्न आवश्यक प्रबन्ध जरुरी रहेको बताउनुभयो।
आगामी निर्वाचनको तयारी गर्ने एमाले संसदीय दलको निष्कर्ष
नेकपा (एमाले) को बुधबारको संसदीय दलको बैठकले आगामी निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ।
जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताउनुभएको छ ।
काठमाडौं महानगर प्रमुखमा वालेन्द्रको मत ५६ हजार बढी
काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५६ हजार १४८ मत ल्याउनुभएको छ।