सर्भर डाउन हुँदा ६५ करोड रुपियाँ भुक्तानी रोकियो
सुदूरश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको सिस्टम एक दिन बन्द हुँदा ६५ करोड रुपियाँ भुक्तानी रोकिएको छ । असार २४ गते ‘सीएस सिस्टम’ बन्द भएपछि सुदूरपश्चिम प्रदेशका विकासे मन्त्रालयको भुक्तानी रोकिएको हो ।
विद्युतगृहको सुरुङ खन्ने काम सम्पन्न भएपछि..
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युतगृहको सुरुङ खन्ने काम सकिएपछि शुक्रबार तस्बिर खिचाउँदै प्राविधिक टोली ।
मनोरञ्जन क्षेत्रका श्रमिकको अवस्था निक्कै नाजुक
अनौपचारिक क्षेत्रका श्रमिकलाई सरकारले पहिचान नगर्दा कोभिड–१९ को महामारीपछि मनोरञ्जन क्षेत्रका श्रमिकको सामाजिक, आर्थिक र मानसिक अवस्था निक्कै नाजुक भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
अर्थ मन्त्रालयको सीसीटिभीबारे अन्तरिम आदेश भएन
सर्वोच्च अदालतले अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयको सीसीटिभी डाटाबारे अन्तरिक आदेश जारी गरिरहन नपर्ने बताएको छ ।
अध्यक्ष तिमिल्सिना र भारतीय राजदूत श्रीवास्तवबीच भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उहाँहरुबीच शिष्टाचार भेट भएको हो ।
सुदूरपश्चिम प्रदेशको बेरुजु एक अर्ब ५४ करोड ९६ लाख पुग्यो
सुदूरपश्चिम प्रदेशको बेरुजु रकम घट्नुको सट्टा बढ्दैगएको छ । महालेखापरीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९ अनुसार यो प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख रुपियाँ पुगेको छ ।
कालीगण्डकी करिडोर निर्माण सम्पन्न गर्न अझै सात वर्ष लाग्ने
भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोर निर्माण सक्न अझै सात वर्ष लाग्ने देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कालिगण्डकी करिडोरको निर्माण कार्य चलिरहे पनि निर्माण कम्पनीको ढिलाइ र मालढुङ्गा–बेनी–जोमसोम सडकखण्ड अन्तर्गतमा वर्षयाममा आएको बाढी र र पहिरोले सडकमा क्षति गरेपछि स्तरोन्नति गर्नुपर्ने भएकाले समय लाग्ने देखिएको हो ।
तराई–मधेसमा दैनिक गर्मी बढ्यो
तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा
आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।