लगातारको वर्षापछि चितवनमा बाढीको जोखिम
दुई दिन अघिदेखिको लगातारको वर्षापछि हुन सक्ने नदी कटान र डुबानलाई दृष्टिगत गर्दै चितवन नवलपुर क्षेत्रको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सार्वजनिक अपिल गरेको छ ।
नेपाल बौद्ध महासंघको अध्यक्षमा भण्डारी निर्वाचित
नेपाल बौद्ध महासंघको अध्यक्षमा खेन्पो कमल भण्डारी निर्वाचित हुनु भएको छ । सोमबार साँझ सम्पन्न छैटौँ महाधिवेशनले भण्डारी सहित १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
बुधबारदेखि मौसममा सुधार हुने
आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताउनुभयो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग नेपालको भएकाले फिर्ताको लागि निरन्तर प्रयास र पहलको खाँचो भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ती भूभाग नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभयो ।
जीर्ण भवनभित्र क्याम्पसको पठनपाठन
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अधिकांश भवन जीर्ण अवस्थामा रहेको छ । करिब ५० बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहेको क्याम्पस प्रमुख लालमणी आचार्यले जानकारी दिनुभयो । भवन जीर्ण भए पनि त्यही भवनमा पठनपाठनको काम हुँदैआएको छ ।
नेता बिप्लबसहितका नेता कार्यकर्ताविरुद्ध पक्राउपूर्जी जारी
जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेता–कार्यकर्ताविरुद्ध पक्राउपुर्जी जारी गरेको छ । अदालतले सोमबार हातहतियार तथा खरखजाना मुद्दा, बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध मुद्दा, हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी कसुर गरेको भन्दै ३५ दिने पक्राउपुर्जी जारी गरेको हो ।
त्रिशुली नदी किनारमा बस खस्यो : १८ घाइते
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । चार जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट धादिङतर्फ जाँदैगरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो बस सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मन्त्री रावल र प्रहरी महानिरीक्षकबीच भेट
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच भेटवार्ता भएको छ । मन्त्री रावलको कार्यकक्षमा सोमबार दिउँसो उहाँहरुबीच भेटवार्ता भएको हो ।
विदेशी मजदुरको लागत सङ्कलन गर्न समितिको निर्देशन
संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत सङ्कलन गर्न निर्देशन दिएको छ ।