खेताला चालकको भरमा अस्पतालको शव वाहन
जिल्ला अस्पताल धादिङमा शव वाहन छ तर चालक छैन । धेरैलाई त शव वाहन छ भन्ने थाहा छैन । थाहा हुनेले पनि आवश्यक पर्दा चालक अभावमा प्रयोग गर्न पाउँदैनन् । प्रयोग गर्नेले खेताला चालक व्यवस्था गरेर मात्र प्रयोग गर्छन् । शव बाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न नसक्दा हरेक पटक अन्य गाडीका चालक खोजेर शव बाहन चलाउनु पर्ने बाध्यता छ ।
साँझ सौर्य आँधी पृथ्वी नजिक आउँदै, स्याटलाइट र पावर ग्रिडमा समस्या हुनसक्ने
सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । वैज्ञानिकहरुले यसको नाम 'सन होल सोलार स्टर्म' दिएका छन् । वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ ।
बेपत्ता सुनारको शव फेला
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मङ्गलबार खोलाले बगाएर बेपत्ता भएका दिल कुमार सुनारको शव फेला परेको छ । बाणगंगा नगरपालिका ९ बर्दवास्थित कोइली खोलाले सुनार परिवारका तीन जना बगाएको थियो ।
मेलम्चीको थकनीका १२ घर उच्च जोखिममा
तीन दिनदेखि निरन्तर परेको वर्षाले मेलम्ची नगरपालिका–४ थकनी थङसिङटोलका १२ घर उच्च जोखिममा परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–३ भोटेफूल्पिङ टोलका पाँच घर उच्च जोखिममा परेको छ ।
देशभर मौसम सामान्यदेखि पूर्ण बदली
हाल देशभर सौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बाइस लाख ५० हजार नगदसहित संस्कृति मन्त्रालयका उपसचिव पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । नेपाललाई २२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिइएको छ ।
लुम्बिनी गुरूयोजना विपरीत गरिएको ‘रिसोर्ट सञ्चालन अनुमति’ खारेज
लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद् बैठकले सो निर्णय खारेज गरेको हो ।
लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र
लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो ।
म्याग्दीमा पहिरो जाँदा दुई जनाको मृत्यु, तीन बेपत्ता
अविरल वर्षाका कारण पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु र तीन जना अझैँ बेपत्ता रहेका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घमबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नवीन विकको मृत्यु भएको हो ।