नयाँ वर्षको नयाँ यात्रा
अघिल्लो वर्षको समीक्षा गर्दै नयाँ वर्षमा उज्ज्वल भविष्यको परिकल्पना गरिन्छ । त्यसैले नयाँ वर्षको नयाँ यात्रा उपलब्धिमूलक बनाउनु पर्छ ।हिमालमा गयो जाडो, लोक सानन्द देखियो ।उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो ।।कविशिरोमणि लेखनाथ पौड्यालको ऋतुविचार खण्डकाव्यको माथि उल्लिखित पङ्क्तिमा उल्लेख गरिए जस्तै जाडोमा कठ्याङ्ग्रिएको तन, मन ऋतुराज वसन्तका फूलहरूसँगै उल्लासित बन्न थालेका छन् । वनबगैँचाको सुन्दरताले प्रकृतिमा नवीन रौनक छाएको छ । कोइलीको कुहुकुहु र काफल पाक्यो चराको गुञ्जनले वातावरण आनन्दमय बनाएको छ । जडताले जकडिएको जीवन एक पटक फेरि जाँगरको स्वतन्त्रतामा चङ्गा जसरी उड्न थालेको छ । आजदेखि आरम्भ भएको नयाँ वर्षको आगमनले यस अवसरमा विशेष महŒव राख्छ ।प्रकृतिमा आएको यस्तो परिवर्तनसँगै घर, कार्यालयका भित्ता र टेबलमा आजैदेखि नयाँ वर्षको पात्रो फेरिएको छ । नयाँ वर्षको दिन आपसमा सद्भाव आदानप्रदान गर्ने, शुभकामना लिनेदिने, साथीभाइ, इष्टमित्र भेटघाट गर्ने, विभिन्न कार्यव्रmम आयोजना गर्ने, मठमन्दिरमा गई पूजाआजा गर्ने तथा मिठा परिकार बनाएर हर्षोल्लासका साथ मनाउने नेपालीको चलन रहिआएको छ । नेपाल मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीले यसै गरी एकआपसमा शुभकामना साटासाट गरेर नयाँ वर्ष मनाउँदै छन् । साथीभाइ, इष्टमित्रबिच आपसमा शुभकामना आदानप्रदान कार्यव्रmम जारी छ । सामाजिक सञ्जालका भित्ता नयाँ वर्षको शुभकामनाले भरिएका छन् । नयाँ वर्ष भन्नासाथ हामीमा स्वाभाविक रूपमा खुसी र उमङ्गको सञ्चार भइहाल्छ । अझ केटाकेटी त कति दिन पहिलादेखि औँला भाँचेर दिनगन्ती गर्दै नयाँ वर्षको पर्खाइमा रहेका हुन्छन् । खास गरी युवापुस्ताले नयाँ वर्षमा नयाँ उत्साह, नयाँ उमङ्ग, नयाँ जोस र नयाँ जाँगरका साथ सुन्दर भविष्यको कल्पना गरेका हुन्छन् । हुन त नयाँ वर्ष भनेको मानिसको जीवनमा रातपछिको बिहानी जस्तै हो । त्यस अर्थमा एउटा वर्ष सकिएर अर्को वर्षको थालनी हुनुलाई स्वाभाविक रूपमा लिनु पर्छ । वर्ष २०८१ ले हामीबाट बिदा लिएको सन्दर्भमा आजको दिन भनेको वर्षभरि भएगरेका कामको समीक्षा गर्ने दिन हो । यसरी अघिल्लो वर्षको समीक्षा गर्दै नयाँ योजनाको खाका कोर्ने दिन पनि हो । वर्षभरि के कस्ता काम ग¥यौँ ? कति सफल भयौँ, कति असफल भयौँ ? के कस्ता चुनौती आइलागे ? ती चुनौती पार गर्न के कस्तो पहल ग¥यौँ ? थप सफलता हात पार्न के गर्नुपथ्र्यो ? लगायतका विषयमा गम्भीर ढङ्गबाट मनन, समीक्षा गर्नु पर्छ । यस्तो समीक्षाले विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन मद्दत गर्छ । वर्तमान राम्रो हुनासाथ त्यसका आधारमा भविष्य राम्रो हुने छ भन्ने अनुमान लगाउन सकिन्छ । त्यस अर्थमा आजको दिन भनेको भविष्यको योजना बनाउने र ती योजना पूरा गर्न प्रतिबद्धता जनाउने दिन पनि हो । नयाँ वर्षबाट हरेकले नवीनतम उमङ्गको अपेक्षा गरेका हुन्छन् । यस्तो अपेक्षा गर्दै गर्दा त्यस अनुसार व्यवहार परिवर्तन गरी आफूलाई सुधार्न सकेनौँ भने भित्तामा टाँसिएको पात्रो फेरिनुबाहेक नयाँ वर्षको अरू कुनै विशेष उपलब्धि हुन सक्दैन । हुन त नयाँ वर्षको दिनमा धेरै मानिसले आजदेखि म यो काम गर्छु, यो काम गर्दिनँ भनेर सूची नै तयार गरी परिवारका सदस्य र साथीभाइबिच प्रतिबद्धता पनि गर्ने गर्छन् । हो, नयाँ वर्ष भनेको हिजोका नराम्रा आदत र प्रवृत्ति छाडेर असल काम गर्न प्रतिबद्धता जनाउने दिन पनि हो । यसै गरी सकारात्मक सोचको विकास गर्दै जाँदा त्यसले हरेक मानिसलाई जीवन र जगत्का बारेमा बुझ्न मद्दत गर्छ । नयाँ वर्षको दिनमा गरिएका प्रतिबद्धता एक महिना नबित्दै भुल्ने बानी आमनेपालीमा छ । भनिन्छ, बुद्धिमान् मानिसले बितेको समयमा गर्न नसकेका कामका बारेमा चिन्ता गर्नुभन्दा त्यसबाट सिकेर भविष्य कसरी उज्ज्वल र उपलब्धिमूलक बनाउन सकिन्छ भनेर चिन्तन गर्ने गर्छन् । हुन पनि बितेको समयका बारेमा चिन्तन गरेर बस्नु भनेको समय खेर फाल्नु मात्र हो । त्यसकारण नयाँ वर्ष मनाउँदै गर्दाको खुसियाली त्यतिबेला सार्थक हुन जान्छ, जतिबेला हिजोका दिनमा जानेर वा नजानेर भएका वा गरिएका गल्ती आज दोहोरिन पाउँदैनन् । अघिल्लो वर्षको समीक्षा गर्दै गर्दा हरेक व्यक्ति भविष्यप्रति आशावादी हुनै पर्छ । किनभने सुन्दर भविष्य निर्माणका लागि हरेकले असल कर्म गर्नुपर्ने हुन्छ । धेरैले आफ्नो कार्ययोजना, कार्यान्वयनको खाका र त्यो खाका पूरा गर्ने सपना बुनेका हुन्छन् । यति मात्रै होइन, नयाँ वर्षमा एकले अर्कोलाई ती सपना पूरा होस् भन्ने कामनासमेत गर्ने गरिन्छ । अरूले त कामना गर्ने मात्र हो, त्यसलाई कार्यान्वयन गर्न व्यक्ति स्वयं व्रिmयाशील हुनु पर्छ । नयाँ वर्ष र राजनीति नेपालमा राजनीतिक स्थायित्व नहुँदा समाजका हरेक विषय राजनीतिसँग जोडिएर आउने गरेका छन् । कतिसम्म भने हामीले नयाँ वर्षको शुभकामना आदानप्रदान गरिरहँदासमेत त्यसमा राजनीतिक चिन्ता र चासो मिसिने गरेको छ । हरेक जाति, वर्ग, क्षेत्र, पेसा र व्यवसायमा आबद्ध सदस्यका आआफ्ना समस्या छन्; जसको हल राजनीतिक नेतृत्वको सार्थक पहलबिना हुन सक्दैन । उदाहरणका लागि देशभरका शिक्षक राजनीतिक नेतृत्वमाथि आफ्ना पेसागत मुद्दा सम्बोधन गर्न दबाब दिने उद्देश्यले पछिल्लो दुई सातादेखि राजधानीको सडकमा आन्दोलनरत छन् । राजनीतिक दलको नेतृत्वले तिनका पेसागत मुद्दा सम्बोधन गर्न पहल नगरेसम्म यो समस्या हल हुन सक्दैन । सत्ताबाहिर एउटा कुरा गर्ने राजनीतिक नेतृत्वले सत्तामा पुगेपछि बोली र व्यवहार फेर्ने गरेको छ । राजनीतिक दलका नेताको व्यवहार र कार्यशैलीका कारण यतिबेला आमनागरिकमा असन्तुष्टि चुलिएको छ । पारिवारिक जमघट, चियाचौतारी, भोजभतेर, सभासम्मेलन जस्ता जुनसुकै जमघटमा पनि नागरिकले दिक्दारी र हैरानीका कुरा सुनाउने गरेका छन् । ससाना कामका लागि सरकारी कार्यालय जाँदा त्यहाँका अधिकारीले अनावश्यक दुःख र झन्झट दिने गरेको उनीहरूको गुनासो सुनिन्छ । यसरी हैरानी भएका नागरिकका मुखबाट सुनिन्छ– नेताहरूको कार्यशैलीका कारण देश बिग्रियो, बर्बाद भयो । कहीँ कसैका मुखबाट आसलाग्दो कुरा बिरलै सुन्न पाइन्छ । यस्ता निराश कुरा सुन्दा खास गरी युवापुस्ता अब यहाँ बसेर केही पनि हुँदैन भन्ने निष्कर्षका साथ अध्ययन वा रोजगारीका नाममा विदेश पलायन हुने व्रmम बढ्दो छ । हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको युवाको भिडबाट पनि यसको पुष्टि हुन्छ । यो भनेको राजनीतिक दल र तिनका नेताप्रतिको अविश्वास हो । तिनीहरूमाथिको भरोसा टुट्दै गएको बलियो प्रमाण हो । राजनीतिक दलका नेताहरू खास गरी सत्ताउन्मादमा रहेका बेला यो वास्तविकता आत्मसात् गर्न तयार हुँदैनन्, स्विकार्न तयार हुँदैनन् मात्र होइन; यस्ता कुरा सुन्नसमेत तयार हँुदैनन् । किनभने उनीहरू कर्णप्रिय कुरा गर्ने व्यक्तिका घेराबन्दीमा रमाएका हुन्छन्; जुन घेराबन्दीमा आलोचना भन्ने शब्दै हुँदैन । नागरिक तहमा बढेको यो हदको निराशालाई चिरेर आशामा बदल्ने काम खास गरी दलका नेताहरूकै हो । उनीहरूकै कमजोरीका कारण यी र यस्ता समस्या उत्पन्न भएका हुन् भने त्यसको समाधानका लागि उनीहरूले नै अग्रसरता लिनु पर्छ । किनभने परिवर्तित समयको गतिलाई आत्मसात् गर्न सके सकेनन् भने राजनीतिक नेतृत्वको सान्दर्भिकता र औचित्य समाप्त हुने छ । त्यतिबेला परिस्थिति यस्तो बिन्दुमा पुगिसकेको हुन्छ कि सुधार गर्ने होइन, पश्चात्ताप गरेर बस्नुको विकल्प हँुदैन । हाम्रो यो समस्या बाहिरबाट आएर कसैले हल गरिदेला कि भनेर अरूको मुख ताकेर बस्नु भनेको परनिर्भरतासिवाय अरू केही हुनै सक्दैन । त्यसकारण त्यो अवस्था आउन नदिन खास गरी राजनीतिक नेतृत्व बढी नै जिम्मेवार हुनु पर्छ । नयाँ वर्षले दलका नेताहरूलाई सद्बुद्धि देओस् ।
राजतन्त्रको असान्दर्भिक बहस
पञ्चायतमा बसेर मोजमस्ती गरेकाहरूले नै राजा भन्ने गरेका छन् । के नेपाल अहिले आएर गरिब राष्ट्रमा दर्ज भएको हो ? के नेपाल अहिले आएर विदेशी ऋणमा परेको हो ? जुन बेला राजतन्त्र थियो, त्यही समयमा नेपाल विश्वको गरिब राष्ट्रमा दर्ज थियो । विसं २०२६ सालतिरै हरेक नेपालीको टाउकोमा हजारौँ रुपियाँ ऋण थियो ।नेपालमा २०्६५ सालबाट मात्र राजतन्त्र सामाप्त भयो । २०४७ सालबाट दलको प्रतिबन्ध हटेर राजतन्त्रात्मक बहुदलीय व्यवस्था कायम भयो । २०४७ देखि २०५१ सालसम्म दलहरूले राजतन्त्रको साङ्गठनिक संरचना हल्लाउनै सकेनन् किनकि दलहरू आलाकाँचा थिए । पूरै कर्मचारीतन्त्र सेना, प्रहरी र निजामती राजतन्त्रको प्रभावमा थियो । यत्तिकैमा नेपालमा २०४७ को व्यवस्था वा संविधानविरुद्ध नेकपा (माओवादी) ले २०५२ सालमा सशस्त्र सङ्घर्ष घोषणा ग¥यो । राजा र दलहरू मिलेर सशस्त्र सङ्घर्षविरुद्ध लाग्नुपर्ने अवस्था उत्पन्न भयो । १० वर्ष त यसरी देशका सबै शक्तिले सशस्त्र सङ्घर्षकै सेरोफेरोमा बिताए । विसं २०६५ बाट देशमा राजा रहेनन्, गणतन्त्र आयो । राजतन्त्रका सबै संरचना समाप्त पारेर संविधान सभाबाट संविधान जारी गर्नुपर्ने परिस्थिति आयो । यो कार्य गर्न आठ वर्ष लाग्यो । यसको अर्थ दलहरूले देश र जनताका लागि उन्नति गर्ने र विकास गर्ने समय लगभग १८ वर्ष राजतन्त्रको शासन र तत्कालीन व्यवस्था बदल्नकै लागि खर्च भयो । २०१७ सालदेखि २०६३ सम्मको राजतन्त्र ढाल्न देशको सबै जनशक्ति खर्च भयो । २०७२ मा नेपालको संविधान जारी भएपछि संविधान अनुरूपको संरचना तयार गर्न तीन तहको आमनिर्वाचन गर्न र त्यस अनुरूप नेपाल कानुन बनाउनुपर्ने भयो । यसको मतलब मुलुकले प्राप्त गर्ने आयस्रोत र ध्यान यही काममा खर्चिनुपर्ने बाध्यात्मक अवस्था थियो । सबै जनधनको खर्च राजतन्त्रका कारण भयो । राजतन्त्र नै मुलुकको बर्बादीको कारण थियो । नेपालका सबै उत्पादनका साधन र आयस्रोत राजामाथि तैनाथ थियो । यो तैनाथीको बन्दोबस्त अहिलेको राप्रपाका नेता वा उनका वंशले गर्थे । भारतमा र चीनमा राजतन्त्र उन्मूलन भयो । त्यसपछि विकास पनि तीव्र गतिमा हुन थाल्यो । नेपालमा राजतन्त्र २०६५ सालमा मात्र उन्मूलन भयो । यसका अवशेष समाप्त पार्न संविधान जारी गरी सो अनुरूपको राज्यसंयन्त्र तयार गर्नुपर्दा र सो संयन्त्रले गति लिन आवश्यक कानुन र निकाय बनाउँदा राज्यको ध्यान र शक्ति त्यसैमा केन्द्रित भयो । २०७९ पछिको निर्वाचनबाट मात्र देश विकासले गति लिनुपर्ने अवस्था थियो । २०६५ मा हटेका राजा र उनका मतियारले २०८१ मै देशले विकास गर्न सकेन, अब राजा अगाडि बढ्नुपर्ने अवस्था आयो भनेर अराजक गतिविधि गर्न थालेका छन् । एउटा तन्त्र फालेर अर्को तन्त्र स्थापना र सञ्चालन गर्न केही वर्ष लाग्नु सामान्य र स्वाभाविक हो । मुलुक समृद्ध र विकासको यात्रामा अल्मलिएको छ । राजतन्त्रको जर्जर दमनबाट मुलुक गरिबी र विदेशी ऋणबाट मुक्त हुन सकेन । फलस्वरूप रोजगारी पर्याप्त भएन । नतिजा देशका युवा विदेश जान बाध्य भए । यसैलाई व्यवस्थाका विरोधीले विरोध गर्ने निहुँ बनाए । २०७२ सालपछि २०७४ मा यो संविधान अनुरूप पहिलो पटक संसद् र प्रदेश सभाको चुनाव भयो । यसपछि गणतन्त्र यथार्थमा सुरु भयो । गणतन्त्रले काम गर्न थालेको सात वर्ष भयो । यसमा पनि कानुन राजतन्त्रको थियो । त्यसलाई बदल्न करिब दुई वर्ष लाग्यो । यसको अर्थ पाँच वर्ष भयो गणतन्त्र सव्रिmय भएको । २०६५ देखि २०७५ सम्म त गणतन्त्र पनि यो संविधानबमोजिम स्थापना नभएको अवस्था थियो । राजतन्त्रका पक्षधर २०४७ देखि नै दल प्रतिबन्ध हटेकाले दोष सबै दललाई लगाउन थालेका छन् । गणतन्त्र नआउँदासम्म राजतन्त्र नै कायम थियो । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबै अङ्गको प्रमुख राजा नै थिए । सेनाका प्रमुख राजा नै थिए । नेपाल सरकार नै थिएन । राजाको प्रशस्ती नै राष्ट्रिय गान थियो । यसलाई भत्काउन सशस्त्र सङ्घर्ष भएको थियो । यसैको जगमा २०६२÷६३ को जनआन्दोलन भएको थियो । गणतन्त्र सव्रिmय भएको छ वर्ष मात्र भएको छ । यो छ वर्षमा भएको परिवर्तन युवापुस्ताले देखेको छ । युवापुस्तालाई के लागेको छ भने ब्रिटेन र जापानमा राजा छन् अनि देश पनि विकास भएको छ । नेपालमा राजा हटाएको हुनाले देश विकास हुन सकेन कि ? यसको जवाफ छ– बास्तवमा राजा हटेपछि मात्र देशमा विकास हुन थालेको हो । त्यसअगाडि त देश हैन राजाको हैसियत कसरी अगाडि बढाउने भन्ने मात्र थियो । जापान र ब्रिटेनमा राजतन्त्र छैन, राजा मात्र छ । नेपालमा विगतमा खाई पल्केकाहरू राजतन्त्र नै चाहन्छन् । केही दल राजा राख्न चाहन्छन् । सबै जसो दल राजा र राजतन्त्र चाहँदैनन् । स्वयं विगतका राजा भने राजतन्त्र नै चाहन्छन् । यही त्रिसङ्गमको बहस चलिरहेको छ– राजा, राजतन्त्र र गणतन्त्र । बहस गर्न धेरै मानिस आवश्यक पर्दैन, एक जनाले गरे पनि हुन्छ । बहसको कुरा कायम गर्न भने देश नै बहुमतमा जानु पर्छ । अहिले त्यो राजा र राजतन्त्रको बहस गर्ने र बहुमत लिने अवस्था, परिस्थिति देखिँदैन । यसमा कोही भ्रममा पर्न हँुदैन । कांग्रेसको सिद्धान्त पनि राजतन्त्र हैन । राजा पनि हैन । ऊ त डेमोव्रmेसीको पक्षधर हो । बिपी र मदन भण्डारीले त्यो बेलाको परिस्थितिको कुरा गरेका हुन् । आजको परिस्थितिमा उनीहरूले पनि यो भन्नुहुन्नथ्यो भन्ने सोझै अनुमान गर्न सकिन्छ । राजतन्त्र कुनै वाद हैन । कांग्रेस पनि राजातन्त्र वा राजावाद मान्दैन । ऊ राजावादी हो भने चीन र भारतमा पनि राजा चाहियो भनिन्थ्यो होला नि ? नेपालमा पञ्चायती निरङ्कुशतन्त्रमा बिपीले भनेको कुरा सिद्धान्तको होइन, परिस्थितिको हो । राजतन्त्र भएको बेलामा मदन भण्डारीले राजासहितको बहुदलीय जनवाद भनेको कुरा अहिले सान्दर्भिक हँुदैन । तसर्थ नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको पक्षमा लाग्ने र नेपालको निरङ्कुश राजतन्त्रबारे अञ्जान भएको व्यक्तिबाहेक कुनै पनि दल राजा–राजतन्त्रको पक्षमा छैनन् । अब कुनै पनि दलमा राजाका बारेमा जिज्ञासा राख्ने वा दलको नेतृत्वसँग ईष्र्या भएका वा नेतासँग बदलाको भावना लिन बाध्य भएकाहरूले राजा देखाउने र त्यता लागेको प्रचार गर्ने गरेका देखिन्छन् । एउटै व्यक्ति कांग्रेस कम्युनिस्टमा सदस्य र विभिन्न पदमा छन् । नेता बनेर मोलतोल गर्दै पदमा बसेकाहरू नै अहिले राजा र राजतन्त्रको पक्षमा देखा परेका छन् । पञ्चायतमा बसेर मोजमस्ती गरेकाहरूले नै राजा भन्ने गरेका छन् । के नेपाल अहिले आएर गरिब राष्ट्रमा दर्ज भएको हो ? के नेपाल अहिले आएर विदेशी ऋणमा परेको हो ? जुन बेला राजतन्त्र थियो, त्यही समयमा नेपाल विश्वको गरिब राष्ट्रमा दर्ज थियो । विसं २०२६ तिरै हरेक नेपालीको टाउकोमा हजारौँ रुपियाँ ऋण थियो । नेपालका सबै आयस्रोत हुने संस्थामा राजपरिवारबाटै प्रमुख हुन्थे । नेपालका सबै सरकारी उद्योगमा राजपरिवारकै हालीमुहाली हुन्थ्यो । नेपालमा राजपरिवार वा उसका सहयोगीबाहेककाले वैदेशिक व्यापार वा उद्योग गर्न पाउँदैनथे । नेपालमा विदेशी सहयोगमा खुलेका उद्योगको आम्दानीमा पनि राजपरिवारको हालीमुहाली हुन्थ्यो । राजपरिवारको सबै पारिवारिक खर्च राज्य कोषबाटै बेहोरिन्थ्यो । राजपरिवार ठुलो सङ्ख्यामा हुन्थे । मावलीपट्टि माइतीपट्टि, दिदीबहिनी, ज्वाइँ, जेठानका विभिन्न दरसन्तान आदि आदि सबै राज्यकोषमै निर्भर हुन्थे । यतिले नपुगेर अवैध व्यापार पनि यिनै गर्थे । यसैले गर्दा सबै विदेशी सहयोगमा खुलेका उद्योग धराशायी हुन पुगे । निजीकरण गर्ने नीति राजतन्त्रमै भयो । नेपाल अरब बैङ्क २०४२ सालमै राजतन्त्रमा खुल्यो । आर्थिक उदारीकरण कम्पनी ऐनले सुरु गरेको थियो । त्यसबेला सरकारी कम्पनी करोडौँकरोड घाटामा थिए । अहिलेको भाउमा त्यो रकम अर्बौंको हुन्छ । यसरी राजतन्त्रकालमै उद्योग निजीकरण भयो । गणतन्त्रमा उद्योग निजीकरण भएको छैन । यो सबै बेलिविस्तार अहिलेको युवापुस्तामा पु¥याउन जरुरी छ ।
सुनको मूल्यमा उछालको वर्ष
एक वर्षको अवधिमा स्थानीय बजारमा सुनको मूूल्य झन्डै आधा लाख (५० हजार) रुपियाँले बढेको छ । २०८१ वैशाख २ मा प्रतितोला एक लाख ३६ हजार आठ सय रुपियाँ रहेको
नयाँ वर्षको शुभकामना !
आज नयाँ वर्ष–२०८२ को पहिलो दिन । वर्ष २०८१ ले बिदा लिएको छ । नयाँ वर्षको उत्साह र उमङ्गले नेपालीको मन रोमाञ्चित छ । विव्रmम संवत् मान्ने नेपाल, भारतलगायतका देशमा यतिबेला साँच्चै रौनक छ । वसन्तमा पालुवा छन् । फूलबारीमा वसन्त फूलवासनाले यौवना फव्रिmएको छ । हिमाली तथा पहाडी वनमा लालीगुराँस ढकमक्क फुलेको छ । केही दिनयताको पूर्वमनसुनी वर्षाले धुवाँ, धुलो हटाउँदै छ । जलसिञ्चनले धर्तीमातालाई नयाँ जीवनको आधार भर्दै छ । बर्से बालीका निम्ति किसानको आशा र भरोसा परिपक्व हुँदै छ । सौर्य मानकका हिसाबले नयाँ वर्षको विशिष्ट महŒव छ । हिन्दु पञ्चाङ्गमा आधारित पात्रो अनुसारको विव्रmम संवत् पश्चिमा जगत्ले मान्ने इस्वी संवत्भन्दा अघि नै प्रचलनमा आएको हो । पश्चिमा अङ्ग्रेजी पात्रोभन्दा इस्वी संवत् ५७ वर्ष आठ महिना १५ दिनले अघि छ । वैदिक समयाङ्कनमा आधारित यो पात्रो सूर्यसँग सम्बद्ध छ । त्यसैले पनि विसं अनुसारका महिनाका नाम नक्षत्रका नाममा आधारित छन् । राजा विव्रmमादित्यले चलाएको पात्रोको विशिष्ट कथन पनि छ । राजा विव्रmमादित्यको लगभग २१०० वर्षपहिले जन्म भएको मानिन्छ । उनी राजा गन्धर्व सेनका पुत्र थिए भने महान् संस्कृत कवि भर्तृहरिका भाइका रूपमा पनि उनलाई चिनिने गरिन्छ । विव्रmमको वीर तथा आदित्यको अर्थ सूर्य मानिन्छ । सूर्य जस्तो वीर हुनाले उनलाई विव्रmमादित्य भनिएको मानिन्छ । उज्जैनका राजा विव्रmमादित्यपछि अन्य राजालाई पनि विव्रmमादित्यको उपाधि दिने प्रचलन चलेको थियो । नेपालमा श्री ३ चन्द्रशमशेरले विव्रmम संवत्को पात्रो चलनचल्तीमा ल्याएसँगै बर्सेनि वैशाख १ गतेले नयाँ वर्षको उत्साह भर्दै आएको छ ।नयाँ वर्ष केवल पात्रो फेरिने दिन मात्र होइन; यसले नवीन आशा, विश्वास र अवसर दिन सक्नु पर्छ । गएको वर्ष नेपाल र नेपालीका निम्ति मिश्रित रह्यो । विशेष गरी नेपाली राजनीति बर्सौंदेखि अस्थिरतामा रुमल्लिएको थियो । आमनिर्वाचन–२०७९ पछि सरकारको समीकरण फेरिने व्रmमले झनै तीव्रता पाएको थियो । प्रधानमन्त्रीले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था देखियो । संसद्मा तेस्रो ठुलो दलको नेतृत्वले संसद्मा पहिलो र दोस्रो दललाई पालैपालो साथ लिएर सरकारको समीकरण फेरबदल गरिरहने प्रव्रिmया चाँचाँडो हुन थाल्यो । सरकारको फेरबदल र अस्थिरताले देशका सबै जसो क्षेत्रमा अस्थिरताको बादल मडारिनु स्वाभाविक जस्तै बन्यो । विशेष गरी अर्थतन्त्रले खास गति लिन सकेन । बैङ्क तथा वित्तीय क्षेत्रमा तरलता थुप्रिए पनि लगानी बढेन । लगानीको खासै वातावरण बन्न नसक्दा आय, उत्पादन र रोजगारी बढेन । त्यसै समयचव्रmमा संसद्मा रहेका पहिलो र दोस्रो राजनीतिक पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को असार मध्यमा मिलनले नयाँ सरकारको संरचना तयार भयो । असार अन्तिममा बनेको वर्तमान सरकारसँगै देशमा स्थिरता अनुभूत गरियो । साउनयता लगानीप्रति विश्वासको वातावरण बनेकै कारण मुलुकको सेयर बजारमा उछाल आउन थाल्यो ।राजनीतिक स्थिरतासँगै अहिले अर्थतन्त्रमा विश्वासको वातावरण बन्न थालेको छ । विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) जस्ता विश्वासिला वित्तीय संस्थाले नेपाली अर्थतन्त्र बिस्तारै सुधारको दिशातिर अग्रसर भएको प्रक्षेपण गरेका छन् । दुई ठुला दलको वर्तमान सरकार संविधान कार्यान्वयनको यो एक दशकमा देखिएका कमीकमजोरी हटाएर आमसहमतिमा संशोधन गरी नयाँ युगतर्फ मुलुकलाई अग्रसर गराउन प्रतिबद्ध छन् । सरकार निर्माण हुँदाका बखतमा गरिएको संविधान संशोधनलगायतका प्रतिबद्धता अनुसार वातावरण बनाउने दिशामा राजनीति अग्रसर देखिन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँदै मुलुकलाई समृद्धिको युगतर्फ अग्रसर गराउने मूल दायित्व सबै राजनीतिक दल र आमनागरिकको मौजुदा कार्यदिशा हो । यसबाट बहकिने छुट कसैलाई छैन तथापि कतिपयलाई गणतान्त्रिक उपलब्धि पाच्य नहुनु अस्वाभाविक भएन । उनीहरू लोकतान्त्रिक हक र अधिकारबाट नेपाली जनतालाई वञ्चित गर्दै फेरि निरङ्कुशको कालो सपनामा भुल्याउन खोजिरहेका छन् । प्रतिगमनतिरको यो कुयात्रा नेपाली जनतालाई किमार्थ मान्य छैन, हुँदैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य, मर्म र आदर्शलाई अझ सशक्त र बलियो बनाउँदै देशलाई समृद्धिको आधुनिक युगतर्फ लैजानु वाञ्छनीय छ । सुशासन र पारदर्शितालाई आत्मसात् गर्दै देशको सर्वाङ्गीण विकास अबको अपरिहार्य आवश्यकता हो । नयाँ वर्ष–२०८२ ले समृद्धिको महान् लक्ष्यमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई अवसर प्रदान गर्न सकोस्, हार्दिक शुभकामना !
सलहेस फूलबारी मेलामा मात्र सीमित
लहान नगरपालिका वडा नम्बर १२ र २२ मा रहेको सलहेस फूलबारीमा लाग्ने मेलाले हजारौँ पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको छ । यस दिन सलहेस मन्दिरअगाडि रहेको
कानुन संशोधनपछि आर्थिक क्षेत्रमा उत्साह : अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रसँग सम्बन्धित २९ वटा कानुन संशोधनपछि आर्थिक क्षेत्रमा उत्साह थपिएको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व नीतिका सम्बन्धमा रुपन्देहीका उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले यसले निजी क्षेत्रको मनोबल बढाएको बताउनुभएको हो ।
प्रविधिमार्फत अदालती कारबाही
पाँचथर जिल्ला अदालतले प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई न्यायको पहुँचमा जोड्न थालेको छ । यो अदालतले पछिल्लो समय भौति
द्रुतमार्गको चिनियाँ ठेकेदारलाई कारबाहीसहित भुक्तानीको माग
निजगढ–मकवानपुर–काठमाडौँ जोड्ने द्रुतमार्गको निर्माण कम्पनीले निर्माण सामग्रीबापतको भुक्तानी समयमा नदिए पनि नेपाली आपूर्तिकर्ता व्यवसायीले चिनियाँ कम्पनीलाई कारबाहीसहित भुक्तानीको माग गरेका छन् ।
क्रान्तिकारीले नयाँ धरातलबाट सोचौँः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ, वैशाख १ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, प्रगतिशील शक्तिहरु तथा देशभक्तहरुले नयाँ धरातलबाट सोच्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नयाँ वर्षको अवसरमा सबै कम्युनिष्ट क्रान्तिकारीहरुले नयाँ घरातलबाट सोचौँ, विगतमा कहाँ गल्ती भयो सबैले समीक्षा गरौँ, वर्तमान सङ्कटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात गरौँ ।”उहाँले आगामी ०८४ सालमा हुने निर्वाचनलाई ध्यानमा राख्दै कम्युनिष्टहरु बीचको फुट र विभाजनले ल्याउने परिणामको बारेमा सचेत हुन सबैलाई आग्रहसमेत गर्नुभएको छ । “वैज्ञानिक समाजवाद नै अब सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको साझा लक्ष्य हो भन्ने कुरामा एकमत बनौँ, पुँजीवादी जनवाद, बहुदलीय जनवादका थोत्रा बनिसकेका अवधारणाहरुबाट मुक्त बनौँ”, उहाँले भन्नुभएको छ । नेपाली विशेषताको समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति र लक्ष्यका आधारमा एकताबद्ध हुनुपर्ने उल्ल्ेख गर्दै उहाँले कम्युनिष्ट पार्टीलाई सर्वहारा श्रमिक वर्गको स्वतन्त्र क्रान्तिकारी शक्तिका रुपमा खडा गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई
काठमाडौँ, वैशाख १ गते । नेपाल समाजवादी पार्टी [नयाँ शक्ति] का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष भट्टराईले नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको हो ।शुभकामना सन्देशा अध्यक्ष भट्टराईले भन्नुभएको छ, “नयाँ बर्षले सम्पुर्ण नेपालीहरुमा सुख, समृद्धि र खुशी लिएर आओस् । सबै नेपालीहरुको मनको आकांक्षा पूरा होस् । राजनीतिक अस्थिरताको समाधान मिलोस् ।”
मुलुक आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनेछ : अध्यक्ष यादव
काठमाडौँ, वैशाख १ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ वर्षसँगै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त उहाँले भन्नुभएको छ, “नयाँ वर्षको शुभारम्भसँगै मुलुकमा आपसी एकता, भाईचारा, दीगो शान्ति, सामाजिक सद्भाव, सहिष्णुता, न्याय एवं राजनीतिक स्थायित्वलाई अझै सुदृढ बनाउँदै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर होस् भन्ने हार्दिक कामना गर्दछु ।”
समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ : अध्यक्ष दाहाल
काठमाडौँ, वैशाख १ गते । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना दिँदै उहाँले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइला अघि बढाउन आग्रह गर्नुभएको हो । “हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ, हामीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौं कीर्तिमान कायम गरेका छौँ, हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ”, शुभकामना सन्देशमा अध्यक्ष दाहालले भन्नुभएको छ । उहाँले वर्ष २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक स्थापित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नववर्षमा नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिनुपर्ने बताउनुभयो । २०८२ साल नयाँ चुनौती र अवसर लिएर आएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको पूर्ण कार्यान्वनमार्फत जनअपेक्षा पूरा गर्नेतर्फ ध्यान दिन सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
नयाँ वर्षमा बाँकी सबै ऐन कानुन निर्माण हुने छन् : राष्ट्रियसभा अध्यक्ष दाहाल
काठमाडौं, वैशाख १ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रुाद दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै ऐन कानुन छिटो छरितो निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले ८० को दशकलाई समृद्ध एवं विकसित नेपाल निर्माणको आधार बनाउन सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “सङ्घीय संसदले कानून निर्माण, सरकारका काम कारबाहीमा निगरानी र खबरदारी एवं जनताका आवाजको प्रतिनिधित्व गर्ने विशिष्ट भूमिका खेल्दै आएको छ, तर, नयाँ संविधान जारी भएको १० वर्ष पुग्नै लाग्दा पनि हामीले सङ्घीयता कार्यान्वयनसम्बन्धी महत्वपूर्ण कतिपय कानुन निर्माण गर्न सकेका छैनौँ ।” कानुन निर्माण गर्न नसक्दा सेवा प्रवाहमा असहजता पैदा हुने र नागरिकमा अन्योलता बढाउने उहाँको भनाइ छ । त्यसैले कानुन निर्माण गर्दा राजनीतिक दलहरू दलीय स्वार्थमा नलागी देशको समृद्धि र जनचाहना सम्बोधन गर्दै समस्या समाधानतर्फ केन्द्रित हुन जरूरी रहेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।“जनताका भावना र न्यूनतम आवश्यकता परिपूर्ति गर्न राज्यले प्रत्याभूति दिलाउन नसक्दा जनतामा फैलिएको निराशालाई प्रतिगामीहरूले हाम्रा उपलब्धिमाथि नै प्रश्न उठाउन खोज्नु ०८१ सालको दुखद पक्ष हो, त्यसतर्फ सचेत हुँदै गणतन्त्र विरोधी हर्कतलाई बेलैमा निस्तेज पारी गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र मात्रै हुन सक्दछ भन्ने विषय आम नागरिकलाई बुझाउनु हामी सबैको दायित्व हो”, सन्देशमा भनिएको छ ।
उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारः सभामुख घिमिरे
काठमाडौं वैशाख १ गते । सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवर्द्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास गर्नुभएको छ । नयाँ वर्षमा मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने उहाँको विश्वास छ । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हामीले लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, र शान्ति प्रक्रियाको संस्थागत अभ्यास सुरु गरिसकेका छौँ, यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो, हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन ।” विविध संस्कृतिहरू र गौरवशाली इतिहास बोकेको नेपाल नयाँ सम्भावनाहरूतर्फ अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा विकास र समृद्धिको दिशामा अघि बढ्न भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरूलाई सुदृढ गर्दै पूर्वाधार विकास गर्नुपर्ने बताउनुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “नयाँ वर्षले नेपाली समाजमा आपसी मेलमिलाप, एकता, समृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा लिएको छु ।”नेपालमा नयाँ वर्षको उत्सव सांस्कृतिक र सामाजिक परम्परासँग गहिरो रूपमा गाँसिएको उल्लेख गर्दै उहाँले नयाँ वर्षलाई नवीकरणको प्रतीकको रुपमा मानिने बताउनुभएको छ । जसले नयाँ लक्ष्य निर्धारण गर्न, सकारात्मक परिवर्तनलाई आत्मसात् गर्न र एकताको भावना विकसित गर्न प्रेरित गर्ने उहाँको विश्वास छ ।
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री
काठमाडौँ, वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनुुभएको छ ।नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।“नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गछौँ । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो ।’’प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’’प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।मुलुकमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेका, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताउनुभएको छ । सन्देशमा प्रधानमन्त्रीले भन्नुुभएको छ, “मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ ।’’
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउनुपर्ने छ : उपराष्ट्रपति यादव
काठमाडौँ, वैशाख १ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नयाँ वर्ष, २०८२ उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात गर्दै अगाडि बढ्पर्नेमा जोड दिनुभएको हो । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गर्दै नयाँ कानूनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न सम्बन्धित निकायलाई प्रतिबद्धताका साथ अघि बढन नयाँ वर्षले उत्प्रेरित गर्न सकोस् भन्ने कामनाका साथ नव वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दछु ।” उपराष्ट्रपति यादवले मुलुकमा वर्षाँैदेखि अक्षुण्ण रहेका विविधता र एकतालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प र प्रण लिने अवसरका रुपमा उपयोग गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । नव वर्षको महत्व व्यक्तिगत स्तरमा मात्रै सीमित नभई यसको सामाजिक, सांस्कृतिक र आर्थिक महत्व उत्तिकै रहेको बताउँदै उहाँले जीवनमा नयाँ प्रेरणा प्रदान गर्दै आफ्ना वरपर सकारात्मकताको भाव फैलाउने अवसरका रुपमा आत्मसात गर्न आवश्यकता औँल्याउनुभएको छ । “नव वर्षको स्वागत अत्यन्तै हर्षोल्लास र परम्परागत रुपमा गरिनुले हामीलाई आफ्नो सांस्कृतिक विरासतलाई संरक्षित गर्दै पिंढीदर पिंढी हाम्रा रैथाने संस्कृति र परम्पराको रुपान्तरणमा पनि सघाउँदछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ । यस अवसरमा लिइने संकल्पले जीवनमा अनुशासन र स्थिरता कायम राख्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले हरेक व्यक्तिले आफन्तजन, परिवारजन, शुभचिन्तक र ईष्टमित्रको राम्रो स्वास्थ्य, दीर्घायु र सुखद् भविष्यको कामना गर्दै नव वर्षलाई उत्सवका रुपमा मनाइनुले परिवार र समुदायगत रुपमा अपनत्वभावलाई जीवन्त राख्दै एकीकृत समाजलाई अक्षुण्ण राख्न टेवा पुग्ने बताउनुभएको छ । “यस अवसरमा हामीले नेपालको आर्थिक उन्नयन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा द्रूत प्रगतिका लागि एकजूट भई अघि बढ्ने प्रयासमा जुट्ने दृढ संकल्पित र प्रतिबद्ध हुन जरुरी छm, नैतिकता, ईमानदारी र परिश्रमका साथ देशको समृद्धि र विकासमा अग्रसर हुन सम्पूर्ण सबैलाई नव वर्षले थप हौसला प्रदान गरोस्”, उहाँले भन्नुभएको छ ।
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति
काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताउनुभएको छ ।नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न उहाँले आग्रह गर्नुभएको छ । “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु”, उहाँले भन्नुभएको छ ।शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उहाँले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।“हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौँ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो ।”राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभएको छ । कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गर्न आग्रह गर्नुभएको छ । “आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु”, जारी शुभकामना सन्देशमा भनिएको छ ।
आजदेखि नववर्ष २०८२ प्रारम्भ
काठमाडौँ, वैशाख १ गते । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनुहुन्छ । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उहाँले भन्नुभयो ।सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो ।
कोल्ड स्टोर निर्माण कम्पनी कालो सूचीमा
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ११ वटा कोल्ड स्टोर निर्माण गर्ने कम्पनीलाई कालो सूचीमा राख्ने भएको छ । सामाजिक विकास स
जलविद्युत् कम्पनीको सेयर निष्कासनको वातावरण बनाइदिन आग्रह
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् कम्पनीको सेयर निष्कासनको वातावरण बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रको समृद्धिमा जुट्न राष्ट्रपतिको अनुरोध
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न अनुरोध गर्नुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति
धोबीखोला किनारमा रानीफूलको ‘इन्द्रेणी’
काठमाडौँ महानगरपालिका वडा नं. ७ र ३० मा पर्ने धोबीखोला किनार दुई सातादेखि ‘सेल्फी प्वाइन्ट’ मा परिणत भएको छ । इच्छुमती अर्थात् धोबीखोला ढलमतीमा परिणत भए प
अपर तमोर हाइड्रोपावरको काम तत्काल रोक्न अनुरोध
अपर तमोर हाइड्रोपावर २८५ मेगावाटको आयोजनाका सबै काम तत्काल रोक्न अनुरोध गरिएको छ । अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आयोजनाको काम रोक्न अनुरोध गरेको हो ।
सिंजा महोत्सव हुने
जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक १२ दिन लामो सिंजा महोत्सवको आयोजना हुने भएको छ ।