चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नबनाऔँ : पूर्वअध्यक्ष रेग्मी
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बताउनुभएको छ ।
दसैँलाई कोसेली मुस्ताङी स्याउ
म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो ।
आश्विन शुक्ल अष्टमीः महागौरी देवीको पूजा आराधना गरिँदै
बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल
बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आश्विन शुक्ल अष्टमीः महाअष्टमी पर्व मनाइँदै
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।
भारतबाट फर्किए साढे दुई लाख
दसैँ र तिहार मनाउन यहाँस्थित जमुनाहा नाका भएर स्वदेश फर्किने क्रम निरन्तर जारी छ । रोजगारी र अध्ययनका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् ।
खसी-बोका किन्न उपभोक्ताको भिड: छ दिनमा २५ हजार बिक्री
दसैँ नजिकिँदै गर्दा उपत्यकामा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ । उपत्यकामा दसैँलाई लक्षित गरेर आमउपभोक्ताका लागि खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायतको खरिदबिक्री गर्न तोकिएका विभिन्न १० स्थानमा खसीबोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो ।
सङ्कटमा कालीगण्डकीको स्टिमर
कालीगण्डकीमा धार्मिक तथा व्यापारिक प्रयोजनसँगै सहज यात्राका लागि प्रयोग हुँदै आएको जल यातायात (स्टिमर) सङ्कटमा पर्दै गएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत्
लोप हुँदै गएको रोटेपिङको जगेर्ना
लोप हुँदै गएको रोटेपिङको पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनकामना मन्दिर परिसरमा दसैँको अवसर पारेर सञ्चालन गरिएको छ । मनकामना सनातन धर्म संरक्षण संस्थाले दस दि
बजार सुनसान, छैनन् ग्राहक
दसैँको चहलपहल सुरु भए पनि यहाँका प्रमुख बजारमा भने खासै व्यापार हुन सकेको छैन । दसैँ, तिहार जस्ता ठुला चाडपर्वमा व्यापार राम्रो हुने व्यवसायीको आशा थियो तर यो पटकको दसैँमा खासै व्यापार व्यवसाय नभएको स्थानीय व्यापारीले बताएका छन् ।
बसाइँ सर्दै क-याङकुरुङ
क-याङकुरुङ सारस नेपाली आकाश हुँदै भारततर्फ बसाइँ सर्न थालेका छन् । करिब छ महिनासम्म भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबास गर्ने यी चरा कर्णाली कोरिडोर हुँदै त्यता जान थालेका हुन् । सेप्टेम्बर १ देखि १७ सम्म यो प्रजातिको सारस बसाइँ सर्ने खास समय हो । यस वर्ष भने सेप्टेम्बर २५ बाट नेपाली आकाश हुँदै क-याङकुरुङ सारस भारततर्फ गइरहेको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो
दुई हजार पदका लागि एक लाखभन्दा बढीको आवेदन
प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशमा पदपूर्तिका लागि एक आर्थिक वर्षमा परेको आवेदनले बेरोजगारीको अवस्था देखाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न सेवा सञ्चालन गर्ने निकायले रिक्त पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशमा माग गरे अनुसारले दुई हजार पदका लागि विज्ञापन गरेकोमा एक लाख जनाभन्दा बढीको आवेदन परेको हो ।
दसैँ बिदामा सरकारी अस्पताल खुल्ने
दसैँको सार्वजनिक बिदामा सरकारी अस्पताल सञ्चालन हुने भएका छन् । सङ्घीय अस्पतालहरू वीर, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, सहिद शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतले बिरामीलाई नफर्काउने गरी उपचारको व्यवस्था गरेका छन् ।
बिपी राजमार्ग आजदेखि सञ्चालनमा
बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा हुने भएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मा
अल्छी गर्नेको हाड कमजोर
“हिजोआजको पुस्ताको त हाडै कच्चा ! सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने ! हात खुट्टा झनै कमजोर ! सामान्य रूपमै भ-याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन्
खरको छानो भएको घर
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ बिजुली कोटस्थित खरको छानो भएको पुरानो घर। सरकारले खरको छानो भएको घरलाई विस्थापित गरेर टिनको छानो उपलब्ध गराएको छ।
राजदेवी मन्दिर र धनुष सागरको आकर्षण
जनकपुरधामस्थित धनुष सागर, प्रसिद्ध राजदेवी मन्दिरलगायत आसपासको क्षेत्रमा बडादसैँको अवसरमा आएका भक्तजनको घुइँचो ।
मूर्तिहरुको आँखा खुलेसँगै दशैँको मेला शुरु
दशैंको अवधिमा माटो मुछेर निर्माण गरिएको दुर्गा भवानीसँगै अन्य मूर्ति (प्रतिमा) हरुको पूजा बिहीबारदेखि विधिवत् रुपमा शुभारम्भ भएको छ ।
नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई
मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ ।
बालिका र वृद्धसहित तीनजनाको मृत्यु
मोरङमा खोलाले बगाएर र पोखरीमा डुबेर बिहीबार बालिका र वृद्धसहित ३ जनाको मृत्यु भएको छ ।
एक सय ६२ जुवाडे पक्राउ
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ ।
आजबाट सुपथ मूल्य पसल बन्द, अब दसैँपछि खुल्ने
देशभरमा ४२ जिल्लाको ६५ स्थानमा असोज ३ गतेदेखि सञ्चालन भएको सुपथ मूल्य पसल आजबाट बन्द भएको छ ।
१० लाख खर्चेर निर्माण गरिएको पार्क बेवारिसे
धार्मिक तथा पर्यटकीय महत्व बोकेको गायत्री मन्दिर परिषरमा निर्माण गरिएको आकर्षक पार्क अहिले झाडीमा रुपान्तरण भएको छ । वि.सं. २०७९ को चैत महिनामा रघुगंगा गाउँपालिका –३ पिप्ले अन्तर्गतको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण भएको थियो ।