• २५ असोज २०८१, शुक्रबार

खरको छानो भएको घर

blog

ऐरावती ६ बिजुली कोटस्थित खरले छाएको पुरानो घर। तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज २४ गते। प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ बिजुली कोटस्थित खरको छानो भएको पुरानो घर। सरकारले खरको छानो भएको घरलाई विस्थापित गरेर टिनको छानो उपलब्ध गराएको छ। गाउँका अधिकांश खरले छाएका घरहरु अहिले विस्थापित भएर टिनको छानोमा परिणत भएका छन्। 

घरधनी बसाइँ सरेर अन्यत्र गएका कारण उक्त घरमा कोही नबस्दा खरको छानो विस्थापित हुन नसकेको हो। खरको छानो भएको घर ग्रामीण क्षेत्रमा अहिले बिरलै मात्र देख्न सकिन्छ।