• २५ असोज २०८१, शुक्रबार

बालिका र वृद्धसहित तीनजनाको मृत्यु

blog

हरि कोइराला 

उर्लाबारी,असोज २४ गते । मोरङमा खोलाले बगाएर र पोखरीमा डुबेर बिहीबार बालिका र वृद्धसहित ३ जनाको मृत्यु भएको छ ।

केराबारी गाउँपालिका–९ का ८६ वर्षीय गोविन्दप्रसाद बजगाईंको लोहन्द्रा खोलाले बगाएर मृत्यु भएको अवस्थामा बिहीबार शव फेला परेको हो ।

घरदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको खोलाले बगाएर मृत्यु भएको अवस्थामा वृद्धको शव भेटिएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए । तर्ने क्रममा  खोलाले बगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाइएको छ । 

त्यस्तै, खोलामा डुबेर रतुवामाई नगरपालिका–१० का ३८ वर्षीय बखतबहादुर मगरको मृत्यु भएको छ । कट्नु खोलामा डुबिरहेको अवस्थामा बिहीबार शव फेला परेको वडा नम्बर १० का वडाध्यक्ष भुलबहादुर कार्कीले बताउनुभयो ।

प्रहरीले मगर बुधबार बेलुकादेखि सम्पर्कविहीन रहेको जनाएको छ ।  इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको बताउनुभयो । 

यसैगरी, रतुवामाई नगरपालिका–२ मा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । अनन्त शर्माका १२ वर्षीया छोरी सन्ध्या शर्माको मृत्यु भएको हो ।