बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जनाको अवस्था गम्भीर छ ।
मल अभाव नहुने दाबी
दाङमा हिउँदे खेतीका लागि मलको अभाव नहुने भएको छ । हिउँदे खेतीका रूपमा किसानले छर्ने तोरी, मुसुरो,
छठमा गाइने लोकभाका
मिथिलाक्षेत्र यतिबेला भक्तिमय भएको छ । सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने लोकआस्थाको महापर्व छठ सुरु भएसँगै यस क्षेत्र अहिले भक्तिमय भएको हो । मिथिलाका जुनसुकै ठाउँमा पनि अहिले छठकै चर्चा र तयारी स्वरुप बस्तीबस्तीमा गुञ्जने सूर्यदेव र षष्ठीदेवीको महिमाका गीतले मिथिला अहिले गुञ्जायमान भएको हो ।
काबेली प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न
गत असोज १२ गतेको बाढीले क्षति पुर्याएको काबेली कोरिडोर प्रसारण लाइन पुनर्निर्माण सकिएको छ ।
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ ।
‘डोरी’ को निर्माण घोषणा
जी सेभेन प्रोडक्सनले आफ्नो ब्यानरमा चलचित्र ‘डोरी’ निर्माण हुने घोषणा गरेको छ । द्वन्द्व, हास्य र थ्रिलर विषयवस्तुमा निर्माण हुने चलचित्रको निर्देशन अरुण लामाले गर्नुहुने छ ।
शिव र पार्वतीको पौराणिक कथा ‘महाकाली’
गायिका एलिना चौहान र गायक श्रीधर अधिकारीको स्वर रहेको साङ्गीतिक म्युजिकल भिडियो ‘महाकाली’ सार्वजनिक भएको छ ।
मेनुकाको स्वरमा ‘तेजस्वी अप्सरा’
गायिका मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक भएको छ ।
विकलजयन्ती सम्पन्न
रमेश विकल साहित्य प्रतिष्ठानले ९६ औँ विकलजयन्ती मनाएको छ । कार्यक्रममा सङ्घीय सांसद सन्तोष चालिसेले विकलको साहित्यिक छत्रछायामा आफू मात्र नभएर यस भेगका थुप्रै मान्छेले सच्चरित्र निर्माण गरेको बताउनुभयो ।
धाप ड्यामको पानी बाग्मती नदीमा छाडिने
पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।
‘एक मुट्ठी बादल’ लाई पुरस्कार
निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुट्ठी बादल ः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फन्ड पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ ।
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जानहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९० मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जान लाग्नुभएको छ ।
छठको दोस्रो दिन आज ‘खरना’
लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।
देशका अधिकांश भागमा मौसम सफा रहने
जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
बेरोजगार बढ्दै, रोजगारीको लक्ष्य घट्दै
प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) मा सूचीकृत हुने बेरोजगार युवाको सङ्ख्या बढ्ने र न्यूनतम रोजगारीको राष्ट्रिय लक्ष्यको सङ्ख्या भने बर्सेनि घट्दै गएको छ ।
स्टार्टअप कर्जा पुस अन्तिम सातादेखि
आगामी पुसको अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८१/८२ को स्टार्टअप उद्यम कार्यक्रम अन्तर्गत छनोटमा परेका
एमाले सचिवालय बैठक बोलाइयो
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह उपनिर्वाचन केन्द्रित निर्णय गर्न सचिवालय बैठक बोलाएको छ ।
प्राधिकरणविरुद्धको रिट खारेज
डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणविरुद्ध हिमाल आइरन स्टिल्स प्रालिले दायर गरेको रिट निवेदन मङ्गलबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
उम्मेदवार छनोट गर्दै दलहरू
प्रमुख राजनीतिक दलले स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न थालेका छन् ।
उत्तर कोरियाली सैनिकहरू युक्रेनी फौजको आक्रमणमा
रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन् ।
राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।
‘बिमाको दायरा बढाएर पाँच लाख पुर्याउन सम्भव छ’
स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख पुर्याउने प्रस्ताव सम्भव भएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताउनुभएको छ।
गण्डकी प्रदेश सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
फिदिममा आगलागी हुँदा घर जल्यो : एकजना गम्भीर घाइते
एकजना गम्भीर घाइते हुनुभएको छ। मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी हुँदा ६२ वर्षीय जयप्रकाश राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक)बेनिलाल साहले बताउनुभयो।