• १० मंसिर २०८१, सोमबार

‘डोरी’ को निर्माण घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २१ गते । जी सेभेन प्रोडक्सनले आफ्नो ब्यानरमा चलचित्र ‘डोरी’ निर्माण हुने घोषणा गरेको छ । द्वन्द्व, हास्य र थ्रिलर विषयवस्तुमा निर्माण हुने चलचित्रको निर्देशन अरुण लामाले गर्नुहुने छ । 

निर्देशक लामाले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताउनुभयो । ‘डोरी’ को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णय लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले बताउनुभयो  । चलचित्रमा हाँसो, त्रास र असफलतासहितको सङ्घर्षलाई रोचक रूपमा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्देल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राईलगायतको अभिनय रहने छ भने मुख्य नायिकाको चयन हुन बाँकी रहेको छ । यस चलचित्रमार्फत राज पौडेल नेपाली चलचित्र क्षेत्रमा पदार्पण गर्दै हुनुहुन्छ । चलचित्रको छायाङ्कन सौरभ लामा र द्वन्द्वनिर्देशन राजु तामाङले गर्नुहुने छ । चलचित्र  सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।