न्युयोर्कमा खेलाडीको मिट एण्ड ग्रिट कार्यक्रम
अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङको स्वागतमा न्युयोर्कमा खेलाडीको मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।
बागलुङ बस दुर्घटना हुँदा २१ जना घाइते
बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। रुकुमदेखि काठमाडौँका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।
थाइल्यान्डमाथि नेपालको सानदार जित
यु–१९ महिला विश्वकप एसियाली छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि सानदार जित निकालेको छ ।
राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसको गठबन्धन : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसको गठबन्धन गर्नुपरेको बताउनुभएको छ।
आठौँ मण्डली कप सुरु
आठौँ मण्डली कप सुरु भएको छ । बुधबारदेखि पूर्वखोला–१, सिलुवास्थित भलिबल मैदानमा कप सुरु भएको हो ।
शनिबार एमालेको सचिवालय बैठक बस्ने
सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले आउने शनिबार सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको छ ।
इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसङ्घ समक्ष आह्वान
इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौँ देशहरूको समर्थनमा संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायलमाथि हतियार प्रतिबन्धको आव्हान गरिएको छ ।
नेप्सेमा झिनो अङ्कको गिरावट
धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ ।
रुखबाट खसेर वृद्धको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बुढाथोकी रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय छत्रबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो ।
कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत
कतारको संविधान संशोधन परियोजना राष्ट्रिय जनमतसंग्रहबाट स्वीकृत भएको सरकारी समाचार एजेन्सी क्युएनएले बुधबार जनाएको छ ।
लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु
दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाइएको छ ।
सुदूरपश्चिमलाई यु–१९ क्रिकेट उपाधि
नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
३४५ महिलालाई तिहारमा निःशुल्क यातायात सेवा
खोटाङमा युवाहरूको समूहले तिहारमा माइती जाने महिलालाई निःशुल्क यातायात सेवा दिएका छन् ।
डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी
अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यक एपी न्यूजले जनाएको छ ।
डुडुवामा शवदाह घाट निमार्ण तीव्र
बाँकेको डुडुवा गाउँपालिकाको राप्ती नदीमा ४२ लाखको लागतमा सुरु गरिएको घाटको निमार्णलाई तीव्र पारिएको छ।
आशामै बित्यो पीडितको एक महिना
अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ ।
खोलामा अवैध ढङ्गले माछा मार्ने बढे
पछिल्लो समय इलामका ठुला खोलामा करेन्ट लगाएर र विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रम बढेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पूवा लगायतका खोलामा करेन्ट लगाएर र विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरेको स्थानीयले बताएका छन् ।
छठ पर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा
छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाउनुभएकी भारतीय लोक गायिका शारदा सिन्हाको निधन भएको छ ।
चौधरीको 'नयाँ वनपाले' सर्वोत्कृष्ट
नेपाल बाल साहित्य समाजले २०७९ सालको ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ।
धनप्रसाद पण्डित इजरायलका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
आगामी चुनावसम्म नै कांग्रेस–एमालेको सहकार्य : नेता श्रेष्ठ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताउनुभएको छ ।
विश्वका नेताद्वारा ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिबद्धता
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् ।