• २६ पुस २०८१, शुक्रबार

इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसङ्घ समक्ष आह्वान

blog

कायरो, कात्तिक २१ गते । इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौँ देशहरूको समर्थनमा संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायलमाथि हतियार  प्रतिबन्धको आव्हान गरिएको छ । पछिल्लो समयमा लेबनानमा हेजबुल्लाहविरुद्धको चरम युद्ध भइरहेको अवस्थामा यस्तो आह्वान आएको हो ।

इजिप्टको विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन रोक्न इजरायललाई दबाब दिने अन्तर्राष्ट्रिय प्रयासको एक हिस्साको रूपमा यस्तो आह्वानमा सामेल भएको जनाएको छ ।

आर्यान्वयनले प्यालेस्टिनीविरुद्धको ‘इजरायली दमन रोक्ने र नागरिकहरूको सुरक्षा गर्ने लक्ष्य राखेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अङ्काराले इजरायललाई हतियार आपूर्ति रोक्न आह्वान गर्दै ५२ देशहरूले हस्ताक्षर गरेको पत्र पेस गरेपछि राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले सोमबार टर्कीलाई ‘षड्यन्त्र’ गरेको आरोप लगाउनुभएको छ । 

इजिप्ट सन् १९९७ मा इजरायलसँग शान्ति सन्धिमा हस्ताक्षर गर्ने पहिलो अरब देश थियो भने सन् १९९४ हस्ताक्षर गर्दै शान्ति सन्धिमा सहमति जनाउने जोर्डन दोस्रो अरब मुलुक बनेको थियो । रासस/एएफपी