• १० मंसिर २०८१, सोमबार

न्युयोर्कमा खेलाडीको मिट एण्ड ग्रिट कार्यक्रम

blog

काठमाडौँ, कात्तिक २१ गते । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङको स्वागतमा न्युयोर्कमा खेलाडीको मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेको छ । 

क्लबका अध्यक्ष एवं ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाको अध्यक्षतामा भएको मिट एण्ड ग्रिट कार्यक्रममा नेपाली खेलाडीको खेल जीवन कसरी सुरक्षित गर्न सकिन्छ र खेलाडीलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । 

सदस्य सचिवले राखेपले पछिल्लो समय नेपाली खेलकुदको विकासमा ध्यान दिएको र एसियाली खेलकुदको‌ तयारीका मिसन २०२६ अन्तर्गत खेलाडीको प्रशिक्षण मङ्सिर १ देखि पुनः सञ्चालनमा आउने जानकारी गराउनुभएको थियो । कार्यक्रममा अमेरिकामा रहेका खेलाडी र खेल कर्मीको उपस्थिति रहेको थियो ।